20100129

चार तल्लाबाट लिफ्ट खस्दा जुडोका ५ र भारत्तोलनका २ नेपाली खेलाडीहरु गम्भीर घाइते

सागमा भाग लिन गएका नेपाली खेलाडीहरु लिफ्ट खस्दा गम्भीर घाइते भएका छन् । पत्रकार सरिता श्रेष्ठका अनुसार ढाकाको इम्पेरियल होटलको चार तल्लाबाट लिफ्ट खस्दा जुडोका ५ र भारत्तोलनका २ खेलाडीहरु गम्भीर घाइते भएका हुन् । घाइतेमध्ये जुडो खेलाडी देबु थापा र कालुमान तामाङ्गको अवस्था गम्भीर छ । थापा यसअघिको संस्करणकी पदक विजेता हुन् । अन्य घाइतेहरुमा रमेश मगर राधादेवि राई,गाेपाल श्रेष्ठ र ज्ञान बहादुर श्रेष्ठ रहेका छन् भने एउटा खेलाडीकाे नाम खुल्न सकेकाे छैन । लिफ्ट खसेको लामो समयसम्म पनि साफ आयोजक बंगलादेशका खेल अधिकारीहरुले सम्पर्क नगरेको पत्रकार ......
श्रेष्ठले जानकारी दिनुभयो ।
खाना खाने जाने क्रममा चौथो तल्लामै लिफ्ट अड्केर एकैचोटी चार तला तल खसेको थियो । अायाेजक पक्षले हाेटलकाे व्यवस्था गरेकाे नभएर नेपाली पक्षले गरेकाे थियाे ।
खेलाडीहरुलाई भर्खरैमात्र एम्बुलेन्समा हालेर उपचारका लागि लगिएकाले कसलाई कति चोट लागेको छ र नेपाली खेलाडिहरु खेल्न सक्ने अवस्थामा छन छैनन भन्ने विस्तृत जानकारी प्राप्त हुन सकेको छैन ।
जुडो नेपालले पदकको अपेक्षा गरेको प्रमुख खेल हो । ढाकबाट प्राप्त जानकारीअनुसार यो दुर्घटनापछि खेलाडिहरुको मनोबल खस्केको छ ।
बङ्गलादेशको ढाकामा शुक्रबार साँझ उद्घाटन हुने सागका प्रतियोगिताहरू भने शनिबारदेखि सुरु हुनेछन् ।

सार्क राष्ट्रअर्न्तर्गत आठ वटा देशहरूको सहभागिता रहेको प्रतियोगिताको साँझ औपचारिक रुपमा उदघाटन हुने बताइएको छ । उदघाटन समारोहमा तीन हजार खेलाडीहरूले आफ्नो प्रदर्शन देखाउने छन् । प्रतियोगितामा २३ वटा खेल समावेश गरिएको छ । साग खेल सन् १९८४ मा नेपालबाट सुरु भएको हो ।विभिन्न कारणले गर्दा केही वर्षसाग स्थगित भएको थियो । पाकिस्तानमा सम्पन्न नवौँ सँस्करणमा साफबाट यसको नाम साग राखिएको थियो । बङ्गलादेशको यो तेस्रो पटकको आयोजना हो ।
यसअघि सन् १९८५ मा पहिलोपटक आयोजना गरेको बङ्गलादेशले सन् १९९३ मा दोस्रो पटक आयोजना गर्‍यो । आयोजक बङ्गलादेशसहित नेपाल, भुटान, श्रीलङ्का, भारत, माल्दिभ्स्, पाकिस्तान र प्रतियोगितामा अफगानस्तानको सहभागिता रहेको छ ।
प्रतियोगितामा नेपालका दुइ सय ८३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक