20100202

छोडेनन माओवादीले अझै मान्छे अपहरण गर्न

अपहरण गरेर यातना दिएको अभियोगमा १३ जना माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ
सङ्खुवासभाको व्यापारी पासाङ शेर्पासहित अन्य ३ जनालाई सोमबारराति अपहरण गरेर यातना दिएको अभियोगमा एकिकृत नेकपा माओवादी १३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। ईटहरीको मकालु होटलमा बसेको अवस्थामा उनीहरूलाई प्रहरीले सोमबारराति राति २ बजे नियन्त्रणमा लिएको हो। अपहरणमा
परेका व्यापारी शेर्पासँगै काशी कार्कीलाई पनि अपहरण गरिएपछि अपहरणमा परेकाहरुको आफन्तले माओवादीको ५ नम्बर पार्टी कार्यालय घेराउ गरेको प्रहरीले जानकारी दिएको छ।  प्रहरीको नियन्त्रणमा रहेकाहरुमा एकीकृत नेकपा (माओवादी) राज्य सचिवालय सदस्य मोहन तिम्सिना, जिल्ला सदस्य ....
इन्द्र सिलवाल, इटहरी नगर इन्चार्ज नरिन सुब्वा, उपसचिव उपेन्द्र घिमिरे, इटहरी वडा नं ५ सत्ताप्रमुख हरियामा दाहाल लगायत रहेका छन्। अपहरणमा परेका व्यापारी शेर्पा र पार्टी कार्यालयमा रहेका अपहरणको अभियोग लागेका माओवादी कार्यकर्ताहरुबीच झडपको स्थिति उत्पन्न भएकोले इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक सुरेन्द्र सिटौलाको नेतृत्वमा गएको प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि उनीहरुलाई पक्राउ गरिएको सिटौलाले जानकारी दिनुभयो। यता एकीकृत नेकपा (माआवोदी)का नेताहरुले भने प्रहरीले पार्टी कार्यालय तोडफोड गरी आफ्ना पार्टीका जिम्मेवार नेता तथा कार्यकर्तालाई पक्राउ गरेको भन्दै इलाका प्रहरी कार्यालय अगाडी भेला भएपछि भने यहाँ तनाव सिर्जना भएको छ। अपहरणमा परेका व्यापारी शेर्पाले आफूलाई साँझ घेरा हालेर जबरजस्ती मोटरसाइकलमा अज्ञात स्थानमा लगेपछि आफू बेहोस् भएको र राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीले नियन्त्रणमा लिएको ट्रक छुटाउन धरौटी राख्न ल्याएको रु.३ लाख ५० हजार नगद रुपियाँ र मोबाइल सेट समेत हराएको दाबी गरेका छन्। माओवादीले सोे सामानको विषयमा छलफल गरिरहेको अवस्थामा युथफोर्सको दबावमा प्रहरीले पार्टी कार्यालय तोडफोड गरी दमनपूर्वक नेता तथा कार्यकर्तालाई पक्राउ गरेको आरोप लगाएको छ।

साहित्यिक कार्यक्रममा दुई छुट्टाछुट्टै
                कृतिको विमोचन
 अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मेरिल्याण्ड च्याप्टरले आईतबार अमेरिकाको बाल्टिमोरमा एक साहित्यिक कार्यक्रममा दुई छुट्टाछुट्टै कृतिको विमोचन गरिएको छ।  कार्यक्रममा च्याप्टरका कार्यकारी सदस्य तीर्थराज पाण्डेयद्वारा लिखित "चिरायु" उपन्यास र ११ वर्षीया बालिका प्रिया सुवेदीले लेखेको अंग्रेजी भाषाको बाल कथा "सुपर गाल" विमोचन गरिएको हो। बालिका सुवेदीको कृति साहित्यकार शिवप्रसाद सत्याल पीठले विमोचन गर्नुभएको थियो। 

 
  
  
 यसैगरी चिरायु उपन्यासको कार्यक्रमका प्रमुख अतिथि साहित्यकार कृष्णप्रसाद पराजुलीले विमोचन गर्नुभएको हो।   च्याप्टरका अध्यक्ष एच बी भण्डारी प्रभातको सभापतित्वमा भएको कार्यक्रममा सुवेदीको कविता संग्रहका बारे विद्यार्थीद्वय दिव्या चन्द र रोनिक्स भण्डारीले चर्चा गरेका थिए । साहित्यकार शिवप्रसाद सत्याल पीठ पशुपति बाजाडे र तरुण पौडेलले चिरायु  उपन्यासका विविध विषयमाथि प्रकाश पार्नुभएको थियो । च्याप्टरकी उपाध्यक्ष नायिका पुजा चन्दले साचालन गर्नुभएको कार्यक्रममा सर्जकद्वय पाण्डेय र सुवेदीले पनि आ आफ्ना रचनाका बारे बोल्नु भएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष एवं बोर्ड अफ ट्रष्टीका अध्यक्ष होमनाथ सुवेदीले डायस्पोरामा नेपाली साहित्यको विषयमा चर्चा गर्दै कार्यक्रममा विमोचित दुवै कृतिकाबारे संक्षेपमा प्रकाश पार्नुभएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि साहित्यकार कृष्णप्रसाद पराजुली र अतिथि साहित्यकार शिवप्रसाद सत्याल पीठलाई उहाँहरुको साहित्यिक योगदानका लागि च्याप्टरका तर्फबाट अध्यक्ष भण्डारीले अभिनन्दन तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो । सम्मानित व्यक्तित्व पीठका बारे सर्जक शास्वत पराजुली र अभिनन्दित व्यक्तित्व पराजुलीका बारे च्याप्टरका महासचिव गौतम दाहालले संक्षिप्त परिचय दिनुभएको थियो । महासचिव दाहालले च्याप्टरले प्रकाशन गरेको दुवै कृतिको बारेमा प्रकाशकीय पक्षमाथि समेत जानकारी दिनुभएको थियो ।

    बाल्टिमोरमा पहिलोपटक च्याप्टरले आयोजना गरेको यस किसिमको कार्यक्रममा नाट्यकर्मी सरोज अर्यालले निर्देशित तथा सर्लोना भण्डारी अविप्सा हमालरोनिक्स भण्डारी सहितका बाल कलाकारले अभिनय गरेको नयाँ प्रयोगको नाटक साचो  प्रदर्शन गरिएको थियो । यसैगरी कार्यक्रममा डाक्टर श्याम कार्की पारसमणी श्रेष्ठदिव्या चन्द भुवनेश्वरी बाजाडे होमनाथ सुवेदीसुरेश तिमल्सिना कृष्णप्रसाद पराजुलीसहितले आ आफ्ना कविता वाचन गर्नुभएको थियो । विमोचित उपन्यास चिरायु  शहीद दशरथ चन्दप्रति समर्पित रहेको र शहीद दिवसको सन्दर्भ पारेर आयोजित कार्यक्रमको आरम्भमा सबै शहीदहरुको सम्मानमा एक मिनेट मौनधारण तथा शहीद चन्दको तस्वीरमा पुष्पगुच्छा अर्पण गरिएको थियो । कार्यक्रममा शहीद चन्दका नाति धिरज चन्दले आफ्ना हजुरबुवालगायत शहीदहरुको योगदानका बारे बोल्नुभएको थियो । यसैगरी सम्पूर्ण संघसंस्थाको तर्फबाट बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका बाना की अध्यक्ष रबिना थापाले कार्यक्रमको सह्राहना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहभागी सबैलाई च्याप्टरका कार्यकारी सदस्य अर्जुन हमालले स्वागत तथा अर्का कार्यकारी सदस्य चन्द्र विश्वकर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सोही अवसरमा नयाँ संस्था ग्लोवल एजुकेशनकल्चरल लिटरेरी सपोर्ट एशोसियसनको बारेमा तयार गरिएको पावर प्वाइन्ट संस्थाका निर्देशक एच बी भण्डारी प्रभातले प्रस्तुत गर्दै संस्थाको उद्देश्य बारे प्रकाश पार्नुभएको थियो ।

    यसैबीच आगामी एक महिनाभित्र च्याप्टरको पहिलो अधिवेशन गर्न संस्थापन कार्य समितिलाई अधिकार प्रत्यायोजन गर्दै सात सदस्यीय अधिवेशन तयारी समिति गठन गरिएको छ । समितिमा एच वी भण्डारी प्रभातको संयोजकत्वमा पुजा चन्द, गौतम दाहाल, अर्जुन हमाल, तीर्थराज पाण्डेय चन्द्र विश्वकर्मा र राज सेन्चुरी रहनुभएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक