अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरले बिहीबार नेपाली जनताका नाममा खुलापत्र सम्प्रेषित गर्दै नेपालको वर्तमान राजनीतिक गतिरोध र शान्ति प्रक्रियाको सुस्त प्रगतिप्रति चासो र चिन्ता प्रकट गर्नुभएको छ।
संविधानसभाले मननयोग्य प्रगति गरेको छ भन्ने सुनेकोमा आफू हषिर्त भएको उल्लेख गर्दै पत्रमा उहाँले समयसीमाभित्रै प्रजातान्त्रिक, समावेशी तथा बृहत्तर रूपमा स्वीकारयोग्य संविधान निर्माण गर्न नेपालका राजनीतिक नेता तथा संविधानसभा सदस्यहरूलाई आफ्ना......
प्रयासहरूलाई दोब्बर बनाउन प्रोत्साहित गर्छु भन्नुभएको छ। हालैका दिनमा निर्माण गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्र र राजनीतिक नेताहरूबीचको वार्तालाई सहयोग पुग्ने वर्तमानका प्रयासहरूबाट आफू उत्साहित भएको र यी वार्ताहरूले शान्ति प्रक्रियालाई पुनः मार्गमा ल्याउनेमा आशावादी भएको उहाँले उल्लेख गर्नुभएको छ।
माओवादी लडाकूहरूको समायोजन तथा पुनः स्थापनाका लागि सरकारको भर्खरै प्रस्तावित कार्ययोजना स्वागतयोग्य भएको उल्लेख गर्दै उहाँले दलहरू यस मुद्दामा राजनीतिक सहमतिमा पुग्न सक्षम हुने विश्वास व्यक्त गर्नुभएको छ। अयोग्य माओवादी लडाकूहरूको जारी बहिर्गमनका लागि उहाँले सरकार, एनेकपा माओवादी र संयुक्त राष्ट्रसंघलाई बधाइ ज्ञापन गर्नुभएको छ।
शान्ति प्रक्रिया तथा संविधान मस्यौदालाई अघि बढाउननेपालका सबै राजनीतिक नेताहरूलाई एउटा सहमतिमा पुग्न आग्रह गर्दै उहाँले सबै पक्षहरूले उत्तेजक आलोचना तथा कार्यहरू रोकेर नेपालको ऐतिहासिक शान्ति प्रक्रियाको मार्गदर्शक दस्तावेजमा समाहित शान्ति प्रजातन्त्र न्याय मानवअधिकार, कानुनको राज्य तथा प्रेस स्वतन्त्रताका सिद्धान्तहरूमा र्फकनुपर्नेमा जोड दिनुभएको छ।
सन् २००५ देखि नेपालका नेताहरूले शान्ति तथा प्रजातन्त्रको महान् सिद्धान्तलाई आत्मसात् गर्दै अप्ठयारा निर्णयहरू गरेको आफूले देखेको स्मरण गर्दै कार्टरले यो घडीमा पनि उहाँहरूसँग त्यो शक्ति र साहस हुनेमा आफू विश्वस्त भएको उल्लेख गर्नुभएको छ। दिगो शान्ति र समृद्धिको मार्गमा रहेका नेपाली जनताको र्समर्थनमा आफू प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभएको छ।
पत्रकारिता र मेरो अनभव
- सन्तोष न्यौपाने, वेल्जियम
करिब चार वर्ष अघिको कुरा जुन समयमा म पत्रकारितामा बामेसर्दै थिएँ ।मेरो रुचि अनुसार वुटवलमा नेपाल प्रेस इन्स्टिच्युट बाट संचालित तिनमहिने पत्रकारिता तालिम मा समावेश भएँ । तालिम तिन महिनाको भएपनिम लगायत अन्य साथिहरुको लागि सो तालिम महत्वपूर्ण रहेको थियो ।तालिम सगंसगै स्थानिय पत्रिकामा रिपोर्टिगं गर्न थाल्नुले म मा थप उर्जा प्रदान गर्ने काम गरेको थियो ।
वुटवलमा सो समयमा नया नयाँ पत्रिका र एफ एम को आगमन सँगै हामी जस्ता नव पालुवाहरुलाई स्वागतगरेको थियो । त्यसै क्रममा भर्खरै मिडियामा नयाँ स्थान ओगटेको तिलोत्तोमा दैनिकसगं म आबद्ध हुन पुगे ।मिडियामा प्रवेश का शुरुका तिन महिना मेरो लागि समाचार फिचर लेख्ने नौलो अभ्यास बन्यो । साधारणदिनहरुमा केहि पनि नदेख्ने मेरा नजरहरुले पत्रकार बनिसकेपछि ठाउँ ठाउँमा समाचार देख्ने र खोजिपत्रकारितामा कलम चलाइहाल्ने नौलो परिवर्तन रहेको थियो । जुन कुरा म जस्ता भर्खरै बामे सर्दै गरेकापत्रकार साथिहरुको लागि शुसिको विषय रहेको थियो । सोहि क्रममा एउटा असल पत्रकारमा हुनुपर्ने गुणहरुसमाचार लेख्दा ध्यान दिनुपर्ने कुराहरु समय सँगै सिक्दै गएको थिएँ ।
भनिन्छ तरबार चलाउने काम भन्दा कलम चलाउने ब्यक्ति बढी सतर्क भएर अघि बढ्नु पर्दछ । गलत कलमचलाएकै भरमा कतिपय पत्रकार साथिहरु पलायन पनि भएका छन । समाचार सही गलत नछुट्याइप्रकाशित गरेको समाचारको भरमा पत्रकारले राजिनामा समेत दिनुपरेको थियो । मैले थाहा पाए अनुसारविगतमा कान्तिपुर दैनिकका सम्पादक रहेका युवराज घिमिरे कुनै गलत समाचार प्रकाशित गरेकै कारण सोस्थितिमा परे । उनि गलत थिएनन तर उनलाई समाचार दिने ब्यक्ति गलत रहेको थियो ।
समाचार लेख्ने क्रमसगै धेरै साथिहरु सगं सम्पर्क बढदै गयो । जसमा राण्ट्रिय स्तरका पत्रिका का सम्पादकतथा संवाददाताहरु सगं रहेको थियो । जसले त्यो बेलामा हाम्रो प्रसंसक बनेर थप हौसला प्रदान गर्ने कामगरेका थिए । समयसगंै लिएका विभिन्न शान्ति तथा द्धन्द निरुपण , भ्रष्टाचार रिपोर्टिगं , एड्स रिपोर्टिगंफिचर लेखन तथा जातिय विभेद उन्म�लन जस्ता पत्रकारिता तालिमहरुले मेरो पत्रकारिताको कलमलाईतिखार्ने थप मौका दियो ।
मिडियामा काम गर्ने सिललिामा मा कहिलेकाहि समाचार को नै खडेरी लाग्ने गर्दथ्यो । सो समयमिडियमक्रमि साथिभाइहरु सगं भलाकुसारि गर्नु र आ आफुले काम गर्ने मिडियाको कमि कमजोरीऔल्याउनु हामिमाझ थकाइ मेटाउने विषय हुन्थ्यो ।
नेपालमा पत्रकारिता गर्दै गरेको म आज एकाएक बेल्जियममा छु। नेपालमा जस्तै यहा प्रत्येक ठाउँ ठाउँमासमाचार देख्ने मेरो आखाले टिप्नको लागि समय नै पाएको छैन । बरु मेरो शैक्षिक बिदामा पर्ने समसामयिककार्यक्रम को समाचार ओगटने गरेको छु। युरोप को ब्यस्त समयको कारण खोजी समाचार त मेरो लागियहाँ अलि टाढाको विषय बनेको मैले अनुभव गरेको दुखद पक्ष रहेको छ । तापनि समय अनुकुल मैले लेख्नेगरेका समाचारहरुको कारण हिजोको समयमा काम गर्ने मिडियमले छ महिना सम्म् तलब नदिदा पत्रकारितागर्दिन भन्ने गरेको म आज यहाँ पनि यसको रसमा मस्त हुनु अर्का सुखद पक्ष हो ।
प्रवाशमा रहेरपनि यहाँका गतिविधिहरु नेपालका संचार माध्यममा प्रेसित गर्न पाउनु आफैमा शुसीको कुरारहेको छ । हिजो संवाददाता बनेर समाचार को लागि हिडने गरेको म आज सम्पादक बनेको छु । दैनिकतिनवटा अनलाइन साइटमा समाचार सम्पादन गरेर अपडेट गर्दा समाचार लेख्न जति सजिलो हुन्छ त्यतिकाटछाट गर्न हुने रहेछ भन्ने कुरा मैले बुझेको छु ।
मैले पत्रकारिता थाल्दा अनलाइन पत्रिका एफ एम रेडियो हरु कम मात्रामा थिए । त्यस बेला अनलाइन खबरमात्र अनलाइनमा लोकप्रियता कमाएको अनलाइन थियो । त्यसमा प्रकाशित समाचार फोटोहरु मोफसलकापत्रकारका खुराक हुने गर्दथे । तर आज यसको संख्यामा वृद्धि हुँदै गएको छ । गाउ गाउमा एफ एम हरुघन्किन थालेका छन । आज सुचना बाट कोहि पनि बञ्चित हुनुपरेको अवस्था छैन । समाचार को प्रतिशप्रधारहेको छ ।
यसै क्रममा प्रवाशबाट निस्कने धेरै अनलाइनहरु को समाचार पढने मेरो बिहान साझ को स्टिन नै बनेको छ ।जति अनलाइन हेर्ने गर्दछु कम मात्रा ले मात्र गुणस्तरिय समाचार प्रदान गर्ने गरेका छन् । धेरै जसोअनलाइनले समाचारलाई सम्पादन नगरी सिधै अपडेट गर्दा त्यसो हुन गएको मैले ठानेको छु। जसले गर्दापाठक वर्गमा खल्लो महसुस गराएको छ । प्रत्येक देश बाट संचालन हुने अनलाइन पत्रिकाहरुले सो देशमैरहेका नेपालीका राम्रा कुराहरु तथा विभिन्न समस्याहरुको समाधान तथा खोजी समाचार दिन सकेमाप्रवासको अनलाइन पत्रकारिताले नौलो आयाम थप्ने मा दुइ मत छैन ।
पत्रकार बन्न सजिलो छ तर कलम तिखार्नलाई गाह्रो रहेको छ । एउटा समाचारले पाठकलाई सन्तुष्ट प्रदानगर्न सकेन भने त्यसमा स्वयं आफ्नो कमजोरी ठान्नुपर्दछ । तर अधिकांश अनलाइनमा प्रकाशित स्थानियसमाचारहरु कार्यक्रम विशेष नै हुने गरेका छन । यहाँ पत्रकारितालाई पेशा बनाइ काम गर्ने को संख्यामाभएको कमिले गर्दा यस्तो कमिकमजोरी भएको हुनसक्छ । फिचर समाचार एकदम कम मात्रामा पढनु सपना देख्नु सरह भएको छ । विभिन्न देशबाट प्रकाशित हुने गरेका अनलाइन पत्रिकाहरुको एउटै समस्यापत्रकारिता सम्बन्धि ज्ञान र तालिमको कमि हुनु हो । जसमा प्रो एक्टिभ पत्रकारिताको खाँचो रहेको छ ।यसतर्फ सबै प्रवासी पत्रकार साथिहरुले ध्यान दिनु जरुरी रहेको छ ।
आज नेपाल पत्रकार महासघंले पनि विभिन्न देशहरुमा गई शाखा खोल्ने गरेको छ । १२ जनाको सदस्यपुग्नासाथ शाखा खोल्ने भन्ने सुन्नमा आएको छ । तर यस सवालमा पनि महासघंले केही सोच्नुपर्ने देखिन्छ। कस्तो ब्यक्तिलाई पत्रकारको मान्यता दिने उसको दक्षता योग्यता र अनुभव सम्पूर्ण कुराहरु गरेर मात्रमान्यता दिनु उत्तम हुनेछ । पत्रकार र पत्रकारिता को मर्म लाई बझ्नु जरुरी रहेको छ । अन्यथा राजनैतिकपार्टिको साधारण सदस्यता बाँडे जस्तो पत्रकारको सदस्यता बाँडने काम नहोस ।
मेरो सानो आफ्नै अनुभव र विचार हो । मेरो विचार कतिपय पाठक वर्गलाई नपच्न पनि सक्दछ । तथाप्रवासमा रहेका अनलाइन संचालक लाई चित्त नवुझ्ला । तथापि वास्विकता पनि यहि हो भन्ने मैले महसुसगरेको छु। कुनै प्रतिक्रियाहरु भए मेरो मेल ठेगानामा प्रेसित गर्नुहोला ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक