20100202

हप्ता वितिसक्दा पनि अझै फेला परेनन् वालक

देशका विभिन्न स्थानमा गिद्ध रेष्टुरेन्ट खुलेपछि... 
- गणेश ओली
दाङ । विद्यालयवाट घर र्फकदैगर्दा हराएका ढीकपुर ७ दुविचौरका एक वालक एक हप्ता वितिसक्दा पनि अझै फेला परेका छैनन् । र्स्वर्गद्धारी वोर्डिङ स्कूल नारायणपुर कक्षा १ मा अध्यनरत १० वषिर्य होमवहादुर चौधरी गत माघ १२ गते विद्यालयवाट घर र्फकदै गर्दा हराएका थिए । होमवहादुरको अंकल वताउने एक ब्यक्तिले
चौधरी भाषामा विद्यालयको फोन नम्वर ०८२-३००६२ मा फोन गरेर होमवहादुरलाई घर पठाइदिन भनेको विद्यालयको भनाई छ । म उसको अंकल हँु उसकी आमा विरामी छे पठाइदिनु परयो भनेपछि हामीले सँच्चै होला भनेर विद्यालयवाट पठायौं शिक्षक समिर वुढाथोकीले भन्नुभयो, कलरआइडि नभएकाले कति नम्वरवाट फोन हान्यो भन्नेकुरा थाहा भएन । विद्यालयवाट साढे ३ वजेतिर निस्केका उनी राति अवेरसम्म.......
पनि घरपुगेनन् । रातिसम्म पनि छोरो नआएपछि साथिभाइसाँग खोजखवर गरंे तर अझै फेला परेको छैन होमवहादुरकी आमा राजपतिले भन्नुभयो । 
     विद्यालय पठाएको छोरो हराएपछि अहिले होमवहादुरको घरमा रुवावासी छ । सवैका आँखा रुँदारुँदा सुन्निएकाछन् । छोरो आउँछ कि भनेर घरमा कलस राखेका छन भने आफन्त परिवार सवै वैद्यदेखि प्रहरीसम्मलाई गुहारीरहेकाछन् । पढाइमा पनि अत्यधिक तेज र सानै भएपनि गाउँका वालवालिकालाई विद्यालय ल्याउन लग्न अभिभावकको काम गरिरहेको होमवहादुर हराएपछि गाउँले पनि सवै स्तब्ध भएको वताउँछन् । सडकै सडक हिडनर्ुपर्छ वालवालिकालाइ खतरा छ सवै विद्यार्थी विद्यालय लग्ने ल्याउने काम उसैको थियो छिमेकी सोनलाल चौधरीले भन्नुभयो, उ हराएपछि गाउँका वालवालीका पनि अभिभावक विहिन महशुश गरिरहेकाछन् ।
      छोरो हराएपछिविदेशमा रहेका होमवहादुरका वुवा फूलमान चौधरी पनि१९ गते मंगलवार नै घर आइपुग्नुभएको छ । एउटा छोरो थियो उसैकालागि कमाउन विदेश गएको थिएँ छोरो हराएको खवरले फर्केर आएँ फूलमानले आँशु झार्दै भान्नुभयो । एकातिर सपनाको संसार छोरो हराएको छ अर्कोतिर आएस्रोत पनि हराएको छ ।
    उता प्रहरीले भने घटना असाध्यै रहस्यमय भए पनि अनुसन्धान जारीरहेको र दोषिको नजिक प्रहरी पुगेको जनाएको छ । हामीले विभिन्न कोणवाट अध्यन गर्ने र दोषिको खोजि राखेका छौं इलाका प्रहरी कार्यालय नारायणपुरका प्रहरी निरिक्षक गोविन्द थापाले भन्नुभयो, हामी गम्भिरताका साथ वालकको खोजि गरिरहेका छौं ।
    उता घटनाको अनुसन्धानमा ढिलो भएको वताउँदै विभिन्न क्षेत्रवाट प्रहरी प्रशासनमा दवाव दिने काम भइरहेको छ । क्रान्तिकारी पत्रकार संघ दाङ, मानवअधिकार तथा मिडिया विकास नेपाल लगाएतका संस्थाले विज्ञप्ती निकालेर दोषि उपर छिटो छानविन हुनुपर्ने र कार्वाही गर्न माग गरिरहेकाछन् । त्यसैगरी मंगलवार नै मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र -हरप्लेस ) दाङले घटनाको वारेमा स्थानीयवासी, प्रहरी, प्रशासन र विद्यालयमा पुगेर घटनाको वारेमा विस्तृत अध्यन गरेको छ । हरप्लेस दाङका संयोजक विनोद के सीका अनुसार पत्रकार तथा मानवअधिकारकर्मी सहितको टोलिले अध्यनका क्रममा प्रहरी प्रशासनलाई गम्भिरताकासाथ अनुसन्धान गर्न आग्रह गरेको बताउनुभयो । टोलीले एक स्थलगत अध्यन प्रतिवेदन र्सार्वजनिक गर्दै घटना रहस्यमय भएको र अनुसन्धानमा सहयोग गर्न नेपाल दुर सञ्चार संस्थान र अनुसन्धनलाई त्रि्रता दिन प्रहरी प्रशासनलाई आग्रह गरेको छ ।

देशका विभिन्न स्थानमा गिद्ध रेष्टुरेन्ट खुलेपछि

दाङ माघ १९ गते । देशका विभिन्न स्थानमा गिद्ध रेष्टुरेन्ट खुलेपछि गिद्धको संख्यामा वृद्धि भएकोे सरोकारवालाहरुको दावी छ । पंक्षी संरक्षणको क्षेत्रमा कार्यरत नेपालका विभिन्न गैरुसरकारी संस्थाहरुले वर्दियाको ठाकुरद्धारमा भएको २ द्धिवसीय गिद्ध संरक्षणसम्वन्धि कार्यशाला गोष्ठीपछि सो निष्कर्षनिकालिएको गोष्ठिपछि मंगलवार एक विज्ञप्ती मार्फ पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र दाङका अध्यक्ष डिल्लीवहादुर रावतले जनाउनुभएको छ ।   नेपाल पंक्षी संरक्षण संघ र पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र नेपाल, दाङको आयोजनामा भएको कार्यक्रममा वाँके, वर्दिया, कैलाली, कञ्चनपुर र दाङमा गिद्ध संरक्षणमा कार्यरत संस्था, वन कार्यालयका प्रतिनिधि, पशु सेवा कार्यालयका प्रतिनिधिहरुको समेत सहभागिता रहेको रावतले वताउनुभयो । हाल दाङमा २ वटा, नवलपरासीमा एक, रुपन्देहीमा एक र पोखरामा एक गरि ५ वटा गिद्ध रेष्टुरेन्टहरु सञ्चालनमा रहेको पंक्षी संरक्षण संघका सागर विश्वासले वताउनुभयो ।
     सरकारले पञ्चवषिर्य योजना मार्फ गिद्ध संरक्षण सम्वन्धि योजना समेत ल्याएको, चितवनको चतरामा गिद्ध प्रजनन केन्द्र खोलेको र सामुदायिक तहमा समेत गिद्ध रेष्टुरेन्टहरु खुल्ने क्रम जारीरहेकाले गिद्धको संख्यामा अव विस्तारै वृद्धि हुने सरोकारवालाहरुको दावी रहेको छ । डाइक्लोफिनाएक औषधि नियन्त्रणकालागि पंक्षी संरक्षण संघले तर्राईका १० जिल्लालाई डाइक्लोफिनाएक मुक्त जिल्ला घोषणा गर्ने तयारी गरिरहेकोसंघका आनन्द चौधरीले वताउनुभयो । हामीले गिद्ध लोप हुनुको मुख्य कारण मानिएको  डाइक्लोफिनाएकको सटटा मोलेक्सिक्याम्प प्रयोग गर्न र गिद्ध संरक्षणमा सहयोग गर्न भेटनरी सञ्चालक, पशु सेवा कार्यालय र सरकारलाई आग्रह गरेका छौं संघका पशु चिकित्सक डा.र्सर्ूय पौडेलले भन्नुभयो ।
    गिद्धले जिउँदो पशुपंक्षीको सिकार नगर्ने भएकाले यो मानवकालागि हानिकारक मानिदैन । वरु गाउँ समाजमा मरेका र कुहेका फोहोर गाई, भैसी, घोडा लगाएतका जनावर खाने भएकाले यसलाई प्रकृतिको कुचिकारको रुपमा चिनिन्छ । गाउँसमाजमा भएका फोहोर सफा गर्ने यस्तो प्राणीहरुलाई संरक्षण गर्नुपर्ने दायित्व सवैको भएको संरक्षणकर्मीहरुको अनुरोध छ । एक अध्यनले डाइक्लोफिनाएकका कारण ८५ प्रतिसत गिद्ध लोप भएको देखाएको थियो ।

न्यूयोर्कमा TaxRaja को अर्को ट्याक्स र एकाउन्टिङ सेवा शाखाको उदघाटन

न्यू योर्क- नेपाली CPA (Certified Public Accountant) बिराज रिजालको न्यू योर्क शहरको कुइन्सस्थित ट्याक्स र एकाउन्टिङ सम्बन्धी कम्पनी TaxRaja Associates को रिच्मोन्ड हिल्स, न्यू योर्कमा अर्को नयाँ शाखाको सन्चालन शुरु भएको छ।

उक्त शाखाको उदघाटन न्यु योर्क District-25 का Assemblyman Mr Rory Lanceman ले गर्नु भएको थियो। उहाँ आफ्नो कार्यालयबाट आबस्यक पर्ने सहयोग गर्ने प्रतिबद्दता जनाउँदै त्यस क्षेत्रका जनसमुदायको सहयोगका लागि यसको आबस्यकता रहेको बताउनु भयो। उदघाटन समारोहमा ३०० भन्दा बढीको संख्यामा स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो।

CPA बिराज रिजालले अमेरिकामा सन् २००१ देखि Accounting र Tax सम्बन्धि सेवा पुर्याउँदै आउनु भएकोछ। CPA रिजालले अमेरिकी विश्वबिद्यालय Southern New Hampshire University, Manchester, NH बाट Accounting मा Outstanding Student को प्रमाणपत्रसहित स्नातकोत्तर डिग्री (MS Degree)  हासिल गर्नु भएकोछ।

उहाँले नेपाली समुदायकोलागि ट्याक्स र एकाउन्टिङ सम्बन्धी आबस्यक पर्ने सल्लाह, सुझाबहरु नि:सुल्क उपलब्ध गराउनुका साथै न्यूनतम शुल्कमा ट्याक्स र एकाउन्टिङ सेवा उपलब्ध गराउनु हुन्छ ।

थप जानकारीकालागि TaxRaja Associates को वेब साइटमा जानुहोस्:
www.TaxRaja.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक