20100221

बुढा भैँसी काटेर आफु पनि खाने र आफ्ना लडाकाहरुलाई खुवाउने प्रचण्डले भैँसी पूजा गरेर ज्योतिषीहरूबाट ग्रह शान्ति गराएपछि...

एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल के हुन् - नास्तिक कि आस्तिक? भौतिकवादी कि अध्यात्मवादी? कि भौतिकवाद र अध्यात्मवादबीच फ्युजन गर्ने चमत्कारवादी? उनले जबाफ दिनुपर्छ। एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नास्तिक हुन् कि आस्तिक? उनी भौतिकवादी हुन् कि अध्यात्मवादी? कि भौतिकवाद र अध्यात्मवादबीच फ्युजन गर्ने चमत्कारवादी? यस्ता प्रश्न उठाएका छन् उनका अनेक विचार र व्यवहारले। शान्तिप्रक्रियामा आएपछि उनले स्वामी कमलनयनाचार्य, पाइलट बाबा र नरनारायण बाबाजस्ता धार्मिक व्यक्तिहरूसँग भेटेर आशीर्वाद लिँदै आएको त सार्वजनिक भइसकेकै छ। र, पछिल्लो चरणमा आस्तिकले जस्तै आफ्नो.....
जन्मकुण्डलीसहित ज्योतिषी कृष्णदास महाराजसामु प्रस्तुत हुँदै उनले ग्रह शान्ति गराएको खबर पनि बाहिर आएको छ। यसको खण्डन पनि भएको छैन। यस्ता व्यवहारले दाहालको भौतिकवाद, नास्तिकता र कम्युनिस्ट ......
आचरणमाथि प्रश्न उठाएका छन्, जुन प्रश्नको जवाफ बाहिर आएको छैन। प्रचण्डले कहिले भौतिकवाद र अध्यात्मवादबीच फ्युजन गर्ने धारणा ल्याएका छन् त कहिले पुर्खाले गरेका हरेक काममा विज्ञान खोज्न थालेको उद्घोष गर्न थालेका छन्। यसै क्रममा उनले चतरा, सुनसरीमा ज्योतिषीहरूबाट ग्रह शान्ति गराएपछि त्यसलाई पनि विज्ञानको संज्ञा दिए। उनले ऐतिहासिक तत्वबोध भएको शैलीमा घोषणा गरेका छन्, 'मलाई ग्रह शान्ति अन्धविश्वास मात्रै लाग्ने गर्थ्याे, तर त्यसभित्र विज्ञान लुकेको हुँदोरहेछ, बल्ल थाहा पाउन थालेको छु।'

प्रचण्ड कुनै आस्तिक, कुनै गैरमार्क्सवादी र गैरकम्युनिस्ट नेता भएको भए यस्ता प्रश्न उठ्ने थिएनन्। उनी जुन ठाउँमा गयो, त्यस्तै बन्ने 'पपुलिस्ट' र अवसरवादी नेता भएको भए पनि यस्ता सबाल उठाइने थिएन। तर, उनले आफ्नो पार्टी र आस्था फेरेको घोषणा नगरेको दिनसम्म यस्ता प्रश्नको जबाफ उनीबाट अपेक्षा गरिन्छ नै। उनले ज्योतिषीलाई जन्मकुण्डली देखाएको र ग्रह-शान्ति गरेको, अनि त्यसलाई पनि विज्ञानकै संज्ञा दिएको विषयमा उठेका प्रश्नको जबाफ उनीबाटै आशा गरिनु उचित र जरुरी छ। 'पुर्खाले गरेका हरेक काममा विज्ञान खोज्न थालेका' प्रचण्डले जवाफ दिनुपर्ने पहिलो प्रश्न हो :

ज्योतिषशास्त्रको कुनै वैज्ञानिक आधार छ कि छैन? भए ती आधार के के हुन्? ज्योतिषशास्त्र र सबै प्रकारका काला जादूटुनाबीच समानता र भिन्नता के कस्तो छ? ज्योतिषशास्त्र कुनै वैज्ञानिक विद्या हो कि ठग विद्यामात्रै हो? आजसम्म कुनै खगोलविद्ले फलित ज्योतिषशास्त्रको वैज्ञानिक आधारको पुष्टि किन गर्न नसकेका होलान्?
प्रचण्डकै कथनअनुसार अब फलित ज्योतिष पनि विज्ञान हो। यस्तो तथाकथित विज्ञान ग्रह र नक्षत्र (तारा)ले मानिसको भाग्यलाई, मानवीय र प्राकृतिक घटनालाई समेत प्रभावित गर्दछन् भन्ने मान्यतामा आधारित छ। विज्ञानको विद्यार्थी रहेका प्रचण्डले तथाकथित विज्ञान ज्योतिषशास्त्रअनुसार ती ग्रह र नक्षत्रले कसरी प्रभाव पार्दारहेछन्, आफूले खोज्नु र जनतालाई बताउनु जरुरी छ। भारतीय विद्वान् गिरीश मिश्रले 'ज्योतिष विद्या और भारत का भविष्य' मा प्रश्न गरेका छन्, पृथ्वीबाट सबैभन्दा नजिक रहेको ग्रह शुक्र पनि चार करोड चार लाख किलोमिटरको औसत दूरीमा छ। त्यस ग्रहले मानिसको जीवनमा कसरी प्रभाव पार्छ? पार्छ नै भने पनि त्यो प्रभाव सबै मानिसमा समान असरका रूपमा किन देखिँदैन? किन शनि एक व्यक्तिका लागि अनुकूल हुन्छ भने अर्काे व्यक्तिका लागि प्रतिकूल हुन्छ? फेरि थोरै मात्र ग्रह र तारा मात्रै आफ्ना प्रभाव फैलाउन कसरी सक्षम हुन्छन्? किनभने ब्रम्हाण्डमा त अनेकौँ आकाशगंगा छन्, ती आकाशगंगामा खर्बाँैको संख्यामा हाम्रो सूर्यजस्ता तारा छन्? यसको जवाफ खोज्न प्रचण्डलाई ज्योतिषी कृष्णदास महाराजहरूको विद्वता काम लाग्नसक्छ कि?


यस्ता प्रश्नको उत्तर दिन गाह्रो हुन्छ भने प्रचण्डले 'फलित ज्योतिष : एक ठग विद्या' लेख्ने गुणाकर मुलेजस्ता विद्वान्का रचना अध्ययन गर्न सक्छन्। ज्योतिषी कृष्णदास महाराजहरूको संगत गर्दै हिँड्नुको सट्टा गुणाकर मुलेका किताब पढियो भने उनलाई पनि लाग्नेछ - फलित ज्योतिष विज्ञानसम्मत छैन। जन्मकुण्डली बनाइँदा स्थापित गरिने ब्रम्हाण्डलाई १२ स्थानमा बाँड्ने गरिन्छ, जसमा सूर्यको हैसियत ग्रहको होइन, नक्षत्र (तारा) मात्र सीमित रहेको छ। चन्द्रमालाई ग्रह भनिए पनि वास्तवमा यो पृथ्वीको उपग्रह मात्रै हो। राहु र केतु त भौतिक पिण्ड पनि होइनन्, ती त पृथ्वी र चन्द्रमाको भ्रमणमार्गका दुई छेदन विन्दु मात्रै हुन्। अतः प्रश्न उठ्छ, यस्ता द्रव्यरहित विन्दुले पनि मानव-जीवनमाथि कुनै प्रभाव पार्न सक्छन्? फलित ज्योतिषमा पनि विज्ञान देख्न थालेका प्रचण्डसँग यसको जवाफ छ?


प्रचण्डलाई पक्कै थाहा होला, 'राशि र जन्मकुण्डलीमार्फत् मानव-जीवनमाथि प्रभाव पार्ने' भनिएका ग्रहनक्षत्रहरूको हिसाबकिताबमा केही ग्रह र ताराको कुनै गणना नै छैन। सौर्यमण्डलमा प्लुटो, युरेनस र नेपच्युनजस्ता ग्रह र अरू तीसौँं उपग्रहको खोज बीसाँै शताब्दीमा मात्रै भएका थिए। ज्योतिषीहरूले तिनको अस्तित्वको लेखाजोखा राख्ने र प्रभाव तौलने कष्ट गर्नै पाएका छैनन्।


गुणाकर मुलेका अनुसार, फलित ज्योतिषमा ग्रहनक्षत्रहरूको भौतिक परिस्थितिमाथि कुनै विचार गरिँदैन, गर्ने वैज्ञानिक विधि पनि छैन। त्यसैले एकातिर, फलित ज्योतिषीहरू चन्द्रमालाई पानीले भरिएको (जलमय) ग्रह मान्दै आएका छन्, तर वैज्ञानिक अध्ययनले देखाएको छ, चन्द्रमामा न त पानी छ, न त हावा नै! अर्काेतिर, उनीहरूले मंगल र शनि ग्रहलाई भने अज्ञानका कारण बेकारमै अशुभ ठहर्‍याउँदै आएका छन्। उनीहरूलाई थाहा नभएको वास्तविकता के हो भने मंगल रातो रंग भएको सुन्दर ग्रह हो र शनि पनि चारैतिर मनोहर घेरा भएको ग्रह हो। यस्तो वास्तविकताबारे अध्ययन गर्ने क्षमता नै नभएको फलित ज्योतिषमा हाम्रै सौर्यमण्डलका सबै ग्रह, तारा र पिण्डको 'प्रभाव'माथि कुनै विचार गरिएको छैन भने अनगिन्ती पिण्डका बारेमा अध्ययन र खोज अकल्पनीय नै हुन्छ। फलित ज्योतिषमा गुरुत्वाकर्षण र विद्युत् चुम्बकीय प्रभावसँग सम्बन्धित गणनाका लागि पनि कुनै स्थान छैन। विज्ञानका विद्यार्थी रहिसकेका प्रचण्डले यति त थाहा पाएकै हुनुपर्छ, ज्योतिषीहरूसँगको संगत र अन्तर्क्रियाबाट।


ग्रहशान्ति गराएका भनी प्रचारित प्रचण्डलाई खोज गर्न सजिलोका लागि एउटा तथ्य स्मरण गराउन चाहन्छु, फलित ज्योतिषमा आजसम्म पनि ब्रम्हाण्डको केन्द्रमा सूर्य होइन, पृथ्वी नै स्थिर रूपमा रहेको छ। आजभन्दा १५ सय वर्षअघि आर्यभट्ट प्रथमले पृथ्वी आफ्नो धुरीमा घुम्ने उद्घोष गर्दागर्दै पनि ज्योतिषीहरूले त्यसलाई पटक्कै स्वीकारेनन्। कस्तोसम्म विडम्बना देखिएको छ भने फलित ज्योतिषमा कहाँकहाँका, भएनभएका ग्रह र नक्षत्रको बहीखाता छ, तर त्यसमा आफू बसिरहेकै ग्रहको खाता खोलिएको छैन।

मानिसलगायत सम्पूर्ण जीवन जगत्लाई सबैभन्दा बढी प्रभाव पार्ने पिण्ड अर्थात् हाम्रै पृथ्वीका बारेमा उनीहरूले बनाउने जन्मकुण्डलीमा कुनै स्थान छैन। हामी मानिस पृथ्वीको कुन देशमा, कस्तो परिवेशमा, कस्तो सामाजिक, आर्थिक र राजनीतिक व्यवस्थामा जन्मियौंँ, ती सबै पक्षले हाम्रो भूत, वर्तमान र भविष्यमाथि सबैभन्दा बेसी प्रभाव पार्छन्, पारिरहेका छन्। यस्तो वास्तविकताबारे प्रचण्डले आफ्नो खोजको क्रममा ज्योतिषहरूसँग प्रश्न गरेका छन् कि छैनन्? हामी मानिसको जन्मकुण्डलीमा सुदूरका ग्रहको प्रभावलाई स्वीकार्ने, तर जुन धरतीमा हामी जन्मियौं, हुर्कियाँैं, त्यसकै प्रभावलाई अस्वीकार गर्नु कुण्डलीको निरर्थकताको सबैभन्दा ठूलो प्रमाण हो कि होइन? यो ग्रह-दशाको निहँुमा ठगी विद्या चलिरहेको छ भन्नेको ठूलो दसी होइन र? आफ्नो कुण्डली देखाउँदै हिँड्ने भनी प्रचारित प्रचण्डले यसबारे पनि खोज गर्ने सोचाइ बनाएका छन् कि?


यस्ता सबै प्रश्न ज्युँकाँत्युँ हुँदाहुँदै पनि एकछिनलाई मानौ, मानव जीवनमा राशिको प्रभाव पर्दाेरहेछ रे। तर रविमार्गलाई जुन १२ राशिबाट विभाजित गरिएको छ, तिनका नक्षत्र हामीभन्दा हजारौंँ प्रकाश वर्ष टाढा छन्, एकै राशिका सबै नक्षत्र पनि हामीसँग समान दूरीमा रहेका छैनन् । तुलना गर्दा ग्रहहरू हामीसँग निकै निकट रहेका छन्। गुणाकर मुलेको दावीअनुसार, वैज्ञानिक दृष्टिले जाँच्ने हो भने ग्रहहरूको र तिनको पृष्ठभूमिमा रहेका नक्षत्रहरूको गति, स्थितिबीचमा कुनै तालमेल छैन। त्यसैले फलित ज्योतिषको नक्षत्रहरूसँग सम्बन्धित चर्चा पनि सय प्रतिशत अवैज्ञानिक छ। मुले प्रश्न गर्छन्, कयौंँ महिनाको रात र कयौँं महिनाको दिन हुने ध्रुव-प्रदेशका निवासीका लागि प्रभाव पनि अन्तजस्तै समान हुन्छ? किन एउटै समयमा, एउटै अक्षांशमा, एउटै अस्पतालमा जन्मिने बालबालिकाको भविष्य पनि समान हुँदैन? के अमेरिकाले हिरोसिमा र नागासाकीमा एटम बम प्रहार गरेर मारेका लाखौं मानिस एकै समय पैदा भएका थिए? उनीहरूको जन्मकुण्डली एउटै खालको थियो, उनीहरूको ग्रह-दशा बिग्रेकै थियो? थिएनन् भने कसरी उनीहरूको भविष्य एउटै चिहानमा परिणत भयो त? यस्तो नरसंहारको कारक तत्व जन्मकुण्डली वा ग्रहदशा थिए कि अमेरिकी आक्रमण?


यस्तै अनेक भुलभुलैया र ठग विद्याको रूपमा बदनाम फलित ज्योतिषको पछि लागेको आरोपबाट मुक्त हुन प्रचण्डले पनि यी प्रश्नको जवाफ खोज्दै सार्वजनिक गर्नु जरुरी छ। होइन, उनले पनि फलित ज्योतिषको एक मुख्य ग्रन्थ अथर्ववेदमा समेत विज्ञान खोज्न थालेका हुन् भने त्यसमा भूतप्रेतबाट मुक्तिदेखि शत्रु शिविरमा भ्रम फैलाउने उपाय र निर्वासित राजाले आफ्नो गुमेको राज्य फिर्ता लिने मन्त्र पनि समावेश छन्। तिनै गज्जबका मन्त्रोच्चारण र ग्रहशान्ति स्वस्तिबाटै नेपालमा शान्ति र संविधान अनि प्रचण्डका लागि सरकार पनि पाउन सकिने हो कि? - राजेन्द्र महर्जन

भैंसी-पूजामा अध्यात्मभित्रको विज्ञान

उहा“को जन्मराशि मिथुन रहेछ । मिथुन भनेपछि पुरुष र नारीको पे्रमजोडी हो । त्यसकारण उहाँको जोडीमा नेपालको प्रधानमन्त्री पदमा रहेकालाई हटाएर उहा“कै सहयात्री पुरुषलाई प्रधानमन्त्री पदमा राख्न भनी कुनै विदेशी सरकारले सवा महिना पहिले सुझाव दिएका रहेछन् ।
मिथुन राशिमा पुरुषको जोडी नारी रहने हुँदा त्यो विदेशी सरकारले दिएको सल्लाहलाई स्वीकार गरेर समलिंगी व्यवहारलाई इन्कार गरी आफ्नो अँगालोमा लिएर म्वाइँ खाँदै नारीसितझैं सहगमन गर्न तिनको शन्रि्रहले गत भदौदेखि आदेश दिएको रहेछ । त्यो सहगमन अर्ढाई वर्षम्म चल्नुपर्ने रहेछ । अर्थात् पर्ूव दिशामा बसी शनि ग्रहतिर हर्ेर्दै तिनले अढैया बिताउनु पर्दा विदेशी स्रोतले भनेको सुझावलाई कसरी पूरा गर्ने भन्नेबारे कालो भैंसीको पूजा गरी ग्रहशान्ति गर्नुपर्ने सुझाव पनि दिइएको रहेछ । त्यो ग्रहशान्तिले मिथुन राशिमा रहने गर्दै आएको दसौं हजार वर्षेखिको पुरुष र नारीको चित्रमा परिवर्तन गरी दुवै चित्रलाई नारीको गराउनु सट्टा पुरुषको गराउनु र पुरुषले नारीसित गर्ने व्यवहारअनुसार आफ्नो चरित्रमा परिवर्तन गरी पुरुष वा नारी जे हुन मन लाग्छ सो हुनु उपयुक्त हुने देखिएको छ । शनि ग्रहले निर्देश दिएको मैत्रीभाव योबाहेक अर्को रूपको हुन सक्दैन  ।
शरीरलाई शान्त पार्ने उपाय ग्रहशान्तिले यस्तै रहेको देखाएको  छ । यसै कारण यो ग्रहशान्ति निम्ति र मिथुन राशिका निर्देश पूरा गर्दै शनि राशि भएकाले मिथुन राशिको आफ्नो सहयात्रीलाई भैंसीको रूपमा पूजा गर्ने तर आफ्नै नारीरूपको भए त्यस्ताले जंगली कालो र भीषण सिङ भएको अर्नाको आङमा चढेर वा अर्नाको भुँडी मुन्तिर तर लपक्क टाँसिएर जानुपर्ने व्यवस्था पनि ग्रहशान्ति विधिले गरेको मैल केही वर्षअगाडि कतै पढेको सम्भिmन्छु ।
अरू कुरा जे होस् त्यस्ता युगल जोडीका एकजनालाई अहिले बृहस्पति नक्षत्र भाग्यस्थानमा रहेको हुँदा विदेशले जेसुकै भने तापनि त्यो पन्छिँदै जाने र दुवैको मिलिमतोमा काम अगाडि बढ्ने देखिएको रहेछ । यो कथा अहिलेको ज्योतिषिले मात्र भनेको होइन ।
संवत् २०१२ साल वैशाखको सुरुमा टंकप्रसाद आचार्यले नेकपालाई वैध घोषित गरेर प्रतिबन्ध फुकाएपछि पुष्पलाल श्रेष्ठ वीरगन्जको मेरो डेरामा आई उहाँको नाता पर्ने आनन्द श्रेष्ठको घर कहाँ छ, तपाईंलाई थाहा छ कि भनी मलाई सोधेपछि त्यो घरमा उहाँलाई मैले पुर्‍याइदिएको थिएँ । ती दर्ुइ नातेदारबीच १० मिनेटसम्म घरेलु कुराकानी भएपछि पुष्पलालले मैले बारम्बार इन्कार गर्दागर्दै पनि मसित 'आनन्दलाई आफ्नो हात देखाउनुस्' भनी जबर्जस्ती मेरो हात तानेर आनन्दसामु तेर्स्याइदिएका थिए । मैले त्यसबेला भनेको थिएँ, 'पहिले तपाईं नै आनन्दजीको सामुन्ने हात देखाउनुहोस् ।' पुष्पलालले जवाफमा भनेका थिए, 'म त पार्टर्ीीे पोलिटब्युरो सदस्य हुँ, मैले हात देखाउनु हुँदैन ।'
मेरो हात हेरेर आनन्दज्यूले तीन वटामात्र भविष्यवाणी गर्छर्ुुन्नुभयो, 'मैले वीरगन्ज छोड्ने, नेकपा छोड्ने र म मरेपछि पनि मेरो कलमलाई नेपालीहरूले प्रशंसा गरिरहने छन् ।' ती तीनवटै भनाइ सत्य सावित भए । त्यसबेला म नेपालको एउटा साधारण मानिस थिएँ । तर, यसपालि जन्म कुण्डली सामुन्ने ओछ्याएर भविष्यवाणी गर्ने ज्योतिष बाजे सामु घनघोर नेता बसेका थिए । तर्सथ मेरो तीनवटा भविष्यवाणी गर्ने व्यक्तिको सट्टा घनघोर नेताका ३० वटा भविष्यवाणीले मर्ूतरूप लिने निश्चित देखिन्छ ।
मैले आनन्दलाई दाहिने हातमात्र देखाएको थिएँ । गृहशान्तिका निम्ति कालो भैंसी वा अर्नाको पूजा गरेको थिइन । घनघोर नेताले अब ३० वटा भविष्यवाणी सफल हुने आशिर्वाद पाएका हुनाले कमसेकम ३० वटा भैंसी वा अर्नाको पूजा गर्नुपर्नेछ । एउटाको त भइहाल्यो अस्ति । समय छदैछ लालसलाम गर्ने केही मानिस छँदै छन्, घनघोर नेताले चिन्ता गर्नु पर्दैन ।
त्यसमाथि ग्रहशान्तिमा पनि विज्ञान घर्ुर्सिएको देखा परेको रहेछ । विज्ञान भनेको विज्ञान नै हो, मानिसले बुझन सक्दैन विज्ञान । त्यसकारण ग्रहशान्तिमा पनि, शनि ग्रह र बृहस्पति ग्रहमा पनि, कालो भैंसीमा पनि र ज्योतिष पण्डित बाजे तथा घनघोर नेताको बुद्धिमा पनि कसैलाई केही थाहा नदिई सुटुक्क विज्ञान घर्ुर्सिन सक्छ । त्योपटक शन्रि्रहको अढैया तथा मिथुन र बृहस्पति इत्यादिमा विज्ञान घुसेको अनुभव देख्नु घनघोर नेताले सुहाउँदो कुरा हो । यो कुराको पुष्टि केही समय पहिले बारा जिल्लाको ढिमाई मेलामा अनगिन्ती राँगा, बोका, पशुहरू काटिएका,  छताछुल्ल रगत बगेका तथा पुजारीले गढिमाईलाई मुसासमेतको बलि दिएको आदि-इत्यादिमा पनि खुस्रुक्क विज्ञान घर्ुर्सिएको देख्नेहरूमात्र होइन संवत् १९८९ मा पशुपतिनाथमा महाशिवरात्रीको दर्शन गर्न ६०/६५ हजार मान्छे आएका घटनालाई आफ्नो पितासँगै त्यहाँ गएको मैले देखेको थिएँ । त्यसको तुलनामा केही दिन पहिले माघ मसान्तमा पशुपतिनाथमा महाशिवरात्रीको रमझम हुँदा त्यो ठाउँमा लक्ष्मीपूजाको दिन दिपावली मनाएसरह लाखौं साना बिजुली बत्तीको रमझममा र पाँच लाख जति मानिसले चावहिल र सिफलदेखि गोलाकार लस्करमा शिवरात्री मनाउन पशुपतिनाथ जाँदा अथवा विश्वहिन्दू महासंघले र काठमाडौंका अति धनाड्य व्यापारीहरूले शिवरात्रीप्रति भक्तियुक्त भई लाखौं दर्शनार्थीहरूलाई निःशुल्क चिउरा, पुरी, तरकारी, हलुवा, मिर्ठाईं ख्वाउँदा पनि कसैले विज्ञान घर्ुर्सिएको देख्दैन भने विज्ञानभित्रको देवताले नै तिनको रक्षा गरोस् । विज्ञान भनेको अणु, परमाणु, चरमाणु, जिन डबलहेलिक्स आदिसम्म घर्ुर्सिएको तथ्यलाई अलवर्ट आइन्स्टाइन, लाइनस पौलिङ र जेम्स वट्सन्ले देखेका थिए भने ती घनघोर नेताले किन नदेख्नु, अध्यात्मवादभित्र समेत विज्ञानवाद घर्ुर्सिएको कसैले
किन नदेख्नु ।
आत्मा भएको हुनाले नै परमात्मा पनि छ । त्यसै आधारमा अध्यात्म र्रर् इश्वरवाद पनि छ । यी सबैलाई देख्न आ“खा चाहिन्छ ।
अन्त्यमा म भन्छु, घनघोर नेता जिन्दावाद, घनघोर नेताको दर्शन पाऊँ । घनघोर नेताले अध्यात्मभित्र विज्ञान घुसेको देखेअनुसार मरो जीवन सफल होस् । र, कालो भैंसीलाई पूजा गरेर पाँच असर्फीको दक्षिणा दिऊँ ।



Nepalis in the Americas: At Crossroad


What matters is future. What counts is past. What we do now is shaped by both.

The recent developments and urgency of matters such as the new constitution not being discriminatory against nonresident Nepalis, by continuing the provision of the interim constitution to deny dual citizenship is a concern for too many of us who have long wanted this and worked for this.

1993 was the first time Association of Nepalis in the Americas (ANA), the common platform democratic representative organization of North American Diaspora, brought forth the issue to then Prime Minister Rt. Hon. GP Koirala that Nepalis and Americans by heart and soul should not be denied affirmation of the affinity and avenue to contribute to the motherland.

By allowing dual citizenship we would be allowed to give what we have received in Americas and retain what we had in Nepal.

Successive governments, including the late King Birendra, have been officially and informally approached by the leadership of ANA. ANA holding the flagship event in the form of national convention every July 4th, celebrating the independence of U.S.A and values of Nepal, has constantly given platform to these specific set of issues near and dear to us all concerning Nepal. The natural outgrowth of these concepts was the formation of an international body of nonresident Nepalis who could collectively advocate these issues on Nepal.

We, the undersigned, specifically in person and in capacity of the organizations, have been proud of our brainchild, and that we were able to further the cause by bringing the Non Resident Nepalis Association (NRNA) into reality.

The focus of NRNA over the six year, in many issues pertaining to Nepal, has given impetus to issues wide and diverse as ownership and participation in Nepal. During the last decade the proliferation of migration of Nepalis all over the world has been substantial. U.S. has also seen large number in form of students and DV winning residents. ANA, as a voluntary community based non-profit organization has been able to continually provide platform and unify, as much as possibly, to the diverse group of Nepalis in Americas. It has created a system akin to the interstate highways that can deliver all kinds of goods and services all over by all types of people of Nepal.

What we have observed with keen interest is how we were going to make the frontal issues of NRNA relevant and engaging to the North America Diaspora. In that regard the annual platform on NRN forum during the ANA conventions have had profound success. The NRN issues if championed by singularly focused entity can be beneficial has been realized in many parts of the world where there have been brand new Nepali community.

So the question arises, does that model fit into the context of USA, and if so in what role since there have been long established organization in the form of ANA.

Is it better to create an alternate interstate highway system, just to deliver certain types of goods analogically speaking, or is it for the greater good of the community to move in cohesion with unity of purpose in advancing common causes and objectives?

That ANA is widely adored by all is not true, but it is an accepted means where democratic and national representation of North America has been established via direct vote to put forth common agenda and provide grassroots service.

NRNA and its chapter are at crossroads in U.S. They alone can decide whether to bi-furcate every resolve, every effort, every initiative, competing for same resources and targeting for same demographics. The recent announcement that NRN National Coordination Committee is being defined and formed is very consequential to Nepali community in U.S. In this historic opportunity, NRNA by working with ANA can help avoid conflict and division in our community until now, while not singular, have been done together.

Wheel has been invented. Efforts have been made. The time is now not to duplicate them which will bring division at every level but to supplement and compliment the effort. ANA has been serving the community for last 27 years and if it is lacking, new leadership can come in on next election but to structurally divide the Nepali community in North America would be counter-productive to the stated goals and objectives of NRNA

We might have left Nepal but Nepal has never left us. This is from our heart. This is what we believe in. We could not stay silent and watch community be divided because if we do we all will be losers, just when our community is coming of age. We have been here for decades and just when the community should be more united, a fork has appeared.

So it is critical that we are united and we move together in leading the objectives of Global Non Resident Nepalis in North America. We call on all NRN-ICC and all concerned to look for the greater good of the community and avoid fractions and divisions.

This is for the future, and what we do now matters.


Dr. Hari Sharma, Mr. Kamal Pathak, Mr. Kunjar Sharma, Dr. Amar Giri, Mr. Pramod Sharma, Dr. Shyam Karki, Mr. Krishna Nirola, Ms. Amrit Tuladhar, Mr. Naveen Dutta
======================================================================
All the writers are past Presidents of ANA since its inception in 1983.

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक