20100130

"मनपरी मान्छे मार्दै हिँड्ने माओवादीलाई नेपाली सेनामा मिलाउने कुरो वाहियात हो" : नेता ओली

"बरालिएर हुलदँगा गर्दै हिँडेको मूर्खहरुको जमातलाई मूल धारमा ल्याइयो, सुध्रेला भनेको सिद्धिदै गइरहेको छ"
नेपाली लोकतान्त्रिक मन्च पोर्चुगलको प्रथम राष्टिय सम्मेलनको एमाले विदेश विभाग प्रमुख केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । एक साता लामो युरोप भ्रमणको सिलसिलामा लिस्बोन आइपुगेका नेता ओलीले  सेना समायोजन प्रकरणमा रक्षा मन्त्री विद्या भण्डारीको भनाइ पार्टीको लाइन अनुसार भएको भनी  अभिव्यक्ति दिएका छन् । उनले भने, मनपरी मान्छे मार्दै हिँड्ने माओवादीलाई नेपाली सेनामा मिलाउने कुरो वाहियात हो । एमालेका प्रभावशाली नेता केपी शर्मा ओली मन्चमा उभिएदेखि नै मूलत माओवादी विरुद्ध खनिए । जँगलमा लडिरहेको माओवादीलाई शान्ति प्रकृयामा ल्याउने काम एमालेले गरेको ......
उनको भनाइ थियो। उनले भने, बरालिएर हुलदँगा गर्दै हिँडेको मूर्खहरुको जमातलाई मूल धारमा ल्याइयो । सुध्रेला भनेको सिद्धिदै गइरहेको छ । बेला बेलामा उखान टुक्का हाल्न र कटु वचन बोल्न सिपालु ओलीले स्वस्थानीको कथासँग माओवादीलाई दाँजेर भने, स्वस्थानीमा महादेवले सतिदेवीलाई कुहिएर नसिद्धिदासम्म बोकेका थिए । कता खुट्टा झर्छ । कता कुन अँग झर्छ । माओवादीलाई पनि अन्तिम क्षणसम्म एमालेले बोकेको थियो । गन्हाएर कुहिएपछि बोक्ने कुरा पनि भएन । महादेवले सतिदेवी छोडे झैँ हामीले पनि छोड्यौँ । सेनापति प्रकरणमा राष्टपतिको कदम जायज भएको, महाकाली सन्धी पासगर्नु उचित भएको जस्ता नेपालको राजनीतिक विषयका प्रसँगमा पनि ओली कड्किए । मन्चमा भाषण गर्न बोलाइएका जनप्रगतिशील मन्च पोर्चुगलका अध्यक्ष राम बहादुर गौचनले उठाएको महाकाली सन्धी पास भएपछि अर्बौँ रुपियाँ आउँछ भन्ने नेता ओलीको भनाइको प्रसँग उठाएपछि उनको जवाफमा गौचनजी भनेरै बोलेका ओलीले महाकाली सन्धी पासगर्नु जायज भएको तर सो अनुसार काम हुन नसकेको भनेर सन्धीको बचाउ गरे । आफूले नगर्ने अनि अर्कालाई गाली गरेर हुन्छ ? उनको भनाइ थियो। देशलाई जातिय, भाषिय जस्ता अनावश्यक विवादमा मुछिएको र टुक्रा टुक्रा पारिएको बताउँदै राजसँस्था हुँदा बरु देश एकीकृत भएको भनी राजसँस्थाको गुणगान पनि उनले गाए । राजाले बरु देश एकीकृत बनाएर राखेका थिए उनले भने। पटक पटक उनले वास्तविक माओवादी सेना शिविरमा नरहेको, शिविरका सेना पनि बाहिर निस्किएर बाल बच्चालाई गोली हान्दै हिँडेको र यस्तो अपराधिक जत्थालाई नेपाली सेनालाई मिलाउनेकुरा सोँच्न पनि नसकिने बताएका थिए । रक्षा मन्त्री विद्या भण्डारीको भनाइ एमालेको आधिकारिक भनाइ रहेको पनि उनले दोहोर्याए । एनडीएफ पोर्चुगलका सँयोजक बाला विकको सभापतित्वमा भएको उद्घाटन सत्रमा जनप्रगतिशील मन्चका अध्यक्ष राम बहादुर गौचन, जनसम्पर्क समितिका अध्यक्ष पूर्ण हमाल, एनआरएन अध्यक्ष लक्ष्मी सापकोटा, एनआरएन आइसीसी सदस्य मकर हमाल, पोर्चुगिज कम्युनिष्ट पार्टीका प्रतिनिधि एँग्लो आल्भेस, एनडीएफ सल्लाहकार सुवास पोखरेल, एमाले बेल्जियमका शिव बरुवाल, स्पेनका पुष्प तिमि_िल्सना बोलेका थिए । सचिव सुवास अधिकारीले सँचालन गरेको कार्यक्रममा भरत श्रेष्ठले स्वागत र योगेन्द्र विकले धन्यवाद ज्ञापन गरेका थिए । केपी ओलीको उपस्थितिमा भएको बन्द सत्रले बालाराम विकको अध्यक्षतामा लोकतान्त्रिक मँच पोर्चुगलको नयाँ कार्यसमिति चयन गरेको छ । समितिमा उपाअध्यक्षमा श्रींगम तिमल्सिना र हरिश चन्द्र नेपाली, महासचिव उमेश चौलागाई, सचिव नविन गौतम,कोषाध्यक्ष विष्णु शर्मा, सदस्य योगेन्द्र विक, भरत श्रेष्ठ, सुवास अधिकारी, पेम्बाछिरी शेर्पा, दुर्गा भण्डारी, गोविन्द सापकोटा, सोम शेर्पा, कमल भट्टराई, राम केसी छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक