20100215

मदरल्याण्ड नेपालको पाचौ बाषिर्क उत्सव र गजुरेल साँझ भव्यताकासाथ सम्पन्न

- By Dhurba Thapa, California
मदरल्याण्ड नेपालको पाचौ बाषिर्क उत्सव यहि फरवरी १३तारिकमा अलमेडाको कोफमान हलमा भव्यताकासाथ सम्पन्न भएको छ । कार्यक्रमको मुुख्य आर्कषण भनेकै नेपालका ख्याति प्राप्त हास्य कलाकार मनोज गजुरल रहेका थिए । संस्थ्ााको यो पााचौ बाषिर्क उत्सवलाई हिन्दु परम्परा अनुशार स्वस्ती शान्ति पडेर पण्डित बाशु देव घिमिरेले गरेका थिए  भने कार्यक्रमको पहिलो चरणमा यस क्षेत्रका केहि समाजसेवीहरु तथा मनोज गजुरेलाई संस्थाका अध्यक्ष अनिल पाण्डेले मायाको चिनो प्रदान गरेर सम्मान गरेर.......
गरिएका थिए, मदरल्याण्ढ नेपालले यस अघिपनि नेपालका मानव अधिकार कर्मि, पत्रकार, कालाकार लगायत स्थानिय पत्रकार, , नेपाली व्याण्ड,समाज शेवीहरुलाई सम्मान गदर्ैर्ैैाएको छ ।  स्मरण रहोस यस कार्यक्रमको प्रमुख अतिथीमा अलमेडाका मेयर आउने भनिएतापनि अन्तिम घडीमा विशेष कारणबस मेयर आउन नसकेकोजानकारी अध्यक्ष पाण्डेले जानकारी गराउदै केहि महिना अघि मेयरसितको भेटमा यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको जानकारी गराउदै आउदो दिनहरुमा सहकार्य गर्दै जाने जानकारी गराउनु भएको थियो । साथै वहाले यस कार्यक्रममा सहभागी हुन र सम्मान ग्रहण गर्न नेपालबाट मनोज गजुरेलाई निम्ताउन पाएकोमा खुशी व्यक्त गरेकाथिए भने यस क्षेत्रका सबैलाई सहयोग र योगदान गरेकोमा विशेष धन्यवाद दिएका थिए। साथै वहाँले अफनो संस्थाको बारेमा जानकारी गराउदै विगतका दिनहरमा यस संस्थाले गरेको योगदानको बारेमा प्रकास पारेका थिए । अध्यक्ष पाण्डेले संस्थाको तर्फाट मायाको चिनो र प्रशंसा पत्र मनोज गजुरेल लगायत यस क्षेत्रका गोविन्द शाहि ,भक्त थापा, विनोद भटटर्,र् इश्वर सापकोटा, , वि वि थापा, विश्णु गुरुंग, सगीता शर्मा, तेज र्राई, रोहित क्षेत्री, अनिल प्रधान हरिहर दाहाल, जुलिया सेपरसन लगायतका व्यतिहरुलाई प्रदान गरेका थिए ।
कार्यक्रमलाई हरिहर दाहाल र खुश्वु नेउपानेले संचालन गरेका थिए भने स्थानिय कलाकारहरुमा रत्तु लामा र वहाँका साथीले तवला र सितारमा शुमधुर धुन बजाएका थिए । त्यसैगरि संगीता र्समा, श्रीजना श्रेष्ठले क्रमस क्लासिक डान्स र नेपाली नृत्य प्रश्तुत गरेका थिए भने एक  जना अमेरिकी कलाकारले टयाप डान्सपनि गरेका थिए ।

 

  
  
 

कार्यक्रम निधारित समय भन्दा निकैे ढिलो प्रारम्भ भएतापनि दर्शकहरुले मनोज गजुरेलको हास्य कलाकारिताका कारण धर्ैय धारण गरेर अन्त सम्म बसेका थिए । वहाको पहिलो चरणको कार्यक्रममा कमला फुयालले साथ दिएकी थिईन जस्मा उनी पत्रकारको भुमिकामा थिईन भने गजुरेल नेपालका बर्तमान प्रधान मन्त्रि माधव कुमार नेपाल बनेका थिए । प्रधान मन्त्रि नेपालको शैलीमा नेपालको बर्तमान राजनैतिक परिवेश र नेताहरु र मन्त्रिहरुको स्वभाव कस्तो हुन्छ र जनतालाई भुलाउन के कस्ता बचन दिन्छन तर पुरा भने गर्न सक्दैनन् जस्ता विषय बश्तु देखि विदेश जाने क्रममा नेताहरु राष्ट्रिय कोषको दुरुपयोग गर्दै कसरी आफना स्वास्नी र संतानलाई लिएर हिडछन भन्ने बारेमा बडो रोचक तथा घोचक शैलाीमा प्रश्तुत भएका थिए ।

त्यस्तै वहाँको दोस्रो चरणको प्रश्तुतिमा वहाँले विभिन्न शैलीमा र विभिन्न विषयहरुमा बडो रोचक शैलीमा एकल स्टायन्ड अप कमेडिमा देश, काल परिश्थिति र नेपालको अहिलेको राजनैतिक वातावरण र संघियताको बारेमा खरो तर रोचक शैलीमा आफनो प्रश्तुति दिएका थिए भने केहि सयमका लागि भएपनि हलमा उपश्थित लगभग साडे पाच सय दर्शकहरुलाई हास्दा हास्दै नेपाल र नेपालको भविष्यको बारेमा अवगत गराएका थिए । साथै विदेशमा वस्ने नेपालीहरुको नेपाल प्रतिको माया र देश प्रेमको भावणालाई कदर गर्दै देश तथा विदेशम वस्ने हरेक नेपालीले नेपलाी पन, नेपाली भाषा, आफनो संस्कृति र देशभक्तिलाई बचाई राख्न हास्य शैलीमै भएपनि सबैलाई आग्रह गरेका थिए ।

त्यसै गरि गजुरेलले कार्यक्रममा उपश्थित धेरै भुटानी मुलका नेपाली भाषि दर्शकहरुलाईपनि सम्वोधन गरेका थिए र वहाँहरुको हक र अधिकारलाई कलाकार र नागरिक समाजको तर्फाट नेपालमा हुदापनि र यहाँपनि सधै आवाज उठाउने र सहयोगको हात र साथ दिइरहने जानकारी गराएका थिए । लगभग चार घण्टा जत्ति चलेको उक्त कार्यक्रमको अन्तमा समेत जब गजुरेल आफनो कार्यक्रम सकेर स्टेजबाट जादा समेत एकैजना दर्शकपनि उठेर हिडेका थिएनन् जस्ले के देखाउछभने दर्शकहरुलाई मन्त्र मुग्ध पारेर एकै स्थानमा बसाउन सकेको सायदै वे एरियाको कार्यक्रममा पहिलो पल्ट होला । साथै यस कार्यक्रमको राम्रो पक्ष भनेको सदाझै प्राय धेरै कार्यक्रमहरुमा हुे मदिराको विक्रि वितरण थिएन भने संस्थाको आवनै पहलमा तयार पारिएको नेपाली खानालाई बफे स्र्टाईलमा उपलव्ध गर्राईएको थियो तर कार्यक्रम स्थान र क्याफेटेरिया जहाँ खाना राखिएको थियो त्यो अलिक अलग स्थानमा भएकोले सोचे जत्ति दर्शकहरु ख्ाना खान गएका थिएनन् सायद कार्यक्रमको विच विचमा खानाको प्रबन्धको बारेमा त्यति जानकारी नभएकोले धेरैलाई कहाँ जाने भन्ने अन्योलताका कारण भोजन गृहमा कमै भिड देखिएको थियो । तर जे होस समग्र रुपमा भन्ने हो भने मदर ल्याण्ड नेपालको यो पाचौ बाषिर्क उत्सव भव्यताकासाथ सम्पन्न भएको थियो र हरेक दर्शक गजुलेरको कलाकौशलताको बारेमै चर्चा गरिरहेका थिए , जस्ले के बुझिन्छ भने वहाँले वे एरियाका दर्शकको मन जित्नसफल रहे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक