20100206

सेना समायोजनपछि संविधान जारी गर्ने निर्णय आफूहरूलाई कदापि मान्य नहुने : प्रचण्ड

नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेना समायोजनपछि संविधान जारी गर्ने निर्णय आफूहरूलाई कदापि मान्य नहुने बताउनुभएको छ। नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको आयोजनामा शुक्रबारदेखि भैरहवामा शुरू भएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै उहाँले सेना समायोजन र संविधान निर्माण अभिन्न अंग भएकाले सँगसँगै हुनुपर्ने जिकिर गर्नुभयो। ‘क्यान्टोनमेन्ट खाली गरेर संविधान जारी गर्ने भनाइभित्र ठूलो षड्यन्त्र छ, हामी त्यो कदापि मान्नेवाला छैनौं,’ प्रचण्डले भन्नुभयो- ‘साँच्चै संविधान बनाउने हो भने सेना समायोजन र संविधान लेखन प्रक्रियासँगै एकसाथ..........
लैजानुपर्छ।’

दलहरूमा इच्छाशक्ति हुने हो भने जेठ १४ भित्र संविधान जारी गर्न र सेना समायोजन गर्न सकिने दाबी गर्दै प्रचण्डले दुई विषयलाई अलग गरेर अघि बढ्न खोजे दुर्भाग्य निम्तिने चेतावनी दिनुभयो।

जेठ १४ मा संविधान जारी गर्न नसके दलहरूको सहमतिमा समय थपेर भए पनि जनताले अपेक्षा गरेअनुरूपको संविधान जारी गर्नुपर्ने प्रचण्डको भनाइ थियो। उहाँले भन्नुभयो- ‘हिजो संविधानसभा नै नचाहने तत्त्वहरू आज जेठ १४ मा संविधान बनेन भने आकाशै खस्छ र धर्ती नै भासिन्छ जस्तो गरेर जनतालाई आतंकित गराइरहेछन् तर आत्तिइहाल्नुपर्ने अवस्था छैन, कुनै न कुनै विकल्प खोज्नुपर्छ।’

दलहरूको ध्यान समयमै संविधान बनाउनेमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै प्रचण्डले कोसिस गर्दागर्दै हुन सकेन भने विकल्पहीन बस्न नहुने धारणा राख्नुभयो। संविधान निर्माण र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउनुको विकल्प नभएको भन्दै उहाँले अहिले माओवादीको मुख्य ध्यान यसैमा रहेको स्पष्ट पार्नुभयो।

गजल - बिकास बिष्ट, न्यूयोर्क अमेरिका

छाती आमाको चिरा नपार
रगत सिवाय बग्या के छ र
नजर आमाको नियाली हेर
आसुँ सिवाय बग्या के छ र ।

हरपल उन्को मुटु नखाउ
साँध सिमामा किल्ला ठोकेर
थोरै माया छ भने देखाउ
सम्मान देउ शिरमा राखेर ।

नचुडिदेउ नशा ऊनको
अबिरल बग्नदेउ मुटुमा
गर्धनमा खुकुरी नताकिराख
आसुँको भेलले पुरियाउला घाटमा ।

सयथरी फूलको माली हुन उनी
तेतिनै बासना छर्किन सक्छिन
सयथरी भाषा जान्दछीन् उनले
सन्तानका स्वोर राम्ररी बूझ्दछिन ।

सुन्दर यो सानो फूलबारीका
गमलाको भित्र फूलकिन सार्ने
सबै जात फूल फूल्नसक्छन
अनैको बगैचा किन चाहिने?

ईतिहास सम्झी कदम बढाउ
पुर्खाको काम्को सम्मान गरेर
आबेगमा तिमी बन्डा नगर
स्राप लग्ला उन्को मर्दन गरेर ।



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक