20100131

प्रचन्डको माओवादीले ढाँटे पनि आखिर पोल खुल्यो, भारतका माओवादी सँग नेपाली माओवादीको सम्बन्ध निकट

एकलाख माओवादी महिला काठमाडौं उतारेर माओवादीले कस्लाई देखाउन खोज्या हो कुन्नी ?

प्रहरी हिरासतमा रहेका भारतीय माओवादीका वरिष्ठ नेता कोबद गान्धीले नेपालको माओवादी पार्टीसँग निकट सम्बन्ध रहेको खुलासा गरेका छन्। गान्धीको भनाइले दुवै देशका माओवादीबीचको सम्बन्धलाई पहिलोपटक सतहमा ल्याइदिएको छ। इन्डियन एक्सप्रेस दैनिकमा आइतबार प्रकाशित समाचार भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का शक्तिशाली पोलिटब्युरो सदस्य गान्धीले सन् २००२ देखि सन् २००६ सम्म किशनजीसहित अन्य वरिष्ठ माओवादी नेतासँग चारपटक नेपालको भ्रमण गरेको .....
बयान प्रहरीलाई दिएका छन्। नेपाल भ्रमणका बेला फिलिपिन्सका अन्य २ व्यक्ति समेत भएको उनले बताएका छन्। फिलिपिनीले भारतीय माओवादीलाई जंगल युद्ध तथा विष्फोटक पदार्थको सञ्चालनबारे जानकारी दिएको बयानमा छ। गान्धीले सन् २००३ मा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्यहरुसँग वार्ता गरेको बताएका छन्। उनले नेकपा माओवादीका वसन्त भनिने अशोक (दीनानाथ शर्मा) सँग सम्भावित सहकार्यका लागि बृहत् स्तरमा वार्ता गरेको बताए। गान्धीले प्रशान्त भनिने पार्थ (राम कार्की)सँग पनि वार्ता गरेको बयान दिएका छन्।

सुरुमा सन् २००२ मा गान्धीले सुब्रमण्यम भनिने सुकान्तसँग गोरखपुर हुँदै नेपाल भ्रमण गरेको उल्लेख गरेका छन्। 'सो भ्रमण एक साताको थियो र त्यसका लागि नेपाली माओवादीको निमन्त्रणा प्राप्त भएको थियो,' गान्धीले भनेका छन्- 'बैठकमा नेपाली माओवादीले उनीहरुलाई संगठित गर्न आवश्यक सहयोग सहयोग चाहेका थिए।'सन् २००६ मा पनि उनले नेपाल भ्रमण गरेको उल्लेख गरेका छन्। भारतीय माओवादीका अर्का नेता किशनजी भनिने मालोजुला कोटेश्वर रावसँग भएको त्यस भ्रमण जनमुक्ति सेना नेपालको निमन्त्रणमा भएको उनले बताए। सबै भ्रमण दुवै पक्षले संस्थापनमाथि गर्ने आक्रमण र सम्बन्धित सरकारलाई पराजित गर्ने रणनीतिबारे केन्द्रित रहेको उनको दाबी छ।

गान्धीले सन् २००७ मा झारखण्डको जंगलका भएको १२ दिने बैठकको विवरण पनि बयानमा दिएका छन्। माओवादीका सबै उच्च नेता सहभागी भएको सो बैठकले विशिष्ट व्यक्ति, विशेष फौज तथा प्रहरी हत्या गर्ने, भारतभर ठूलो परिणाममा हिंसात्मक घटना गराउने प्रस्ताव पारित गरेको उनले बताएका छन्। सन् २००८ नोभेम्बर २ मा पश्चिम बंगालको मुख्यमन्त्री बुद्धदेव भट्टाचार्य तथा केन्द्रीय स्टिल मन्त्री रामविलास पासवानमाथि लक्षित पश्चिम मदिनाको आक्रमण त्यही बैठकको परिणाम थियो। आक्रमणमा दुवै नेता जोगिएपनि ६ प्रहरी गम्भीर घाइते भएका थिए। स्रोतले पश्चिम बंगाल प्रहरीले सो आक्रमणको सम्बन्धमा दिल्लीको तिहार कारागारमा सोधपुछ गरेको बताएको छ। ६३ वर्षे माओवादी नेता गान्धीले दिल्ली प्रहरीका वरिष्ठ अधिकारी तथा गुप्तचर अधिकारीसमक्ष दिएको गोप्य बयान द इन्डियन एक्सप्रेसले आइतबारे परिशिष्टांकमा छापेको छ। तर, गान्धीका कानुन व्यवसायी राजेश त्यागीले उनको 'स्वीकारोक्ति' बलपूर्वक आएको दाबी गरेका छन्। सन् २००८ सेप्टेम्बर २० मा पक्राउ परेको गान्धीलाई गैर कानुनी गतिविधि (रोकथाम) सम्बन्धी संशोधन ऐन, २००८ विभिन्न धारा अनुसार अभियोग लगाइएको छ।

          यता नेपालमा माओवादी निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा एक लाख महिला राजधानीमा उतार्ने भएको छ। आइतबार सम्पन्न क्रान्तिकारीको केन्द्रीय  सचिवालय बैठकले नेवा, ताम्सालिङ र तमुवान राज्य समितिबाट महिलालाई ल्याउने छ भने ७५ वटै जिल्ला भने समितिका पदाधिकारी मात्र सहभागी हुने छन्। आठ मार्चमा उक्त दिवस विश्वभर नै महिलाहरुले मुक्ति दिवसको रुपमा मनाइदैआएका छन्।'संविधानमा महिलाको समानुपातिक सहभागिता सुनिश्चित गराउन, नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधिनता लागि १ लाख महिला उतार्दैछौं,' संयोजक जयपुरी घर्ती मगरले नागरिकसित भनिन्। उनका अनुसार क्रान्तिकारीको नेतृत्वमा जातीय मोर्चा, जनवर्गीय संगठनका महिला विभाग प्रमुख र पार्टी केन्द्रीय समितिका महिला सदस्य सम्मिलित एक हजार भन्दा बढी आयोजक समिति बनाइने छ। क्रान्तिकारीले फागुन १देखि १३ सम्म जनयुद्ध दिवस र १४ देखि २१ सम्म सहिद सप्ताहको रुपमा मनाउने छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक