20100226

अहपरणकारी र प्रहरी बीच गोलि हानाहान

सिरहाको धनगढीमा बिहीबार राती साढे ८ बजे प्रहरी र अपहरणकारी बीच दोहोरो गोली हानाहान भएको छ । वडा प्रहरी कार्यालय लाहानबाट गस्तीमा खटिएको प्रहरी टोली र अपहरणकारीहरु गोली हानाहान भएको हो । सिरहाको गाढाबाट अपहरित शम्भु गुप्ताको परिवारसँग फिरौतिको लागि कुराकानी गरिरहेको सुचनाका आधारमा प्रहरी टोली गस्तीमा गएको थियो । प्रहरीमाथि अपहरणकारीहरुले गोली चलाएपछि जवाफी फायरिङ गरेको प्रहरीले जनाएको छ । लहानका प्रहरी निरीक्षक विपीन रेग्मीकाअनुसार प्रहरीमाथि गोली चलाउनेहरु भाग्न सफल भएपनि त्यसमा संलग्न चार जनालाई भने प्रहरीले पक्रेको छ । पक्राउ पर्नेहरुमा धनगढी गाविस निवासी २० बर्षीय विजयकुमार महतो, ५० बर्षीय महेन्द्र भगत, २७ बर्षीय रामसुफल महतो र लहान नगरपालिका- २ निवासी २३ बर्षीय गङ्गाराम यादव रहेका छन् । गाढा गाविस- १ का ५० बर्षीय शम्भु गुप्तालाई फाल्गुन १० गते राती घरमा सुतिरहेको बेला हतियारधारी समुहले अपहरण गरेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक