20100208

अयोग्य लडाकुले पहिरिएको माला फाले,दाहालको मुख नहेरी बिदा भए !!!

चितवनबाट सुरु भएको अयोग्य लडाकुको बिदाई कार्यक्रम अनमिनको कार्यक्रम अनुरुप नै एक महिनाभित्रै नवलपरासी, इलाम, कैलाली, सुर्खेत हुँदै रोल्पाको दहवनमा आएर समापन भएको छ । सोमबारको बिदाई कार्यक्रममा उपस्थित भएका लडाकुको बिदाई गर्न आएका माओवादी सेनाका डेपुटी कमाण्डर बलदेव र प्रमुख कमाण्डर पासाङले अयोग्य सेनाको बिदाईका लागि माला र अबीर ल्याएर अगाडी बढेपछि सबै लडाकुको एकै हुल एकै पटक मञ्चसम्म आएको थियो । निक्कै आक्रामक र भावुक देखिएको त्यस अवसरमा अयोग्य...
लडाकुहरुले कमाण्डर पासाङको हातबाट अबीर र बलदेवको हातबाट माला लगाएका थिए भने अध्यक्ष पुष्पकमल दाहाल, पार्टी स्थायी कमिटी सदस्य बर्षामान पुनसँग हात मिलाएका थिए । तर उनीहरु कार्यक्रमस्थलबाट बाहिरिनासाथ सबैजसो अयोग्य लडाकुले पहिरिएको माला फालेका थिए । केहीले अध्यक्ष दाहाललगायतका नेतासँग हात मिलाएर बिदाई भए भने धेरैले मुखमा समेत नहेरेर बाहिरिए । रोल्पाको दहवनमा भएको अन्तिम बिदाई कार्यक्रमसहित प्रमाणीकरणका क्रममा अयोग्य भएका चार हजार ८ जनाको बिदाई गर्ने कार्यक्रम समेत सम्पन्न भएको छ ।- रासस

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक