20100206

तपाईंहरु यूरोपको नाममा ठगिदै त हुनुहुन्न ?

- मित्रलाल पार्दे "हिमाल", सचिब्,एन आर एन पोल्याण्ड,
अध्यक्ष- अन्तराष्ट्रिय कलाकार मंच पोल्याण्ड शाखा


हेल्लो सर नमस्ते
अनि सर म बर्बाद भए
किन र ?
मलाई दलालले फसायो , ८ लाख ऋण गरेर आएको तर यहाँ काम पनि छैन उल्टै बाँच्न गाह्रो भएको छ । अब म कसो गरु ? कम्पनी छैन खाली कागजमा मात्र रहेछ तर यहाँ त कम्पनीको मान्छे नै छैन , कम्पनी नै छैन । अनि नेपालको एजेन्टले के भनेको ? सेन्जेन भिजा हुन्छ सेन्जेन भिजाले २७ देशमा गएर काम गर्न पाईन्छ कुनै समस्या हुँदैन । छ महिना पछी टि आर सी कार्ड पाईन्छ टि आर सी कार्ड लिएर जहाँ गएपनि हुन्छ । तर सर काम पनि छैन पैसा पनि छैन । के गर्ने हो ? केही सोच्न सकिरहेको छैन । " यी भनाई हुन् विदेश भनेर कमाउन हिडेका र पोल्यान्डमा ठगिएका नेपालीहरुका । मलाई फोन आउछ हरेक दिन यस्तै समस्याहरु लिएका नेपालीहरुका । अत नेपालमा बस्ने नेपालीहरु तपाईंहरु पोल्यान्डमा आउँदै हुनुहुन्छ भने कृपया नबुझेर नजानेर नआउनु होस् । धेरै नेपालीहरु ठूलो सपनामा भुल्दै गैह्र कानुनी रुपमा बस्न पनि बिबश छन् । कोही शरणार्थी भएर बस्न बिबश भएका छन् । अत तपाई पोल्याण्ड आउदा तपाईंहरुले पोल्यान्डको........
जानकारी लिनुहोस् , पोल्याण्ड मा बस्ने नेपालीहरुसँग सम्पर्क गर्नुहोस, एजेन्ट्को सत प्रतिसत विश्वाश नगर्नुहोस् ।
यहाँको कमाइ घन्टाको ६ ज्लोटी १ ज्लोटी =२६ अनि ८ घण्टा काम र हप्तामा ५ दिनको दरले हिसाब गर्नुहोस । यो देशको भिजाले मात्र अरु युरोपिएन देशमा जान पाइदैन । त्यस्को लागि सेन्जेन भिजा हुनुपर्छ । या त यहाँको टेम्पोररी रेसिडेन्ट कार्ड (टी आर सी ) हुनुपर्छ ।

पोल्याण्ड यस्तो देश हो जुन देशले दोस्रो विश्व युद्ध मा अत्यधिक पीडा भोगेको छ । जुन देशले युद्धको महाबिनाश भोगेको छ । जुन देशमा ७० लाख जनताहरु केही बर्षमै मारिए । जुन देशलाई रसिया र जर्मनीले टुक्रा टुक्रा पारेको थियो । यो देशले धेरै पीडा भोगेको देश हो । धेरै गरिबी भोगेको देश हो । धेरै भोकमरी बाट गुज्रिएको देश हो । तर जब १९९० मा लेचेक बल्च्वोरोस्कीले शक थेरापी लाइ प्रयोगमा लिए तब पोल्यान्डको आर्थिक अवस्था धेरै सुध्रदै गयो । उनको यस् प्रयोगले पोल्यान्डको अर्थतन्त्रलाई धेरै मज्बुत बनाउने काम गर्‍यो र पोल्यान्ड्को अर्थतन्त्र बजार अर्थतन्त्रमा परिणत भयो । पोल्याण्डले आजको समयमा धेरै प्रगति गरेको छ । जब यो देश २००४ मा इ यू मा प्रवेश गर्‍यो तब यसले धेरै प्रगति गर्दै गयो तै पनि धेरै बेरोजगारीको समस्या अहिले पनि भोगेको छ धेरै पोलिश युवाहरु नर्वे ब्रिटेन डेन्मार्क अमेरिका गएर काम गर्दछन ।


ई यू मा यो देश प्रवेश गरे सँगै यो देशमा धेरै नेपालीहरु आउने क्रम पनि बढ्यो । कतिले यसलाई युरोप छिर्ने माध्यम पनि बनाए । केही नेपाली बिद्यार्थीहरु छात्रविर्तीमा पनि पढ्न आए आज भन्दा ४ दशक झन्डै ४७ बर्ष अघि आएका नेपालीहरुमा श्री दुर्गा मास्के झन्डै २ दशक अघि डाक्टर बोध राज सुबेदी , डक्टर उदय राज आचार्य बिद्यार्थी बनेर यो देशमा प्रवेश गरी येही देशलाई कर्म थलो बनाउदै बसेका अग्रज हरु हामी सबै नेपालीहरुको आदरणीय व्यक्तित्व हुनुहुन्छ । १९९० को दसकमा राजु के सी , तेज नारायण अर्याल. दीपक सापकोटा जनार्दन सापकोटा जस्ता नेपालीहरु विभिन्न पेशा गरेर बस्दै आउनु भएको छ ।केही समय अगाडि नेपाली हरु आए तर उनीहरु कुनै काम को लागि दक्ष जनशक्तिको रुपमा आइ सम्बन्धित पेशामा काम गरी आफ्नो पहिचान बनाइ सकेको कुरालाई नकार्न सकिदैन ।

तर हालैका दिनहरुमा नेपालीहरु अन्धाधुन्द विदेश जाने सोच रहेको छ । परिणाम स्वरुप धेरै नेपालीहरु बिचल्लीमा परेका छन् । पोल्याण्ड आउने नेपालीहरु पनि हालैका दिनहरुमा धेरै ठगिएका छन् । धेरै नेपालीहरुलाई १००० ज्लोटी लाइ १००० डलर भन्दै झुक्काइरहेका छन् । तर यहाँ यूरो चलेको छैन यहाँ ज्लोटी चल्छ । यो देशको भिजा लगाउन भन्दा गाह्रो यहाँको टि आर सी कार्ड ( अस्थाई बसोबास कार्ड ) बनाउन धेरै झमेला छ । विद्यार्थीको हकमा बैंक ब्यालेन्स कम्तिमा १२००० (बाह्र हजार ज्लोटी ) ज्लोटी देखाउनु पर्ने हुन्छ । यहाँको भिजाले मात्र अरु देशमा जान पाइदैन । अरु देशमा जानको लागि या त सेन्जेन भिजा हुनुपर्‍यो या त यहाँको टि आर सी कार्ड हुनु पर्‍यो । उक्त कार्डले अरु सेन्जेन देशहरुमा तीन महिनाको लागि जान पाइन्छ तर अरु देशमा गएर काम गर्न कानुनी रुपमा पाउदैन । यदि काम गरेको भेटाएमा उक्त देशको कानुन अनुसार कारबाही गर्दछ ।
हामी नेपालीहरु जन्मैदेखि ऋणको माला लगाएर जन्मिएका छौ । हाम्रा सपनाहरु रंगिन हुन्छन सपनामा हराउदै हामी मक्ख पर्छौ । कसैले सपना बाटेमा हामी मक्ख हुन्छौ तर हैटिका घरहरु टुक्रिए झैँ हाम्रा सपनाहरु पनि टुकारिन्छन् । हामी नेपाली हरु आश्वासनमा धेरै विश्वाश गर्‍यौ । त्यसैले त हाम्रो नेपालमा धेरै अश्वासन बाट्दै कोही नेता बनेका छन् । कोही मन्त्रि बनेका छन् । खाली आश्वासनको पेटारो बोकाउन बानी परेका यी भ्रस्टहरु देश बिदेश घुमेर पनि अलिकति पनि देशलाई अगाडि बढाउन किन खोज्दैनन् । सबै मेरो गोरुको बर्है टक्का छ । देश अन्धकारको सम्राज्यमा फस्दैछ । हाम्रा देश चलाऊने ठेकेदारहरुले देश लीलाम गर्न खोजिरहेका छन् । आज हजारौ युबाहरु बिदेश पलाएन भएका छन् । वास्तवमा भन्ने हो भने कुनै पनि जनतालाई देश छोड्ने रहर हुँदैन । उ बिबस्ताले छोड्न वाध्य हुन्छ ।

हो अलिकति केही गरु भन्ने चाहना नेपालको अस्थीर राजनीती र वरिपरिका साथीहरु बिदेश गएर केही कमाएको देख्दा अवश्यपनि केही समय दु:ख गर्ने सोच लिएर नेपाली सोझा सिधा युबाहरु एजेण्टकहाँ पुग्दछन् तर कुनै कुनै एजेन्टहरुले सही जानकारी नदिदा धेरै नेपालीहरु बिदेशका गल्ली गल्लिमा अल्पत्र परेका छन् । फटाहा दलालहरुको कुरामा विश्वास गरी धेरै सपना बोकी बिदेश कमाउन हुइकिन्छन हाम्रा नेपाली युवाहरु त्यसो त राम्रो सुचना दिएर र सही ठाउमा पुर्याउने युवाहरुले राम्रो काम पनि पाएका छन् । हो अबस्य पनि त्यही बिदेशको गल्ली गल्लिमा घोटिएको पैसाले देश चलेको छ । तर त्यही बिदेश काम गर्न हिंडेका हजारौ नेपालीहरुको घरबार बिहिन भएको छ । हजारौं नेपालीहरुको जिन्दगी पनि बर्बाद भएको छ । आज यति समाचार र आज धेरै सुचनाका माध्यम हुँदा पनि बिदेश नबुझेर आउँदा वास्तवमा धेरै नेपालीहरुले दु:ख पाएका छन् ।

गाउघरका सोझा सिधा युवाहरुलाई शब्दजालको एम्बुसमा पारेर दलालहरुले धेरै ठगेका छन् । हामी ठगिनुमा हामीहरुको पनि केही भूमिका हुन्छ । अहिले धेरै युवाहरुलाई यूरोपको सपना देखाएर पोल्यान्डमा अल्पत्र पार्ने काम गरेक छन् नेपाली दलालहरुले । उनिहरुले छ लाख देखि आठ लाख लिएर मानब तस्कर गरिरहेका छन् । मानब तस्कर गर्ने हरुले रङिन सपना देखाइदिएर पोल्यन्ड्मा अल्पत्र पारीरहेका छन् । म पोल्यान्डमा बस्दा देखेको अनुभब यो हो कि गत बर्ष नेपालबाट २१ जना नेपालीहरु आए
उनिहरुको पनि कुनै दीर्घकालीन काम हुन सकेन । ऋणको बाध्यताले केही नेपालीहरु लुकेर अन्य देशमा गै लुकी लुकी जिन्दगीलाई हत्केलामा राख्दै काम गरेका छन् तर धेरै नेपालीहरुको जिन्दगी अल्पत्र भएको छ । कोही त जर्मनिमा नै पकडीईएका छन् कोही नेपालीहरु सम्बन्धित देशको कानुन अनुसार जेलमा पनि छन् । कोही नेपाली हरुलाई नेपाल फर्काइएको पनि छ । । म डेनमार्कमा बस्दा पनि नेपालीहरुको दुर्दशा देखेको थिए । नेपाली विद्यार्थीहरु लाखौ रुपैया कलेजलाई तिर्न पर्ने बिबशताले छट्पटाइरहेका पनि देखिन्थे । एक जना नेपाली बिद्यार्थीली त डेनमार्कमा आत्महत्या नै गरे । त्यो समाचारहरुमा आयो आएन तर वास्तविकता यो होकी नेपालीहरु जस्तोसुकै सम्पन्न देशमा गएपनि उनिहरुलाई हरेक तनाब छ । हामी नेपाली हरु आफ्नो देशको राजनीतिक अवस्थाले पनि बिदेश जान पाए हुदो भन्ने सोच्छौ । आजको युगमा केही कमाऊ र घर परिवारलाई सुख दिऊ भन्ने चाहना हुनु स्वाभाबिकै हो तर केही नबुझेर बिदेश हिंड्नु ठीक होइन ।


हुन त देशका युवाहरु ठगिनुमा नेपालको भ्रष्ट सरकार जिम्मेबार छ । नेपालको सरकारले बिदेश जाने नेपालीहरुको बारेमा कुनै चासो राख्दैन । खाली बिदेशमा गई कमाउने नेपालीहरुलाई मात्र मुल्याङ्कन गर्दछ तर बिदेशका शहरहरु जहाँका सडकहरूमा ठगिएका नेपालीहरुको क्रन्दन सुन्न सकिन्छ । बिदेशका क्वालालम्पुर जस्ता एअरपोर्टहरुमा ठगिएका नेपालीहरुको सुताइ देख्न सकिन्छ खुला आकाशमुनी जिन्दगीलाई तड्पाउदै बाचिरहेका छन् । ती ठगिएका नेपालीहरुको लागि बोलिदिने को त ?

किन कि उनिहरु आँफै ठगिएपछि आँफैलाई असहाय महसुस गर्दछन । न त उजुरी दिन सक्छन न त गुमेको घरबार फिर्ता लिन सक्छन् । बिदेश गएर पैसा तत्काल कमाइन्छ भनेर हचुवा भरमा दलालहरुलाई पैसा कुनै प्रमाणविना दिएका हुन्छन् । अनि जब बिदेश आउछन तब बल्ल ठगिएको महसुश गर्दछन् ।

यहाँ पोल्यान्डमा मैले देखेको वास्तविकता के हो भने धेरै नेपालीहरु ठगिएका छन् नेपालमा उनिसँग एउटा कुरा गरिएको हुन्छ तर यहाँ अर्कै हुन्छ । करीब २३ जना नेपालीहरुको कागजमा काम तर यहाँ कुनै काम नभएको कम्पनी नभएको र काम नपाएर तड्पिरहेछन् तर सबै वास्तविकता पनि भन्न डराइरहेका छन् । उनिहरु कामै नभएको अवस्थामा छन् । उनिहरु ठगिएका छन् तर पनि आफुलाई असहाय महसुस गरिरहेका छन् । यहाँ उनिहरुको भनाइअनुसार काम छैन नेपालबाट जुन कम्पनी भनेर आए त्यो कम्पनी नै छैन काम नपाएपछि तड्पिएर बाचिरहेका छन् कोही त नेपाल फर्कदै छन् । कति त नेपाल फर्किसके पनि ।

। गएको वर्ष केही नेपालीहरु पोल्यान्ड छिरे । धेरै नेपालीहरु पोल्यान्डबाट कता हराए कता मैले आज सुन्ने गरेको छु कोही युरोपका बिभिन्न देशहरुमा शरणार्थी बनिरहेका छन् रे । कोही नेपाल पठाइए रे । कोही गैह्र कानुनी रुपले अरु देशमा प्रवेश गर्दा त्यहाँको प्रशासनले पकडिएर आफ्नो देशको निएमनुसार कारबाही गर्दैछ रे कसैलाई अनुसन्धानको लागि जेलमा राखिएको छ रे । पोल्यान्ड आउन त सजिलो होला तर यहाँ आईसकेपछी यहाँ टिक्न धेरै गाह्रो छ । फेरि पोल्यान्ड सरकार बिदेशीहरुको लागि त्यति उदार पनि नभएको हुँदा पोल्यान्ड आउँदा हामीले एक पटक सोचेर आउने हो कि । केही दिन अघि पोल्यान्डबाट गएका केही नेपालीहरु जर्मनीमा जादा पकडिए अनि उनिहरुको बारेमा जानकारी दिनको लागि एन आर एन पोल्यान्डका अध्यक्ष श्री बोधराज सुबेदी लाई बोलाइयो र उहाले उनिहरु सँग भेट्घाट गरी जानकारी लिनु भयो र उनिहरुको अवस्थाको बारेमा जानकारी दिनु भयो ।


पोल्यान्ड आउने कोही नेपालीहरु इजराएलका दलालहरुबाट पनि ठगिएका छन् । कोही त मानसिक बिरामी भएर अस्पातलमा पनि भर्ना भएका छन् । फटाहा दलालहरुले नक्कली कागजपत्र बनाइ नेपालीहरुलाई बिजोग पार्ने काम गरेका छन् । यूरोप भन्दै फाल हाल्ने नेपाली परम्परा अनि लाख कमाइन्छ भन्दै घरबार बेचेर बेसूरसँग दलाललाई पैसा सुम्पने हामी नेपालीको पर्बिर्ती धेरै नेपालीहरु ठगिएक छौ । । केही बर्षा अघि सम्म पोल्यान्डमा नेपालीहरुलाई बिचल्ली पार्ने समस्या थिएन तर अहिले काम्दार भिजाको नाममा धेरै नेपालीहरु ठगिएका छन । सेन्जेन भिजाको नाममा लाखौं पैसा ठगहरुले लुटेका छन् सोझा सिधा नेपालीहरुबाट । यहाँ नेपाली राजदुताबास पनि छैन । सरकारले यो बिषयमा तत्काल सोच्नुपर्छ । यहाँको अधिकारिक निकायसँग छलफल गरेर नेपालीहरुलाई सरकारले अभिभावकत्वको भूमिका निर्वाह गर्न सके कसो हुन्थ्यो होला ? यसरी बिदेशमा नेपालीहरु ठगिनबाट बचाउन विश्वका एन आर एन हरुले पनि पहल गर्नु पर्छ । र यो दायित्वबाट कुनै पनि देशका एन आर एन हरु पन्छिन मिल्दैन ।

हरेक देशहरुका एन आर एन ए एन सी सी हरुले त्यो देशको बारेमा सम्पूर्ण जानकारी नेपाली गाउसमाजमा पनि दिन सकेमा धेरै नेपाली जनतहरुले जानकारी पाउन सक्दथे । कुन देशमा नेपालीको अवस्था कस्तो छ ?कुन देशमा नेपालीहरु बढी ठगिएका छन् ? ठगिन बाट नेपालीलाई बचाउन एन आर एन हरु सम्बन्धित देशको बारेमा जानकारी दिने । ठगिएका नेपालीहरुको आवाज सम्बन्धित निकायमा पुराइदिने गर्न सकेमा पनि ठुलो राहत महसुस हुन सक्थ्यो । अत पोल्यान्ड अथवा कुनै पनि देशमा जाने नेपालीहरुले त्यहाँको वास्तविकता बुझेर मात्र कदम चाले कसो होला ?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक