अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिष्ठा प्रदर्शन गर्न खेलकुद उत्तम विकल्प मानिन्छ। तर, त्यही मञ्चमा घरायसी झगडा छताछुल्ल भयो भने त्यसले कस्तो सन्देश देला ? यस्तै अप्रिय घटना ढाकामा आयोजना भइरहेको एघारौं दक्षिण एसियाली खेलकुदमा भएको छ। अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको नाम बदनाम गर्ने काम गरेको छ, कब्बडी खेलले। आइतबार बंगबन्धु रंगशाला नजिकै नेपाली पुरुष कबडी टोली प्रतिस्पर्धाका लागि म्याटमा उत्रिदा म्याटबाहिर नेपाल कबडी संघका अध्यक्ष सुनिलराज कर्णीकार र संघका अन्य पदाधिकारी तथा प्रशिक्षकहरु हात हालाहालमा उत्रिएका थिए। 'घरायसी झगडा बाहिर ल्याउँदा देशको प्रतिष्ठामा आँच मात्र आउँदैन्, विश्वभरि लोकप्रिय बनाउँन जुटेका हामी जस्ता पदाधिकारीको मनोवल कमजोर .....
हुने गर्छ'- नेपाली पदाधिकारीहरुबीचको झगडा साम्य पार्न दौडधुप गरेका एसियाली कबडी संघका महासचिव मोहम्मद सरवरले नागरिकसँग भने। आइतबार नेपाली पुरुष कबडी खेलाडीको नाम घोषणा गर्ने क्रममा टोली प्रशिक्षक विमल पोखरेलको नाम हटाइएपछि विवाद सुरु भएको थियो।
संघका अध्यक्ष कर्णीकारले पुरानो रिसिइबी साँध्न प्रशिक्षकबाट नाम हटाएको भन्दै महिला र पुरुष दुवै खेलका प्रशिक्षकले मैदानमै विरोध जनाएका थिए। कर्णीकारले रेफ्रिको भुमिकामा नेपालदेखि आएका दीनेश पालको नाम नक्कली सर्टिफिकेट भएको भन्दै कटाएपछि विवादले उग्ररुप लिएको थियो। 'कर्णीकारले विदेशमा आएर हाम्रो मात्र होइन, राष्ट्रकै बेइज्जत गर्ने काम गरेका छन्'- रेफ्रि पालले भने। राष्ट्रिय टोली प्रशिक्षक पोखरेलले काठमाडौंदेखि नै आफूलाई ढाका पुगेर औकात देखाउने भन्दै धम्की दिएको उनले बताए। 'राष्ट्रले प्रशिक्षकको भुमिका दिएर पठाएको ब्यक्तिको नाम हटाउने दुस्साहस कर्णीकारले कसरी गरे ?'- पोखरेलले भने। उनले विहिबार ढाका आइपुगेको कबडी प्रशिक्षकको एक्रिडेसन कार्ड लुकाउँने असफल प्रयास गरेको आरोप लगाए। कर्णीकारले नेपाल ओलम्पिक कमिटीको सदस्य भएको रवाफ देखाउँदै आफ्नो पनि नाम प्रशिक्षकबाट काटेको तारासिह भाटले नागरिकलाई बताए। पछि दुई पक्षबीच मैदानबाहिरै हात हालाहाल भएपछि एसियाली कबडी महासंघका महासचिव सरवरले कार्यालय भित्र लगेर दुवै पक्षको सम्झौता गराएका थिए। उनको हस्तक्षेपछि महिला प्रशिक्षक भाटलाई पुनः प्रशिक्षक बनाइयो।
Subscribe to:
Post Comments (Atom)
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
0 comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक