20100205

माओवादीका वरिष्ठ उपाध्यक्ष वैद्यले लाजै नमानेर भने "हामीले पहिला किन हतियार बुझाउने ?"

माओवादी अझै पनि बन्दुकका भरमा जनता त्रसाउन चाहन्छ !!!
 एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले उच्चस्तरीय राजनीतिक संयन्त्र समग्र पावर सेन्टर भएकाले यससँग सरकार परिवर्तन गर्न सक्ने हैसियत रहेको बताए । काठमाण्डौमा आयोजित एक साक्षात्कार कार्यक्रममा उपाध्यक्ष वैद्यले संयन्त्रमा रहेका कांग्रेश   सभापति गिरिजाप्रसाद कोइराला माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनाल मुख्य तीन दलका सर्वोच्च नेता भएकाले यसलाई समग्र पावर सेन्टर भन्नु उपयुक्त हुने धारणा राखे । हतियार बुझाएपछि संविधान बनाउने सोच सेना समायोजनको बाधक ....
भएको वैद्यले बताए । 'पहिले सेना समायोजन अनि संविधान निर्माण भन्नु गलत हो दुवै काम सँगसँगै हुन्छ'- उनले भने - 'हामी किन हतियार बुझाउने, पहिला  सेना समायोजन गरेर संविधान बनाउँदा इतिहासमा धोका भएका छन् ।'माओवादी सेनालाई प्राविधिक दृष्टिले उच्च बनाउने र नेपाली सेनालाई लोकतान्त्रिकरण गर्नुपर्ने खाँचो उनले औंल्याए । सेना समायोजनअघि सैनिक नीति बन्नुपर्ने उनको तर्क थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक