20100215

पुजारीहरूको टुप्पी काटियो, जनै चुडालियो, दर्जनभन्दा बढी किरियापुत्रीको टाउको छप्काइयो तर प्रचण्ड....

पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा गोरखनाथको पूजा अर्चनाबाट सुरु भएको दस वर्षे जनयुद्धमा धेरै मन्दिरका पुजारीहरूको टुप्पी काटियो, जनै चुडालियो, दर्जनभन्दा बढी किरियापुत्रीको टाउको छप्काइयो। आफ्नै नेतृत्वमा सरकार रहेका बेलामा समेत माओवादी कार्यकर्ताले पशुपतिनाथका पुजारीको गुप्तवास भंग गर्ने र जनै चुडाल्ने कर्म गरेर औरङजेवको झझल्को दिए।
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>> 
                                       हार्दिक समबेदना
हाम्रा आत्मिय मित्र एबम ए एन ए का उपाध्यक्ष्य मेदिनी अधिकारी का आदर्णीय पिता रामलाल अधिकारीको स्वर्गारोहण् को ४५ पुन्य तिथिका अबसर मा स्वर्गिय आत्मा को चिर शान्ती को कामना गर्दै शोक सन्तप्त परिवार जन मा हार्दिक समबेदना प्रकट गर्दछौँ ।
 -रामप्रसाद खनाल -अध्यक्ष्य , अन्तरराष्ट्रिय कलाकार मँच,अमेरिका
एबम प्रधान सम्पादक - नेपाल मदर डट कम् समस्त परिवार,  
- अरुण तथा अजिता रुपाखेती परिवार , कमल तथा शोभा पोखरेल परिवार, मोहन तथा शोभा ढुंगाना परिवार >>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

   तर सत्ताबाट बाहिरिएको १० महिना नबित्दै तिनै प्रचण्ड घनघोर कर्मकाण्डी बनेका छन् भन्दा धेरैलाई पत्याउन गाह्रो पर्छ। हुन त झापा आन्दोलनमा दर्जनौंको टाउको गिाडेका मोहनचन्द्र अधिकारी बुद्धको अनुयायी बनेको समाचार प्रकाशित हुादा पनि धेरैले पत्याएका थिएनन्। त्यसलाई 'साम्राज्यवादी मिडियाको दुष्प्रचार' को संज्ञा दिइएको थियो। तर सत्य सत्य नै....
हुन्छ।

कुनै एक कर्मकाण्डी ज्योतिषीले 'साढे साती दशा सुरु भएका कारण आगामी साढे सात वर्षसम्म तपाईका कुनै पनि आकांक्षा पूरा हुादैनन्, हुनै लागेका काम बिथोलिनेछन्, दुर्घटनाको योग छ' भनी भविष्यवाणी गरेेपछि तर्सेका प्रचण्डले गत शुक्रबार कोसी तटमा अवस्थित चतराघाटमा गएर ग्रहशान्ति गराए। ज्योतिषीले बनारस या हरिद्वारमा गएर ग्रहशान्ति गर्न सल्लाह दिए पनि तत्काल भारत जाादा अर्कै सन्देश जाने भएकाले प्रचण्डले चतरामै ग्रहशान्ति पूजाको आयोजना गर्न लगाएका हुन्। राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहिसकेका माओवादी कार्यकर्ता राममणि पोखरेलले उक्त पूजाको संयोजन गरेका थिए। चतुदर्शी तिथि परेको शुक्रबारका दिन ग्रहशान्ति गराए शनिको दशाबाट छुटकारा पाइने ज्योतिषीले सल्लाह दिएका कारण यो साइत जुराउन प्रचण्डले करिब दुई महिना प्रतीक्षा गरेका थिए। पूजाको साइत नछुटोस् भनेर उनी बिहीबार नै काठमाडौंबाट विराटनगर उडे। जबकि शुक्रबार बिहान पनि काठमाडौं विराटनगरका चार उडान थिए। तर कथंकदाचित विमान 'डिले' हुन गई पूजाको साइत छुट्न जाने आशंका गर्दै उनी बिहीबार नै विराटनगर पुगेका हुन्। 'धर्म भनेको अफिम हो' भनेर दिमाग भुटिइसकेका आफ्ना कार्यकर्ताको आाखा छलेर पूजाआजामा सरिक हुन प्रचण्डलाई सााच्चि नै अप्ठ्यारो भयो। हतार हतार आफ्ना पोलिटब्युरो सदस्य हरिबोल गजुरेललाई बोलाएर राजनीतिक कार्यक्रम बनाउन आग्रह गरे। गजुरेलले इनरुवामा कोसी बाढीपीडितसाग भेटघाट गर्ने कार्यक्रम बनाइदिए। बिहीबार विराटनगर पुगेका प्रचण्डले इनरुवाको उक्त कार्यक्रममा १० मिनेटभन्दा बढी बिताएनन्। आफ्नो पार्टीको कोचिला स्वायत्त गणराज्यको विराटनगरस्थित कार्यालयमा समेत १० मिनेटभन्दा बढी समय नदिएका प्रचण्ड चतरामा आयोजित ग्रहशान्ति पूजामा भने ढुक्कसाग बसे। उनी आफ्नो छोरा प्रकाशलाई गाडी हााक्न लगाएर विराटनगरबाट चतरा पुगेका थिए।

पूजा सकेपछि शुक्रबार राजधानी फर्कने क्रममा उपप्रधानमन्त्री सुजाता कोइरालासाग प्रचण्डको विराटनगर विमानस्थलमा भेट भयो। भेट हुनेबित्तिकै प्रचण्डले चतराको पूजाबारे तारिफ गर्दै भने, 'गजबले चलेको छ।' तर झापाको कार्यक्रम सकेर सागै विमानस्थल आइपुगेका डा.बाबुराम भट्टराईले भने केही प्रतिक्रिया दिएनन्। प्रचण्ड र सुजाता उही पूजाका लागि चतरा गएका हुन्। प्रचण्डले दिउासो पूजा गरेका थिए भने सुजाताले आगामी ९ गते त्यस्तै पूजा गर्ने छिन्।

माओवादीले लिाडेढिपी नलिएको भए मुलुक न त धर्मनिरपेक्षताको बाटोतिर जाने थियो, न त संघीयताको उल्झनमा। तर 'मुति पनि सक्यो, दैलो पनि देख्यो' भनेझैं अध्यक्ष प्रचण्डले अहिले त्यसको पश्चताप गर्न थालेका छन्। भारतीय धार्मिक नेता चन्द्रस्वामीको गोडामा ढोग्दै माओवादी अध्यक्ष प्रचण्डले शनिबार सो विषयमा पश्चताप गरेका हुन्। उच्चस्तरीय संयन्त्रको बैठक बीचैमा छाडेर भारतीय धार्मिक नेता चन्द्रस्वामीलाई भेट्न बिहान साढे १० बजे आफ्नो निवास नयााबजार पुगेका प्रचण्डले गोडा ढोक्दै भने, 'माफ पाऊा, अञ्जानमा गल्ती भयो।' विश्वको एकमात्र हिन्दूराष्ट्रको पहिचान मेटाउने व्यक्ति कसरी राष्ट्रवादी हुनसक्छ? भन्ने चन्द्रस्वामीको जिज्ञासाको प्रतिउत्तरमा उनले भने, 'विगतमा धेरै गल्ती भए, संघीयतामा पनि जान हुादैनथ्यो, अब सुधार्ने छौं, त्यस किसिमका गल्ती दोहोर्या्उने छैनौं, भारतसाग पनि सम्बन्ध सुधार्ने प्रयत्न गर्नेछौं।'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक