
दृश्यले भारतीयको अपमान गरेको भन्दै जोगवनीबासीले बिहानैदेखि सडक अवरुद्ध गरेर माओवादीबिरुद्ध प्रदर्शनमा उत्रिएपछि उक्त क्षेत्रको स्थिति तनावपूर्ण बनेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र बिहार प्रहरीले प्रदर्शनकारीलाई उत्तेजित नहुन सम्झाइरहेको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको तैनाथी नेपाली सीमा क्षेत्रमा बाक्लो पारिएको छ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी भिष्म प्रसाईले गतिरोधका विषयमा गृह मन्त्रालयलाई जानकारी गराइसकिएको बताए। उनले भने- कूटनीतिकतवरले गतिरोध अन्त्य हुने भएकाले स्थितिबारे मन्त्रालय जानकार भइसकेको छ। भारतीयहरुले ‘भारतविरोधी गतिविधि बन्द गर’ र ‘प्रचण्ड मूर्दावाद’ लेखिएको प्लेकार्ड बोकेका छन्। उनीहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहालको पुत्ला पनि जलाएका छन् भने दाहालविरुद्ध कडारुपमा प्रस्तुत भएका छन्।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक