20100216

माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतीय जोगीसामु पश्चाताप गरेछन्, धर्म निरपेक्षता त्रुटि भएको स्वीकारेछन् !

- शम्भु श्रेष्ठ (shresthashambhu@gmail.com)
माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतीय जोगीसामु पश्चाताप गरेछन्। पशुपतिको जात्रा भर्न आएका ती जोगीसँग दाहालले धर्म निरपेक्षता त्रुटि भएको स्वीकारे। अखबारमा आएको समाचार कति सत्य छ थाहा छैन। तर, जुन प्रसंगमा दाहालले आत्मालोचना गरे, त्यो प्रसंग बहसको विषय बनेको छ।   नेपाल विश्वको एउटै मात्र हिन्दू राष्ट्र। यहाँ धार्मिक विभेद थिएन। हिन्दू, बुद्धिष्ट, मुस्लिम, इसाई सबै मिलेरै बसेका थिए। कुनै पनि धर्मावलम्बीले धर्म निरपेक्षता चाहियो भनेर आन्दोलन...........
गरेका थिएनन्। तर, अन्तरिम संविधानले नेपाली जनतामा धर्म निरपेक्षता थोपरिदियो। अन्तरिम संविधानमा यो कुरा थोपरिनुको पछाडि नेपाली जनताको कम, विदेशीको बढी 'इन्ट्रेस्ट' थियो।  नलुकाइकन भन्नुपर्दा धेरै अनुहारहरु यो व्यापारबाट राम्रैसँग फस्टाएका छन्। धर्म निरपेक्षताका नाममा विदेशीहरुले करिब बाइस अर्ब रुपैयाँ यो वा त्यो संगठनको नाममा लगानी गरेका छन्। विदेशीहरुको रकम खानेहरुमा सबैभन्दा ठूलो संख्या मानवअधिकारवादी अनुहारहरु छन्। ती को–को हुन् भन्ने कुरा सार्वजनिक हुने हो भने नेपाली जनताले जिब्रो टोक्नुपर्ने अवस्था आउन सक्छ।

  यस्ता धेरै कुराहरु छन्– जुन कुराहरुले सिंगो नेपाली जनताको भावनामा ठेस पुर्या एको छ। संघीयता कसको माग हो? किन संघीयताको नाममा देश टुक्र्याउन खोजिँदैछ? अनि जातीय राज्यको कुरा के हो? कुन जातिले लोकतान्त्रिक आन्दोलनमा जातीय राज्यको माग उठाएका थिए? यसको परिणाम के हुन्छ भन्ने कुरा बुझ्दै नबुझी अन्तरिम संविधानमा यस्ता कुराहरु कसको दबाबमा थोपरियो?   के यस्ता गम्भीर कुरामा माओवादी अध्यक्ष दाहालको ध्यान गएको छ? यदि छ भने देश टुक्रनु अगाडि दाहालले आत्मालोचना गर्नुपर्छ। माओवादीले गलत विचार, व्यवहार सच्याउनुपर्छ। सुन्दा पनि लाजमर्दो कुरा– आफूलाई क्रान्तिकारी कम्युनिष्ट नेता भन्नेले वर्गीय राजनीति त्यागेर जातीय राजनीतिको प्रतिनिधित्व गर्नुहुन्छ? यो कहाँको मार्क्सवादी दर्शन हो?   कम्युनिष्टहरु जानीजानी गल्ती गर्छन्। कम्युनिष्टहरु जानीजानी आत्मालोचना गर्छन् भन्ने कुरालाई मार्क्सवादी दर्शन शैली बनाउने कुराले अन्ततः नेपालमा कम्युनिष्ट राजनीतिप्रति नै घृणा जाग्ने स्थिति नआओस्। बाँदरमुडे घटनादेखि पशुपतिको जोगीसम्म आत्मालोचना गर्ने माओवादी अध्यक्ष दाहाल सचेत हुनु जरुरी छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक