20100216

नेपालमा यस्तो पनि हुन्छ, हेर्नुस् त !!!

रुकुम भलाक्चा-१ का एकै घरका ३ जनाले सामूहिक आत्महत्या गरेका छन् । भलाक्चा- १ का ७० वर्षीय दलबहादुर ओली, श्रीमती कली ओली र २७ वर्षीया छोरी तुलसा ओलीले गएराति सामूहिक आत्महत्या गरेका हुन् । छोरी तुलसालाई छारेरोग भएकाले उपचार गर्न नसकेपछि घर नजिकैको चिउरीको रुखमा झुन्डिएर उनीहरूले आत्महत्या गरेको बताइएको छ । छोरी लामो समयदेखि छारे रोगबाट ग्रसित भएको र उपचारमा पनि धेरै खर्च लागिसकेकाले अब थप उपचार गर्ने आर्थिक अवस्था नभएपछि उनीहरूले यस्तो गरेको स्थानीय बासिन्दालाई उधृत गर्दै रुकुम प्रहरीले जनाएको छ ।

वर्तमान सरकारको आयु दुई महिना : भट्टराई
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराइले एमाले नेतृत्वको वर्तमान सरकार राष्ट्रिय ढुकुटी सिध्याएर ब्रह्मलुट गरिरहेको आरोप लगाएका छन्।  काठमाडौंमा सोमबार भएको कार्यक्रममा माओवादी उपाध्यक्ष भट्टराइले ढल्न लागेका सरकारका मन्त्रीहरुले विभिन्न बहानामा सरकारी ढुकुटी रित्याएको आरोप लगाए। माधवकुमार नेपाल नेतृत्वको ४५ जनाको जम्बो मन्त्रिम48डलका सदस्यहरुको व्यवहारका कारण राष्ट्रिय ढुकुटी रित्याएर मुलुकलाई आर्थिक रुपमा धरासायी बनाइरहेको भट्टराइले बताए। भ्रमणका क्रममा मन्त्रीहरुले .....
अनावश्यक खर्च गरिरहेको आरोप आइरहदा उपाध्यक्ष भट्टराइले सरकारी ढुकुटीमाथि ब्रहमलुट गर्ने यो सरकारको आयु अब दुई महिना भन्दा लामो नभएको दाबी समेत गरे। उपाध्यक्ष भट्टराइले माओवादीको जनयुद्धकालमा केही उद्योग सञ्चालनमा वाधा अवरोध आएपनि माओवादीकै कारण मुलुकको पूजी पलायन नभएको दाबी गरे। उनले माओवादी सरकारमा बसेको अबस्थामा अर्थसम्बन्धि विभिन्न कार्ययोजनाहरु ल्याएर अर्थतन्त्रलाई बलियो बनाउन ठूलो मद्दत गरेको दाबी समेत गरेका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक