20100226

नाक कोट्याउदै प्रचन्डले यसो भने ...!

माओवादी अध्यक्ष पुष्पकमल दाहालले साम्यवादको लक्ष्य पूरा नहुन्जेल क्रान्तिलाई जारी राख्ने बताएका छन् । बलिदान दिवस र सहिद सप्ताह प्रारम्भ भएको घोषणासहित शुक्रबार जारी विज्ञप्तिमा दाहालले साम्यवाद आएपछि मात्रै सहिदहरूको सपना पूरा हुने जनाएका छन् । 'तत्कालीन रूपमा जनताको संघीय गणतन्त्रात्मक स्वाधीन, शान्त र समृद्ध नयाँ नेपालको निर्माण गरी दीर्घकालीन रूपमा निरन्तर ....
_________________________________
-बिनोद न्यौपाने  
के के हराये जस्तो हुने; बन्द भएन भने ,
पार्टीहरुको चर्तिकला नसुने ,
गिरिजा बाबु सुजाता को बारे नबोले,
बिजुली दिनभरी आयो भने ,
प्रचन्ड अन्टम् सन्टम् नबोले,
चोर् अाम्लो ठद्याइ ठद्याइ माधव नेपाल न कुर्ले ,
धारा मा पनि आयो भने ,
केटा केटी अन्गालो मार्दै कुनो काप्चा मा नभेटिये,
भस्टाचर् , घुस्खोरी , एक्सिडेन्ट का समाचार नसुने ।
कस्तो कस्तो हुने ? आँफै आँफै भित्र हराको हुने ?.....

क्रान्तिमार्फत' दाहालले भनेका छन्, 'समाजवाद हुँदै साम्यवादसम्म अगाडि बढेर हामीले सहिदहरूको सपना पूरा गर्न सक्छौं ।' माओवादीले फागुन १४ लाई बलिदान र एक सातासम्म सहिद सप्ताह दिवस मनाउने तयारी गरेको छ । सहिद सप्ताहको कार्यक्रमसमेत शुक्रबारदेखि सुरु भएको दाहालले जनाएका छन् । ०५२ मा गोरखाका ११ वर्षिय दिलबहादुर रम्तेलको सम्झनामा माओवादीले बलिदान दिवस मनाउने निर्णय गरेको हो । दाहालले झापा क्रान्तिदेखि जनयुद्धको क्रममा साहदत सहिदहरूको सम्झना गर्दै भनेका छन्, 'हामी बाँचेकाहरूले क्रान्तिको बाटोमा नलडखडाई डटिरहेर र आफ्नो भागमा आइपर्दा बलिदानीको कोटा चुक्ता गरेर साँचो अर्थमा सहिदको सम्मान गर्न सक्छौं ।' उनले 'न सास, न लास' को स्थितिमा बेपत्ता पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूको स्थिति सार्वजनिक गर्न पनि माग गरेका छन् ।   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक