20100208

राजपरिवारले पनौती टेक्न नहुने धार्मिक विश्वासका कारण कुनै राजपरिवार पनौती नआए पनि ज्ञानेन्द्र आए मकर मेलामा !

-भीम गौतम
काभ्रे, पर्ूवराजा ज्ञानेन्द्र शाह सोमबार नागरिकका रूपमा प्रत्येक १२ वर्षा लाग्ने मकर मेलामा सहभागी भए । राजपरिवारले पनौती टेक्न नहुने धार्मिक विश्वासका कारण कुनै राजपरिवार पनौती नआए पनि उनी भने राजाबाट हटेपछि पहिलोपटक पनौती आएका हुन् । मेलामा सहभागी हुन आएका पर्ूवराजा ज्ञानेन्द्रको पक्षमा र्सवसाधारणल नाराबाजीसमेत गरेका थिए । सयौं जनताले सडकको दाँयाबायाँ बसेर ताली र मालाले उनलाई स्वागत गरेका थिए । पनौती नगरपालिकाका कार्यकारी अधिकृत राजेश पन्थी तथा स्थानीय.....
राजनीतिक दलका प्रतिनीधिहरूले समेत राजाको स्वागत गरेका थिए । पर्ूवराजा आउँदा उनलाई हर्ेर्ने र उनको पक्षमा जयजयकार गर्नेहरू पनि कम थिएनन् । अन्य सभामा राजाविरुद्ध कडा अभिव्यक्ति दिने कतिपय दलका प्रतिनिधिहरूसमेत पर्ूवराजाको स्वागतमा व्यस्त थिए । सिभिल पोसाकमा आएका सेनाहरूले उनलाई कडा सुरक्षा दिए पनि मकर मेलाको आवातआवातलाई प्रभावित नपर्नेगरी उनी दर्शन गरेर फर्केका थिए । प्रत्येक १२ वर्षा लाग्ने पवित्र मेलामा पर्ूवराजालाई आमन्त्रित गरिएको र उनी आएकोमा आफूहरू धेरै खुसी भएको पनौती नगरपालिकाका मनोनीत पर्ूवउपप्रमुख अर्जुन केसीले बताए । राजपरिवारका सदस्यले पनौती टेकेमा अनिष्ट हुने धार्मिक विश्वास रहँदै आएकोमा उनी गणतन्त्र नेपालको घोषणापछि नागरिकको हैसियतमा आएका हुन् । बिहान ११ बजेर ३२ मिनेटमा पनौती आएका पर्ूवराजा ज्ञानेन्द्रले पनौती बसपार्कबाट हिँडेर त्रिवेणीघाटमा पुगी स्नान गर्नुका साथै पनौतीका ब्रह्मायिणी, इन्द्रेश्वर, तुलानारायण, माधवनारायण, भैरवलगायतका मन्दिरमा पूजाआजा गरेका थिए । उनले पनौतीमा माइती वृद्धाश्रम निर्माणका लागि आयोजना गरिएको महायज्ञमा सहभागी भई एक लाख रुपैयाँ दानसमेत दिएका थिए । पनौतीमै इन्द्रेश्वर क्याम्पसका व्यवस्थापन संकाय सञ्चालनका लागि आयोजित महायज्ञमा सहभागी भएर त्यहाँ पनि एक लाख रुपैयाँ सहयोग गरेका थिए । पर्ूवराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव सागर तिमल्सिनाले सामाजिक क्षेत्रको विकासमा आफूले सहयोग गर्ने मनसाय राखी पर्ूवराजाले दान गरेको बताए । ट्राफिक जाम नगरी सामान्य नागरिकको रूपमा आएका उनलाई पनौती बसपार्कमा र त्रिवेणीघाट जानेक्रममा राजावादीहरूले माला लगाएर स्वागत गरेका थिए । पैदलयात्राका क्रममा र्समर्थकहरूले राजा आऊ, देश बचाऊ भन्दै नाराजुलुससमेत गरेका थिए । नेपाली झन्डा लिएर र्समर्थनमा नारा जुलुस गर्नेमा अधिकांश राप्रपा नेपाल र जनशक्ति पार्टर्ीी र्समर्थक थिए । करिब एक घन्टा १० मिनेट पनौतीमा बिताएका पर्ूवराजा ज्ञानेन्द्रले पनौती भ्रमण आफ्नो विशुद्ध धार्मिक भ्रमण भएको बताए । उनले देशमा शान्ति स्थापना होस् र पशुपतिनाथले सबैको कल्याण गरून् भनेर शुभकामनासमेत दिएका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक