20100223

दरबार हत्याकण्डको छानविन गर्न चुनौती

'ज्ञानेन्द्रले दाजु मारे भनेर जनतामा भ्रम छर्ने नेता अहिले सरकारमा छन्। उनीहरुले दोषी पत्ता लगाए हुन्छ,'

राप्रपा नेपालका अध्यक्ष कमल थापाले दरबार हत्याकण्डको छानविन गर्न सरकारलाई चुनौती दिएका छन्। 'ज्ञानेन्द्रले दाजु मारे भनेर जनतामा भ्रम छर्ने नेता अहिले सरकारमा छन्। उनीहरले दोषी पत्ता लगाए हुन्छ,' सिंहदरबार घेराउ कार्यक्रमपछि आयोजित आमसभामा बोल्दै उनले भने। थापाले आफ्नो दलले आह्वान गरेको बन्दलाई सफल पारेर उपत्यकाबासीले अभिमत दिएको बताए। उनले माधव नेपाल सरकारलाई राप्रपा नेपालले दिएको समर्थनबारे पुनर्विचार गर्ने समय आएको उल्लेख गरे। 'यो इतिहासमै असक्षम सरकार सावित भयो', उनले भने- 'यो सरकारको दिन गन्ती सुरु भएको छ।' अध्यक्ष थापाले हिन्दू राज्य र राजसतन्त्र बारे जनमतसंग्रहबाट निर्णय लिनुपर्ने माग दोहोर्‍याए।  जनआन्दोलनका सम्बाहक दलहरु शान्ति र संविधान निर्माणप्रति इमान्दार नभएको आरोप लगाउँदै उनले मुलुक गृहयुद्धतर्फ लम्कने खतरामा रहेको उल्लेख गरे। 'कांग्रेस,माओवादी,एमाले मिलेर असंवैधानिक रुपमा संविधानसभाको म्याद थप्ने षड्यन्त्रमा छन्,'....
उनले भने- 'असंवैधानिक रुपमा संविधानसभाको म्याद थपे जनतालाई त्यो स्वीकार्य छैन।'

दुई वर्षमा ६० अर्ब रुपैयाँ शान्ति र संविधान निर्माणको नाउँमा खर्च भएको उल्लेख गर्दै थापाले त्यसको खर्च विवरण जनताले पाउनुपर्ने बताए।

राप्रपा नेपालका नेताहरुले राष्ट्रियताका लागि हतियार उठाउने चेतावनी दिएका छन्। सिंहदरबार घेराउ कार्यक्रमपछि अहिले वसन्तपुरमा आयोजित आमसभामा बोल्दै पार्टीका युवा नेता राजेन्द्र लेङ्देनले राष्ट्रिय स्वार्थका लागि हतियार उठाउन तयार भएको बताए। सभालाई सम्बोधन गर्दै राप्रपा नेपालकी सभासद कुन्ती शाहीले पनि हतियार उठाउने चेतावनी दिइन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक