20100130

प्रचण्डले एमालेका उपाध्यक्ष वामदेव गौतमलाई पार्टी एकताका लागि सार्बजनिक आह्वान गरे

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेका उपाध्यक्ष वामदेव गौतमलाई पार्टी एकताका लागि सार्बजनिक आह्वान गरेका छन्  । नेपाल राष्ट्रिय कर्मचारी महासंघको प्रथम महाधिवेशनको आज राजधानीमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने -' तपाईंले पार्टी भित्र गरेको संघर्षलाई विद्रोहमा परिणत गर्नुहोस् , बाहिर पनि तपाईंको पार्टी छ. स्वागत गर्न तयार छौं ।'कार्यक्रममा सहभागी एमाले उपाध्यक्ष गौतमले आफूलाई एमाले भित्रको माओवादी भन्ने आरोप लाग्ने गरेको गुनासो गरेपछि माओवादी अध्यक्ष प्रचण्डले आफ्नो मन्तब्यको क्रममा एकताका लागि आग्रह गरेका हुन्  ।  महाधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष प्रचण्डले.....
शान्तिप्रकृया र जनताको सर्बोच्चता विरुद्ध षड्यन्त्र गरिए जनविद्रोह अपरिहार्य हुने विचार व्यक्त गरे । जनताको संविधान बन्न नदिइए दलालहरुको टाउकोमा टेकेर हिँड्ने हिम्मत गर्नुपर्छ भन्दै प्रचण्डले कर्मचारीहरुलाई युगले मागेको खण्डमा जनविद्रोहको एउटा फौज बन्न तयार हुन निर्देशन दिए । कार्यक्रममा सहभागी एमाले उपाध्यक्ष बामदेब गौतमले नेपालका सबै कम्युनिष्टहरुको एउटै केन्द्र बन्नु जरुरी रहेको बताउँदै एमाले र माओवादीबीच कार्यगत एकताको जरुरी भएको बताए ।

  एन आर एन डेनमार्क द्वारा निसुल्क स्वास्थय  शिबिर  सन्चालन् हुने
कोपनहेगन २८ जनवरी , एन् आर् एन् डेनमार्क् ले कास्की  को  दुई पिप्लेमा २ दिने निशुल्क् हेल्थ् शिबिर् सन्चालन् गर्ने भएको छ्। २ हप्ते तालिम का लागी नेसनल अपोलो अस्पताल,दमौली,तनहूँ बाट कोपनहेगन आउनु भएका डा. पुष्प  मणि खराल ले उक्त अनुरोध प्रस्ताव राख्नु  भएको थियो., यस अघि पनी थुप्रै स्वास्थय सिविर सञ्चालन को अनुभव सुनाउँदै कास्की को दुई पिप्ले माँ पनी स्वास्थय सिविर जरुरी रहेको र उक्त सिविर बाट त्यस भेग का  करीब ४०० जनता लावान्वित हुने  कुरा  बताउनु भये पछि सहयोग गर्ने निर्णय गरिएको थियो.आर्थिक संकलन का लागी बिकु भंडारी को सम्योजकत्व माँ गठित समिति ले उक्त सहयोग का लागी ३२००० नेपाली रुपैया डेनमार्क माँ  रहनु हुने नेपाली दाजू भाई बाट सहयोग स्वरुप जम्मा गरेको थियो. यसरी सहयोग गर्ने हरु माँ एन आर एन ए डेनमार्कका अध्क्षय सोम नाथ सापकोटा,उप सभापति दीपेन्द्र चुडाल, महेस् कन्साकार ,  महा सचिब प्रबिन् प्रजापति, जन सम्पर्क समिति का उप-सवापति  अशोक  चन्द्र घिमिरे,एन आर एन सदस्य बिकु भंडारी , हरि नेउपाने, उज्जल नेउपाने,अनिल श्रेष्ठ, लुइस श्रेष्ठ, हिरन्य ओझा, निराजन गिरि, खेम ब न्युरे, सागर खराल, अमिर अलि लगायत  रहनु भएको छ.एक समारोह का बिच एन.आर ,एन डेनमार्क का अध्क्षय सोम साप्कोटाले उक्त रकम  डा. पुष्प  मणि खराल लाइ ह्स्तान्तरण गर्नु भएको थियो। ह्स्तान्तरण पछि डा.पुस्प मणि खराल ले एन् आर् एन् डेनमार्क् को  यस उच्च कार्यको प्रसंसा तथा खुसी ब्यक्त गर्नु भएको थियो. - By Ashok Ghimire

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक