20100130

माकुने सरकार ढल्ने सम्भावना बढ्यो, काङ्रेस फेरी माओवादी संगै सती जादै, सुजाताले खोलिन मुख, प्रचन्ड दँग !!!

प्रधानमन्त्री माधवकुमार नेपालले बुटवलमा वर्तमान सरकारको विकल्प नभएको बताउनुभएको केही दिनपछि उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाले सोही ठाउँबाट नेपाल नेतृत्वको वर्तमान सरकारको विकल्प खोज्नु पर्ने बताएकी छिन् । “अहिलेको सरकार साझा सरकार जस्तो भएन, एमालेले सरकारलाई एकलौटी ढंगले अगाडि बढाइरहेको छ, यसको विकल्प खोज्नु आवश्यक बनेको छ,” कांग्रेस केन्द्रीय समिति सदस्यसमेत रहेकी कोइरालाले पत्रकारहरूलाइ बताएको अनलाइनखबरले जनाएको छ ।कांग्रेस संसदीय दलको शुक्रबारको बैठकमा पनि धेरैजसो सभासदहरुले एमाले नेतृत्वको वर्तमान सरकार एक्लौटी ढंगले अघि बढेको लगाएको भोलि पल्टै पार्टीको नेतृत्व गरेर सरकारमा सहभागी.....
उपप्रधानमन्त्री कोइरालाले माधव नेपाल नेतृत्वको सरकारको कडा आलोचना गरेकी हुन् । नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा उच्चस्तरिय संयन्त्र गठन भएपछि सरकारको भविष्यका बारे आशंका बढीरहेका बेला गठबन्धन सरकारमा नेपाली काँग्रेसको नेतृत्व गरिरहेकी मन्त्री कोइरालाको यो भनाई आएको छ।
कोइरालाले वर्तमान नेतृत्वको सरकार परिवर्तनका बारेमा काग्रेस संसदीय दलमा बहस सुरु भएकोमा खुशी प्रकट गर्दै अहिलेको सरकारमा आफु सहभागी हुनु दुर्भाग्य भएको समेत बताएकी छिन् । नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य वैंक क्षेत्रीय अधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै उपप्रधानमन्त्री कोइरालाले क्याविनेटमा जाँदा पोलिटब्युरो बैठकमा गएजस्तै लाग्ने गरेको गुनासो गर्दै भन्नुभयो “सरकारमा गएपछि पार्टीले आफुलाइ सहयोग नगरेको र सरकार सरकार जस्तो नभएकाले पहिलोपटक सरकारमा हुँदा खिन्नता महसुस गरेकी छु ।” कयाविनेट बैठकमा प्रधानमन्त्री सरकारको नेता नभइ कुनै दलको नेता जस्तो हुने गरेको उल्लेख गर्दै परराष्ट्रमन्त्री कोइरालाले एमालेले सत्ता कब्जा गर्न खोजेको अनुभूति क्याविनेटमा बस्दा लाग्ने गरेको बताइन् । सरकारमा सहभागिता सन्तोषजनक हुन नसकेको स्वीकार गर्दै उपप्रधानमन्त्री कोइरालाले यसबारे आफुले गिरिजाबाबुलाई सविस्तार वर्णन गरेको समेत बताइन् । उपप्रधानमन्त्री कोइरालाले माओवादीलाई बाहिर राखेर मुलुकको समस्या समाधान नहुने जिकिर गर्दै लडाकु व्यवस्थापन, संविधान निमार्ण अनि पुनः चुनाव गर्ने काम माओवादीको सहभागिताबाट मात्रै सम्भव रहेको स्पष्ट पारिन् ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक