20100211

घाँटी रेटी एकै परिवारका ४ को पाल्पामा हत्या, खजुराका एक व्यवसायीको गोली हानी हत्या !

Breaking News...
अज्ञात समूहले खजुराका एक व्यवसायीको बुधबार राति गोली हानी हत्या गरेको छ। खजुरा बजारमा होटल व्यवसाय सञ्चालन गरिरहेका पूर्वमाओवादी कार्यकर्ता प्रकाश श्रेष्ठको गोली हानी हत्या गरिएको हो। होटल बन्द गरी वागेश्वरी-२ स्थित घर जाँदै गरेका ४५ वर्षीय श्रेष्ठलाई मोटरसाइकलमा आएका दुई नकावधारीले घरदेखि ५ सय मिटरनजिक गोली हानेका थिए। प्रहरीका अनुसार कन्चटमा गोली लागेका उनको स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको थियो। संकटकालका बेला माओवादीमा सक्रिय श्रेष्ठ सेनाको चरम निगरानीपछि बिदेसिएका थिए। नक्कली नाममा बिदेसिएका उनी स्वदेश फर्किएपछि माओवादीसँग आर्थिक मामिलामा अन्तरविरोध आएको भन्दै दूरी बढाएका थिए। उनको हत्यामा कसको संलग्नता छ भन्नेबारे यकिन जानकारी नआएको बाँके प्रहरीले.......
जनाएको छ। प्रधानमन्त्री माधवकुमार नेपालसहित आधा दर्जन मन्त्रीहरूको सुरक्षामा खटेको प्रहरी घटनापछि खजुरा क्षेत्र नाकाबन्दी गरी अपराधीको खोजीमा सक्रिय भएको छ। बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले घटनामा संलग्नहरूको चारैतिर नाकाबन्दी गरेर खोजी भइरहेको राति अबेर जानकारी दिए।

पाल्पाको ठिमुरे गाविस-१ बुढीचौरमा एकै घरका ४ जनाको अज्ञात समूहले खुकुरी हानी हत्या गरेको छ। २७ वर्षीया तुलसा घर्ती र उनका ६ वर्षीया छोरी सन्ध्या र ५ वर्षीय छोरा सञ्जीवको हत्या भएको छ। छोरी भेट्न आएकी तुलसाकी आमा ५५ वर्षीया यम कुमारी बगालेको समेत हत्या भएको छ। गाउँलेले हत्या मंगलबार राति भएको बताएका छन्। प्रहरीले भने २७ गते बेलुकामात्रै खबर पाएको थियो। प्रहरी नायब उपरीक्षक पवनकुमार गिरीको नेतृत्वमा टोली बुधबार राति घटनास्थल पुगेको थियो। छिमेकी पदमा बगालेका अनुसार मंगलबार राति झरी परेकोले उनीहरु ७ बजे नै खाना खाएर सुतेका थिए। "अर्को दिन दिउँसो अबेरसम्म घरका मान्छे देखिएन। गोठका वस्तुभाउ कराएका थिए," पदमाले भनिन्, "ढोकामा बाहिरबाट ताला लगाएकोले बाहिर कतै गएका रहेछन् भन्ने लख काट्यौं।"

बेलुका अबेरसम्म पनि घरमा मान्छे नदेखेपछि शंका लागेर छिमेकीले घरभित्र नियाल्दा लाश देखेर ढोका उघारेका थिए। छिमेकी पार्वती पौडेलले घरको तल्लो तलामा तीनजना र माथिल्लोमा एकजनाको लाश देखेको बताइन्। उनका अनुसार छोरी सन्ध्याको घरको आँटीमा लाश थियो भने बाँकी सबैको भूँइतलाको एकै कोठामा लाश थियो। प्रहरी नायब उपरीक्षक गिरीले केही गहना लुटेर हत्याराहरु फरार भएको हुनसक्ने बताए। "हत्या गर्नुको अरु आन्तरिक कारण भए अनुसन्धानबाट थाहा लाग्ला अहिले नै भने केही गहना लुटेको हुनसक्ने अनुमान गर्न सकिन्छ।" प्रहरीका अनुसार चारैजनाको घाँटी रेटेर हत्या गरिएको छ। तुलसाका श्रीमानको मृत्यु भइसकेकोले परिवारमा तीनजना मात्रै बस्दै आएका थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक