20100201

सुजाताले माकुनेलाई लैजालिन कि आफै जालिन, राजनीतिक धुर्बीकरण तिब्र बन्दैछ, गिरिजा एकातिर अरु अर्को तिर, प्रचन्डको दौडधुप

नेपाली कांग्रेस सरकारको विकल्पमा जानुभन्दा सुजाता कोइरालालाई फिर्ता बोलाउनुपर्ने पक्षमा देखिएको छ । पार्टी र संसदीय दलमा नेतृत्वकर्ता सुजाता र मन्त्रीहरूको प्रभावकारिताबारे बारम्बार आलोचना हुँदा पनि कार्यशैलीमा फेरबदल नआएको भन्दै त्यसको दोष प्रधानमन्त्रीलाई लगाएर सरकारको विकल्प नखोज्न पार्टीभित्र दबाब परेको हो । वरिष्ठ नेता शेरबहादुर देउवा, कार्यवाहक सभापति सुशील कोइराला र दलका नेता रामचन्द्र पौडेल सरकार परिवर्तनको पक्षमा देखिएका छैनन् । सुशील पछिल्लो समयमा सभापति कोइराला नजिक छन् । उनले पनि सरकार परिवर्तन गर्न नहुने सुझाव सभापतिलाई दिएको........
स्रोतले बतायो । सरकार परिवर्तनको प्रस्ताव 'माओवादीको जाल' मान्दै त्यसमा नफस्न नेतृत्वलाई दबाब दिन थालेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले कोइरालालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि सरकार परिवर्तनको बहस सुरु भएको हो । लगत्तै सुजाताले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने अभिव्यक्ति दिन थालेकी हुन् । 'सभापति कोइराला र सुजाता सरकार परिवर्तन चाहन्छन्,' एक पदाधिकारीले कान्तिपुरसँग भने, 'दलमा सुरु बहस सुजातालाई फिर्ता बोलाउन नसक्नु आक्रोश हो ।' उनले माघ २५ मा बोलाएको दलको बैठकमा सरकार परिवर्तनबारे नभएर पार्टीको नेतृत्व र तिनको प्रभावकारिताबारे छलफल हुने पनि दाबी गरे । कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले माओवादीबाट कोइरालालाई प्रधानमन्त्रीको प्रस्ताव आउनु नयाँ घटना नभएको बताए ।

'माओवादीले साँच्चिकै सहमतिको राष्ट्रिय सरकार चाहेको हो भने व्यक्तिको विषयमा नबोलेर कांग्रेसको नेतृत्व स्वीकार गर्ने संस्थागत निर्णय गरोस्, त्यतिबेला कांग्रेसले पुनर्विचार गर्न सक्छ,' केसीले भने, 'होइन भने यो प्रस्ताव विभाजन पारेर खेल्ने रणनीतिक योजना मात्र हो ।' जिल्ला दौडाहा गरिरहेका वरिष्ठ नेता शेरबहादुर देउवालाई पनि सरकारको विकल्प मन परेको छैन । विगतमा कांग्रेस नेतृत्वले माओवादीसँग 'अनुचित सम्झौता गरेकाले' पार्टीको हैसियत खुम्चेको निष्कर्ष पार्टीभित्र उठेको छ । देउवाले आइतबारै वीरगन्जमा यही सरकारकै निरन्तरता कांग्रेसले चाहेको बताए ।

'सरकार धेरै फेर्दा राम्रो सन्देश जाँदैन र मुलुक अस्थिर भइरहन्छ,' उनले भने, 'बरु माओवादी यही सरकारमा सहभागी होस् ।'महामन्त्री विमलेन्द्र निधिले त सरकार परिवर्तन गर्नुपर्छ भनेर अभिव्यक्ति दिएकी सुजातासँग पार्टीमा स्पष्टीकरण सोधिने बताएका छन् । 'प्रधानमन्त्री र सरकारसँग असन्तुष्ट भए राजीनामा दिनुपथ्र्याे या पार्टीमा छलफल हुनुपथ्र्यो,' निधिले भने, 'अहिले कांग्रेसको एजेन्डा शान्ति र संविधान निर्माण हो, सरकार परिवर्तन कदापि होइन ।'

कांग्रेस केन्द्रीय समिति र संसदीय दलले वर्तमान सरकारको निरन्तरताका लागि यसअघि दुई पटकसम्म निर्णय लिएको छ । सभापति कोइरालाको एक्लो चाहनाका कारण सरकार परिवर्तन हुनेसम्मको आशंका उब्जन थालेपछि कांग्रेसले विधानमा नै सरकार परिवर्तन र सहभागितासम्बन्धी नीतिगत पार्टी केन्द्रीय समितिले गर्नुपर्ने प्रावधानसमेत उल्लेख गरिसकेको छ ।

'पार्टीको केन्द्रीय समिति र संसदीय दल सरकार परिवर्तन गर्ने पक्षमा पटक्कै छैन, राष्ट्रिय सरकार बनाउने हो भने माधव नेपालकै नेतृत्वमा हुनुपर्छ भन्ने हाम्रो स्पष्ट अडान हो,' कांग्रेस संसदीय दलका प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेले भने, 'सरकारमा सहभागी नहुने हो भने पनि माओवादीको नेतृत्वमा कांग्रेसले प्रतिपक्षमै बसेर शान्ति प्रक्रिया र संविधान निर्माणमा सहयोग गर्ने जुन प्रतिबद्धता जनाएको थियो, त्यस्तैगरी माओवादी पनि तयार हुनुपर्छ ।' उनले सरकार परिवर्तनको खेलमा लाग्ने हो भने समयसीमाभित्र संविधान लेखन र शान्तिप्रक्रिया असम्भव हुने बताए ।-कुलचन्द्र न्यौपाने

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक