20100203

गिरिजा र झलनाथ परे प्रचण्डको पासोमा !

गिरिजा कोइरालाको गन्तव्यचाहि के होला ? 
केपी ओली भन्छन : सत्ता चाहिने भए चित्र बनाएर दिन सकिन्छ माओवादी र सत्ताका भोका हरुलाई  !!!
 
माधव नेपाल नेतृत्वको संयुक्त सरकारलाई माओवादी, गिरिजाप्रसाद कोइराला र झलनाथ खनालबीचको 'उच्चस्तरीय' संयन्त्रले पङ्गु सावित गरी आफ्नो उपयोगिता एवम् औचित्य स्थापित गर्न कुटिल चाल चलेको छ।
वैधानिक रूपमा बनेको सरकारभन्दा वैधानिकताबिनाको उच्चस्तरीय संयन्त्र नै प्रभावकारी र.............
उपयोगी छ भन्ने प्रमाणित गर्न माओवादी अध्यक्ष प्रचण्डले विशेष भूमिका निर्वाह गर्नुभएको छ। माघ १० देखि गर्ने भनिएको अनिश्चितकालीन आमहड्ताल संयन्त्रलाई देखाएर तत्कालका निम्ति रोकेको बताइएको छ भने माओवादी पार्टीले गर्न चाहेको निर्णय संयन्त्रको बैठकलाई पर्खेर मात्र गर्ने तहसम्म पुगेको छ। प्रदेशहरूको निर्धारण र माओवादी लडाकुहरूको व्यवस्थापन विषयमा समेत संयन्त्र 'अन्तिम निर्णय लिने निकाय'झैं छलफल गर्दै छ। माओवादी पार्टी तथा दुई दलका शीर्ष नेताहरूबीच अनौपचारिक तवरमा बनेको संयन्त्रको निर्णय मान्नुपर्ने बाध्यता सरकार र संविधानसभालाई नभए पनि केही लोकप्रिय निर्णयहरू लिएर सरकारविरुद्ध तथा आफ्नो पक्षमा जनमत सिर्जना गर्ने काममा उक्त संयन्त्र केन्द्रित रहेको देखिएको छ।

  जनउपभोगका लागि 'संविधान निर्माण' र 'शान्ति स्थापना'को एजेण्डा अघि सारिए पनि संयन्त्रको मूल उद्देश्य सरकार परिवर्तन र संविधानसभाको कार्यकाल एक वर्ष थप गराउनु हो भन्ने अनुमान पहिले नै गरिएको थियो। संविधानसभाको कार्यकाल थप गर्ने विषयले संयन्त्रमा अहिले नै प्रवेश पाइनसकेको भए पनि सरकार परिवर्तनको मुद्दालाई भने बडो चलाखीपूर्ण ढङ्गले भित्र्याइएको छ। प्रधानमन्त्रीबाट माधवकुमार नेपाललाई हटाउनुपर्छ भन्नेमा तीनैजना नेताहरू सहमति भइसकेका छन्, तर तीनजनाको सल्लाह भए पनि विषय प्रवेश भने माओवादी अध्यक्ष प्रचण्डमार्फत नै गराइएको छ। प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बन्न गर्नुभएको प्रस्तावमा कोइरालाले पूर्ण सहमति जनाइसक्नुभएको छ। कोइराला यतिबेला माधव नेपाललाई विस्थापित गरेर आफू प्रधानमन्त्री बन्ने गृहकार्यमा जुटिसक्नुभएको छ। तर, अहिले नै आफू प्रधानमन्त्री बन्ने खेलमा लागिसकेको देखाउन भने कोइरालाले चाहिरहनुभएको छैन। समयभन्दा अगाडि नै त्यसप्रकारको इच्छा चाहेर गर्दा 'खेलमा पराजित हुने' डर कोइरालामा छ। यसरी प्रधानमन्त्री बन्न कोइराला मानसिक रूपमा तत्पर हुनुभएको भए पनि प्रचण्डले गिरिजाप्रसादलाई मात्र प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभएको भने होइन। उहाँले एमाले अध्यक्ष झलनाथ खनाललाई पनि प्रधानमन्त्री बनाइदिने झा147सा दिनुभएको छ। यसरी प्रधानमन्त्री बनाइने उधारो आश्वासन पाएपछि कोइराला र खनाल आ–आफ्नै प्रकारले सक्रिय हुन थाल्नुभएको छ। तर, प्रचण्डको खेल भने बेग्लै रहेको बुझिन्छ। वर्तमान समीकरण तोड्नु माओवादीको उच्चराजनीतिक प्राथमिकतामा परेको छ। काङ्गे्रस या एमालेको साथ नलिईकन माधव नेपाललाई विस्थापित गर्न नसकिने भएपछि प्रचण्डले गिरिजाप्रसाद कोइराला र झलनाथ खनाललाई आफ्नो 'ग्रिप'मा राखेर खेल सुरु गर्नुभएको छ। माधव नेपालले राजीनामा नगरिन्जेलसम्म गिरिजाप्रसाद कोइराला या झलनाथलाई प्रधानमन्त्री बनाइदिन 'तयार' प्रचण्ड नेपालको राजीनामापछि भने उक्त पदमा कसैलाई जान दिने पक्षमा हुनुहुन्न। कुनै पनि हालतमा सो पद आफैंले लिने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न सोचमा प्रचण्ड रहनुभएको छ। गठबन्धन गर्नुपर्दा

  एमालेभन्दा काङ्गे्रसलाई नै प्राथमिकता दिनुपर्छ भन्ने पक्षमा रहनुभएको प्रचण्ड सरकारले नेतृत्वचाहि147 अब कसैलाई दिने पक्षमा हुनुहुन्न। जसरी भए पनि सरकारमा पुग्न आतुर प्रचण्डले अहिले सरकार गठनको तयारी गर्नुपर्ने आवश्यकता पनि देख्नुभएको छैन। माधव नेपाललाई हटाउनेबित्तिकै सत्ता सोझै आफ्नो हातमा आइपुग्छ र आएपछि कहिल्यै पनि छोडिने छैन भन्नेमा उहा147 ढुक्क देखिनुहुन्छ। उत्तरतर्फको छिमेकीले 'जसरी भए पनि टिकाइदिने' विश्वास दिलाएका कारण अब सरकारको नेतृत्व गर्न पाए सत्ताबाट फर्कनुपर्ने छैन भन्नेमा उहा147 विश्वस्त देखिनुहुन्छ। त्यसका लागि एमालेको एक हिस्सालाई साथमा लिने योजना बनिसकेको छ भने मधेसी जनअधिकार फोरम र अन्य साना दलहरूलाई मिलाउ147दा आफ्नो पक्षमा सजिलै ३०१ पुग्ने गणितीय हिसाब प्रचण्डले गरिसक्नुभएको छ। सरकार बनाउन र चलाउनभन्दा माधव नेपालको सरकारलाई ढलाउन मुस्किल परेको हुनाले मात्र उहा147ले गिरिजाप्रसाद कोइराला र झलनाथ खनालस147ग विशेष गठबन्धन गर्नुपरेको हो। पहिले माधव नेपालको सरकार ढाल्ने त्यसपछि गिरिजाप्रसाद र झलनाथहरूलाई पनि फाल्ने नियोजित चाल प्रचण्ड चल्दै हुनुहुन्छ। तर, कोइराला र खनाल भने प्रचण्डको 'मायाजाल'मा यसरी पर्नुभएको छ कि उहा147हरूले सत्य देख्ने–बुझ्ने क्षमता नै गुमाइसक्नुभएको प्रतीत हु147दै छ। माधव नेपाललाई हटाइसकेपछि आफैं प्रधानमन्त्री बन्न प्रचण्डले छिमेकी मित्रराष्ट्र भारतको पनि साथ पाउन भित्रभित्रै जोडदार प्रयास गरिरहनुभएको छ। आफूलाई प्रधानमन्त्री बन्न सहयोग पुर्यापइदिए भारतको चाहनाबमोजिम सुपुर्दगी सन्धि गर्ने, स्काई मार्सल राख्न दिइने, जलस्रोतसम्बन्धी सम्झौताहरू पनि गर्ने र सन् १९५० को सन्धि भारतकै चाहना र भावनाबमोजिम परिमार्जन गर्ने या त्यसैलाई यथावत् राख्नेसम्मको प्रतिबद्धता प्रचण्डले भारतका आधिकारिक प्रतिनिधिसमक्ष प्रकट गर्नुभएको बुझिएको छ। भारतको विश्वास र सहानुभूति प्राप्त गर्न प्रचण्डले यसरी आश्वासन दिनुभएको भए पनि भारत भने अहिलेसम्म प्रचण्डका पक्षमा पग्लिनसकेको बुझिएको छ। प्रचण्डले यसरी भारतलाई खुसी पार्न प्रयत्न गर्नुले पनि माधव नेपाल हटेमा त्यसपछि उहा147 आफैं प्रधानमन्त्री बन्न चाहनुहुन्छ भन्ने कुराको पुष्टि गरेको छ। तर, गिरिजाप्रसाद भने राष्ट्रपति प्रकरणमा धोका पाएझैं अर्को एकपटक धोका नपाएसम्म चेत्ने अवस्थामा देखिनुहुन्न। काङ्गे्रसलाई पुरानै अवस्थामा पुर्याभउने कसमसहित राजनीतिमा क्रियाशील कोइराला माओवादीको समर्थनमा प्रधानमन्त्री नै बन्नुभएछ भने पनि त्यसैले काङ्गे्रस, प्रजातन्त्र र मुलुकलाई खासै सकारात्मक योगदान दिने आशा गर्न सकिन्न। कोइराला यसअघि पनि माओवादीसहितको समर्थनमा प्रधानमन्त्री नै हुनुहुन्थ्यो। उहा147कै कार्यकालमा काङ्गे्रस र प्रजातन्त्र सबैभन्दा घातक ढङ्गले लतारिएको छ। अब फेरि माओवादीस147गको गठबन्धनले बचेखुचेको काङ्गे्रसलाई पनि सिध्याउने अनुमान सजिलै गर्न सकिन्छ। त्यसैले कतिपयले टिप्पणी गर्न थालेका छन्– काङ्गे्रसको हत्याको निम्ति कोइरालाको सक्रियता बढ्न थालेको छ  

गिरिजाप्रसाद कोइरालाको गन्तव्यचाहि के होला ?
  - देवप्रकाश त्रिपाठी
नौलो जनवादी क्रान्ति सम्पन्न गरेर सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्न जोखिमपूर्ण राजनीतिक–यात्रामा जुटेका प्रचण्ड र बहुलवादमा आधारित पूर्ण स्वतन्त्रतासहितको संसदीय प्रणालीका पक्षपाति गिरिजाप्रसाद कोइरालाबीच विचार, दर्शन, सिद्धान्त र गन्तव्यको हेर्दा देखिने अतुलनीय दूरी छ। कोइराला र प्रचण्डलाई जस्ताको त्यस्तै बुझ्ने हो भने शास्त्रीय ढाचाको एक खाटी कम्युनिस्टका रूपमा प्रचण्डलाई र एक प्रजातन्त्रवादी नेताका रूपमा गिरिजाप्रसाद कोइरालालाई लिनुपर्ने हुन्छ। दुई नेताका दुई दिशा छन्, दुई पृथक साध्य र साधन पनि छन्, तथापि कहिलेकाही जब चामत्कारिक ढङ्गले दुईबीच एकताको स्थिति बन्न खोज्छ, त्यसबेला भिन्न प्रकारको परिणामगत स्थिति उत्पन्न हुने जिज्ञाशाले मानिसलाई हैरान तुल्याउछ, प्रचण्ड र गिरिजाप्रसादप्रति मानिसको ध्यान पनि अचेल यस्तै–यस्तै समय–सन्दर्भमा मात्र जाने गरेको छ। तर, एउटा रोचक पक्ष के छ भने कोइराला र प्रचण्डबीचको 'एकता' कोइरालाले होइन प्रचण्डले चाहेका बेला मात्रै हुने गरेको छ, प्रचण्ड कोइरालासग नजिकिन त्यसबेला मात्र चाहनुहुन्छ जब माओवादीलाई सङ्कट आइलाग्छ या गैरमाओवादी कित्ताको भार वृद्धि हुन थाल्छ। गिरिजाप्रसाद र प्रचण्डबीच असमानताका अनेक विषयबिन्दु छन्। विचार, दर्शन, सिद्धान्त, लक्ष्य, गन्तव्य, उमेर, अवस्था, पृष्ठभूमि, संस्कार आदिमा दुवैको आ–आफ्नै विशिष्टता छन्। तथापि उहाहरूबीच बहुअसमानताकाबीच एउटा 'सुदृढ' समानता छ, त्यो हो चरित्रगत अर्थात् सोचको समानता, विशेषतागत समानता। एउटै चरित्र अर्थात् विशेषता भएका कारण उहाहरू दुवैका शैलीहरू स्वरूपमा भिन्न देखिए पनि सारमा उस्तै प्रतीत हुन्छन्।

  गिरिजाप्रसाद कोइराला आत्मकेन्द्रित र हठी हुनुहुन्छ– यो सबैले जाने–बुझेको सत्य हो। प्रचण्ड कति आत्मकेन्द्रित र हठी हुनुहुन्छ या हुन्न भन्ने कुराको महसुस सायद माओवादी पार्टीभित्र डा. बाबुराम भट्टराई र जनार्दन शर्माहरूले गर्नुभएको होला। मनमा लागेको कुरा बोल्ने र सोझ्याएको गन्तव्य हासिल गरिछाड्ने प्रवृत्ति कोइरालाको छ। उहा आफूले तय गरेको साध्य प्राप्त गर्न कुनै पनि साधन या शैली अवलम्बन गर्न तत्पर रहनुहुन्छ। अर्को कुनै 'पावर सेन्टर' विकास नहोस् भन्नेतर्फ कोइराला सदा सचेत देखिनुहुन्छ। गिरिजाप्रसाद आत्म–प्रशंसक हुनुहुन्छ, उहामा आफ्नो आवश्यकताअनुसार मानिसहरूलाई उपयोग गर्न सक्ने क्षमता र सामर्थ्य छ, त्यसैले उहाको राजनीतिक यात्रामा उहा147का कारण कैयन मानिस

  अप्राकृतिक रूपमा उचालिएका र पछारिएका छन्। गिरिजाप्रसाद आफूलाई लागेको कुरा नै सही हो भन्ने ठान्नुहुन्छ, उहा भावनाप्रधान हुनुहुन्छ, अडान र बोली फेरिरहदा पनि उहा आफ्नो कुरामा स्थीर–दृढ छु भन्ने ठानिरहनुहुन्छ (एक समय माले, मसाले र मण्डले एकै हुन् भनी सार्वजनिक अभिव्यक्ति दिदै हिड्नुहुने कोइराला अहिले माओवादीको विशेष मित्रको रूपमा स्थापित हुदा पनि आफू बदलिएको ठान्नुहुन्न)। आज गिरिजाप्रसाद कोइरालाले माओवादीप्रति दर्शाउनुभएको मित्रभाव र उदारताको दस प्रतिशत मात्र २०४८ सालताक नेकपा एमालेप्रति दर्शाइएको भए दुई प्रमुख दलबीचको एकता प्रगाढ हुने र त्यसले समृद्धिको स्थायी आधार तर्जुमा गर्ने निश्चित थियो। त्यसबेला एमालेसग समझदारी बनाएर चल्नैपर्ने अवस्था थियो, चल्न खोज्नुभएन, चाहनुभएन। चलेको भए काङ्गे्रस, प्रजातन्त्र र देश सबै पक्ष लाभान्वित हुने विश्वास गर्न सकिन्छ। यतिबेला माओवादीसग कोइरालाले दर्शाउनुभएको व्यवहारले स्वयम्लाई कति लाभ या सन्तुष्टि दिएको छ त्यो उहाकै जानकारीको पक्ष हो, काङ्गे्रस, मुलुक र प्रजातन्त्रलाई चाहि क्षति पुगेको र अझै पुग्ने महसुस जनस्तरमा गरिदै छ।

  गिरिजाप्रसाद कोइराला आफूसग असहमत हरेकलाई विरोधी या शत्रु ठान्नुहुन्छ। उहालाई केही गर्न मन लाग्छ, गर्न चाहेको काममा लुरुक्क सहयोगीको भूमिका निर्वाह नगरी तर्क–वितर्क गर्ने व्यक्ति उहाको 'गुडबुक'मा पर्ने गर्दैन। गिरिजाप्रसादमा सन्तानमोह छ, यति ठूलो मोह प्रकट भएको छ कि यस कालखण्डका मानिसहरूले धृतराष्ट्र बिर्सिनै लागिसकेका छन्। सन्तानमोह प्राणीलाई प्राकृतिक रूपमै प्राप्त स्वाभाविक गुण हो। जनावरहरूमा आफ्नो सन्तानका लागि ज्यानसम्म दिने प्रवृत्ति पनि हुन्छ। तर, मानिसमा विवेक पनि हुने हुनाले सन्तानमोहको व्यवस्थापन गरेर अलिक सहज र स्वाभाविक बनाउन सकिने हो। गिरिजाप्रसादले सन्तानमोहका सवालमा विवेक प्रयोग गर्न कञ्जुस्याइ गर्नुभएको देखिएको छ। कोइरालामा देखिने यसप्रकारका (उल्लिखित) विशेषता प्रचण्डमा के–कति छन् हाम्रो निकटता र बुझ्न सक्ने क्षमताका आधारमा पत्ता लगाउन या धारणा बनाउन सकिन्छ। दुवै नेताहरूलाई नजिकबाट बुझ्नेहरूको भनाइ छ– 'उहा147हरूबीच देखिने अन्तरको समष्टि घिउबेचुवा र तरबारबेचुवाको जस्तै हो।' आत्मकेन्द्रित र ज्यादा मह140वाकाङ्क्षी भएकाले दुवै नेताहरूमा एउटा खु147खार तानाशाह या अधिनायकवादी शासकमा हुने गुण समान तहमा भेटिन्छ। बा147चिन्जेल 'पावर'भन्दा बाहिर नरहने सोच/मानसिकता दुवैको नजिक रहनेहरूले महसुस गरेका छन्। उमेर, अवस्था र पृष्ठभूमिका कारण दुई नेताको भाव र भङ्गिमा केही पृथकझैं देखिए पनि सारमा प्रचण्ड र गिरिजाप्रसादबीच अन्तर नदेख्नेहरूको जमात दिनप्रतिदिन बढ्दो छ। अन्तर देख्नेहरूले गिरिजाप्रसादलाई एउटा बुर्जुवा प्रतिक्रियावादी र प्रचण्डलाई सर्वहारा क्रान्तिकारी ठान्न सक्छन्। तर, जीवनशैली, सान र सोचको तुलनात्मक अध्ययन गरि147दा मात्र उहा147हरूबीचको अन्तर कम देखिने हो। तत्कालको सन्दर्भस147ग जोडेर गिरिजाप्रसादले राष्ट्रिय स्वाधीनताको आन्दोलन कहिल्यै चलाउनुभएन, प्रचण्ड त्यस्तो आन्दोलन चलाउ147दै हुनुहुन्छ र उहा147 एक महान् देशभक्त हुनुहुन्छ भन्न सक्छन्। तर, हामीले प्रचण्डलाई एक सच्चा कम्युनिस्टका रूपमा बुझ्ने हो भने उहा147लाई 'देशभक्त'को पगरी गुथाएर 'अपमान' गरिनु उचित होइन। एउटा सच्चा कम्युनिस्ट कहिल्यै देशभक्त हुन सक्दैन, यो त लेनिनको राज्य विलोपको सिद्धान्तसम्बन्धी पुस्तक नपढ्ने या साम्यवाद र साम्यवादीलाई नबुझ्नेहरूको सोच मात्र हो। कम्युनिस्टहरूको एउटा मूल विशेषता के हो भने उनीहरू सधैं 'पपुलिष्ट' नारा दिएर मानिसलाई बिथोल्छन्। 'सबैले खान पाउनैपर्छ, सबले लाउन पाउनैपर्छ, सबैको औषधि–उपचार निःशुल्क हुनैपर्छ, सबको बास र रोजगारी हुनैपर्छ' भन्नेजस्ता नारामा अभावमा बा147च्न विवशहरूले त साथ दिने नै भए, सम्पन्नहरूले पनि त्यस्ता नारामा विमति जनाउन सक्दैनन्। त्यसप्रकारको नारा लगाइरहने र माग पूरा नहुनुको एक मात्र कारण बुर्जुवाहरूको व्यवधान भनी मानिसलाई अलमल्याइरहने रणनीतिक चालबाजी कम्युनिस्ट नेताहरूले गरिरहेका हुन्छन्। कारणवश ज्ञान, बुद्धि र शिक्षाको स्तर कमजोर हुन पुगेका मानिसहरू जीवनभर तिनले उत्पादन गरेका स्थायी नारामा झुन्डिएर कुदिरहेका हुन्छन्। अर्को राष्ट्रियताको मुद्दा हो, जुन देशका हरेक नागरिकको संवेदनास147ग अविच्छिन्न रूपमा गा147सिएको हुन्छ। जो आफैं राष्ट्रवादी होइनन् तिनले राष्ट्रवादको घनघोर नारा लगाउ147छन्, जनतालाई उद्वेलित गर्छन् र राष्ट्रियताको नाममा परिचालित मानिसलाई आफ्नो राजनीतिक गन्तव्य प्राप्तिका निम्ति भरमार उपयोग गर्छन्। दार्शनिक दृष्टिले कुनै पनि एउटा सच्चा कम्युनिस्ट देशभक्त या राष्ट्रवादी होइनन्, यदि प्रचण्ड सच्चा कम्युनिस्ट आफूलाई ठान्नुहुन्छ भने उहा147 राष्ट्रवादी हु147दै होइन भनेर किटानी निष्कर्ष निकाल्न सकिन्छ। प्रचण्डको मानसिक तथा मनोवैज्ञानिक तह र उहा147मा विद्यमान अति मह140वाकाङ्क्षाको विश्लेषण गर्ने हो भने त्यस्तो कुनै पनि मानिसको सम्झौता या प्राप्तिको अन्तिम बिन्दु भनेको शक्ति र सत्ता हुने गर्छ भनेर बुझ्दा कहिल्यै गल्ती हुनेछैन। आफू नायक हुनुलाई प्रजातन्त्र र आफूलाई सघाउने कार्यलाई राष्ट्रपे्ररित या राष्ट्रवादी ठान्ने प्रवृत्ति हरेक अधिनायकवादी मनोविज्ञानसहितका राजनीतिकर्मीहरूमा पाइन्छ। व्यवहारगत दृष्टिले हेर्ने हो भने प्रचण्ड आज भारतविरुद्ध जे–जस्ता मुद्दा लिएर सडकमा कुर्लंदै हि147ड्नुभएको छ, यी कुनै पनि मुद्दा नया147 होइनन्। सुगौली सन्धि करिब दुई सय वर्ष पुरानो, १९५० को सन्धि साठी वर्ष पुरानो, सुस्ता, र कालापानी चालीस–पचास वर्ष पुरानो, यी यस्ता पुराना मुद्दा अस्ति प्रचण्डहरूले 'युद्ध' गर्दा मुख्य मुद्दा भएनन्, प्रचण्डजी हिजो प्रधानमन्त्री बन्नुभएका बेला पनि ती मूल विषय बनेनन्, सत्ताबाट बाहिरिएपछि र अब फेरि कहिल्यै सत्तारुढ हुन पाइने सम्भावना घट्दै गएपछि प्रचण्डलाई राष्ट्रको मायाले पिरल्यो र अहिले राष्ट्रियताको मुद्दा प्रधान बनाइएको छ। प्रचण्डको मूल मुद्दा राष्ट्र होइन सत्ता हो रहेछ भन्ने कुराको जानकारी आमनेपालीले पाइसकेका छन्, उठेका या उठाइएका मुद्दामा विमति जनाइरहनुपर्ने आवश्यकता पनि कुनै नेपालीले महसुस गरेका छैनन्। तर, प्रचण्ड सत्तारुढ हुनेबित्तिकै गायव हुनसक्ने राष्ट्रियताको आन्दोलनमा सहभागिता जनाउने चाहनाचाहि147 नेपाली जनताले राखेका छैनन् भन्ने प्रस्ट छ। 'हारे एउटा ज्यान जिते सिङ्गै राज्य' भन्ने मान्यताबाट दीक्षित प्रचण्डहरू आफू विजयी हुनका लागि कुनै पनि हथकण्डा अपनाउन सक्छन् र त्यसक्रममा भएका बेइमानी तथा जालसाजीहरूलाई क्रान्तिको लेप (जलप) लगाएर सुन्दर एवम् जायज तुल्याउने कार्य गर्छन् भन्ने वास्तविकताको बोध पनि नेपाली जनताले गरिसकेका छन्। आफू पार्टी सभापति या प्रधानमन्त्री हुनुलाई मात्र प्रजातन्त्र ठान्ने गिरिजाप्रसाद कोइराला र आफू सत्तानायक हुनुलाई मात्र क्रान्ति ठान्ने प्रचण्ड प्रवृत्तिबीच आधारभूत भिन्नता भेटिन मुस्किल छ। प्रचण्डले यतिबेला चलाइरहनुभएको 'राष्ट्रिय स्वाभिमानको आन्दोलन' जनवादी क्रान्तिको या उहा147को सत्तारोहणको चरणमा पुगेर स्वतः विसर्जन हुनेछ। प्रचण्डको कथित स्वाधीनताको आन्दोलनका कारण दुई मुलुकबीचको सम्बन्धमा सङ्कट उत्पन्न हुनसक्ने स्थिति त बनेकै छ, अब जनस्तरले थप सङ्कट भोग्नुपर्ने अवस्था पनि सिर्जना भइसकेको छ। व्यक्तिविशेषको सत्ताकाङ्क्षास147ग गा147सिएको राष्ट्रिय स्वाधीनताको आन्दोलनले सद्दाम हुसेन, हिटलर, इदि अमिन, स्टालिन र मुसोलिनीहरूको 'राष्ट्रवादी' आन्दोलनको झलक प्रस्तुत गरिरहेको छ। हरेक तानाशाहहरूको शासनमा पुग्ने या अड्ने एउटै अस्त्र हुन्छ– राष्ट्रवाद। राजा महेन्द्रले पञ्चायत नामको गैरप्रजातान्त्रिक प्रणाली लागू गरेर आफ्नो हुकुमी शासन चलाउदा पनि राष्ट्रवादकै नारा दिएका थिए। स्टालिन पनि कार्यकालको उत्तरार्धमा निकै राष्ट्रवादको दुहाई दिने गर्दथे। यहा नेपालमा प्रचण्डले चाहि सत्ता टिकाउन होइन सम्पूर्ण सत्ता प्राप्तिकै निम्ति 'राष्ट्रवाद'को सहारा लिनुपरेको छ। आफ्नो गन्तव्य प्राप्तिमा बाधक बनेको या बनिरहने सम्भावना देखेकै कारण प्रचण्डले राष्ट्रिय स्वाधीनताको नाममा कुनै एउटा छिमेकी देशविरुद्धको अभियान जुन सुरु गर्नुभएको छ यसले मुलुक, प्रजातन्त्र, जनता र स्वयम् प्रचण्डलाई समेत प्रतिकूल प्रभाव पार्ने निश्चित छ। बुझ्नेहरू जाबो सत्ताका लागि सद्भावपूर्ण नेपाली समाजलाई यसरी नगिजोलेको भए या अनुशासित मानिएका नेपाली जनतालाई नबिथोलेकै भए उचित हुने थियो भन्दै छन्। यो बेग्लै वास्तविकता हो कि आफूलाई प्रजातन्त्रका खास पक्षधर दाबी गर्दै आउनुहुने गिरिजाप्रसाद कोइराला नै प्रचण्ड अभियानका खास सहयोगीझैं देखिनुभएको छ। यस्तो अप्राकृतिक गठबन्धनको कारण प्रचण्डको स्पष्ट छ– सत्ता, तर गिरिजाप्रसाद कोइरालाको गन्तव्यचाहि के होला?

सत्ता चाहिने भए चित्र सित्र बनाएर दिउँला : ओली

नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओली वर्तमान सरकार निर्माणका सूत्रधार हुनुुहुन्छ। नेपाली राजनीतिमा मनमा लागेका कुरा नलुकाईकन बोल्ने खरो र प्रस्ट वक्ताका रूपमा परिचित ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा पनि लिने गरिन्छ। मंगलबार मात्र १५ दिने युरोप भ्रमण सकेर फर्किएका बौद्धिक र निर्भीक नेता ओलीस147ग घटना र विचारका लागि ऋषि धमलाले गरेको कुराकानी :

० तपाईंको विदेशयात्रा कस्तो रह्यो?

– भ्रमण एकदम राम्रो रह्यो। म जहा147–जहा147 गए147, त्यहा147–त्यहा147 कार्यक्रम सफल रह्यो। सबैतिर नेपालप्रतिको चासो र चिन्ता थियो।

० शान्ति र संविधानबारे विदेशीहरूको कस्तो धारणा पाउनुभयो?

– नेपालमा शान्तिप्रक्रिया निष्कर्षमा पुग्नुपर्छ, समयावधिभित्रै संविधान लेखिनुपर्छ र नेपालले आर्थिक र सामाजिक क्षेत्रमा फड्को मार्नुपर्छ भन्ने सबैको भावना थियो।

० के समयमै संविधान लेखिएला?

– नेताहरूले गरे असम्भव भन्ने के छ र? हेरौ147, के गर्छन्?

० तपाईं विश्वस्त हुनुहुन्छ?

– गर्नैपर्छ। नगरी सुखै छैन।

० अहिले त सरकार ढाल्ने कुरा पो सुरु भएको छ त?

– अन्तरकुन्तरमा एक–दुईजना मान्छे कराएर सरकार ढल्दैन। मान्छे कराउ147दैमा ढल्ने भए त जसले पनि ढाल्थ्यो।

० उच्चस्तरीय संयन्त्रमा त सरकार ढाल्ने कुरा चल्यो नि?

– ए हो र? यो सरकार ढाल्ने प्रचण्डको कुरा कहा147 नया147 हो र? उहा147ले पहिलेदेखि नै भनिरहनुभएको छ, कोसिस पनि गरिरहनुभएको छ।

० सरकार ढल्दैन त?

यस्तो विषयमा टिप्पणी गरिरहन आवश्यक छैन। यो सरकार ढल्ने कुनै सम्भावना छैन।

० सरकार नढल्ने आधार के त?

– यो २२ दलको सहमतिमा बनेको सरकार हो। एमाले र काङ्ग्रेसमा सरकार बनाउन संस्थागत निर्णय नै भएको छ। त्यसैले यो सरकार ढल्ने कुरै छैन।

० गिरिजाप्रसाद कोइराला, प्रचण्ड र झलनाथ खनाल त मिलेका छन् नि?

– उहा147हरू मिलेको मलाई थाहा छैन।

० एमालेभित्रै सरकार ढाल्ने खेल सुरु भयो नि त?

– कसैले व्यक्तिगत रूपमा भन्नु बेग्लै हो। तर, एमालेमा सरकार ढाल्न कोही तयार छैन।

० एमालेले संस्थागत रूपमा माधवकुमार नेपालको विकल्प खोज्यो भने के गर्ने?

– संस्थागत रूपमा निर्णय गर्ने अधिकार त भइहाल्छ। तर, संस्थागत रूपमा निर्णय गर्न सक्दैन।

० माधवकुमार नेपालको विकल्प छ147दै छैन त?

– त्यस्तो भाषा म प्रयोग गर्न चाहन्न। अहिले सरकार यताउता हुनेवाला छैन।

० गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाउने खेल भएको छ नि?

– मलाई त्यस्तो लाग्दैन। नेपाली काङ्ग्रेस नै सरकार परिवर्तनतिर जान्छ भन्ने मलाई लाग्दैन। यो सरकार शान्तिप्रक्रियालाई सफल बनाउन, नया147 संविधान लेख्न, अर्को चुनाव गराउन र नया147 सरकारलाई शासन सुम्पन बनेको हो।

० राजनीतिक गतिरोध अन्त्य गर्न सरकारले सकेन नि त?

– कहा147 सकेन? सरकारले जे पनि गरेको छ।

० नागरिक सर्वोच्चताका नाममा माओवादी आन्दोलनमा छ नि?

– हाहाहा, (लामो हा147सो) माओवादीको यो थोत्रो कुरा भयो। यस्तो कुरामा म जान चाहन्न।

० मुलुकको राजनीतिक भविष्य के हुन्छ?

– अब संविधान बनाउनुपर्छ। सबैको अर्जुनदृष्टि त्यतैतिर हुनुपर्छ।

० संविधान बनाउन त सहमति चाहियो नि?

– संविधान बनाउने सहमति गरेरै हामी यहा147सम्म आइपुगेका हौ147।

० माओवादी यही सरकारमा आउन सम्भव छ?

– अब माओवादी माधवकुमार नेपालकै नेतृत्वको सरकारमा आउ147छ। आएन भने प्रमुख प्रतिपक्षको रूपमा बाहिर बस्छ। केही फरक पर्दैन।

० कसरी आउला त यो सरकारमा?

– मेरो आफ्नो दृष्टिकोणमा यही सरकारमा आउ147छ। आएन भने बाहिरै बस्छ।

० माओवादीलाई सरकारबाहिर राखेर केही गर्न सकि147दैन भन्छन् नि?

– त्यसो हो भने म माओवादीलाई सत्ता भन्ने केही चिज बनाएर दिउ147ला। सत्ता नभई हु147दैन भने त्यही नामको चित्रसित्र बनाएर दिउ147ला।

० माओवादी लडाकुलाई नेपाली सेनामा ल्याउने कि नल्याउने त?

– यस्तो फाल्तु कुरा किन गर्ने त बेकारमा? मेरो आशय के भने माओवादी लडाकुलाई राष्ट्रिय सेनामा समावेश गर्न सकि147दैन। नहुने कुरा किन गरिरहने? लडाकुहरूको सहमतिअनुसार व्यवस्थापन गर्नुपर्छ सेनामा होइन, अन्यमा।

० लडाकुहरूको व्यवस्थापन कसरी गर्ने त?

– अब वातावरण राम्रो भएर जान्छ। मिलाएर लानुपर्छ।

० तपाईंले राजतन्त्रले राष्ट्रिय अखण्डता बचाउन सकेको थियो भन्नुभयो रे?

– नेपाली भाषा पनि नबुझ्ने, आन्दोलन पनि नगरेका र काम पनि नगरेका बिचराबबुराको कुरा हो त्यो। त्यसमा जवाफ दिनै आवश्यक ठान्दिन147।
-घटना र विचार

1 comment:

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक