20100215

नेपाल माथि कालो चक्रब्युह र जमिम शाह हत्या

- शेखर ढुङेल  
आज नेपाल् को आकास माथि भारतिय कालो चक्रब्युहको कालो छाया डर लाग्दो रुपले मडारिन थालेको छ । आफ्नो दुषित पन्जा नेपाल मा फिजाएर् राजनीति स्थायित्व र शान्ति लाई मात्र तहस नहस पारेन अन्तरास्ट्रिय रुप मा बदनाम समेत गर्न थालेको छ । चाहे त्यो नेपाल मा पाकिस्तानी आतंककारी को चल खेल को कुरा होस वा नेपाल बाट भारतिय बिमान अपहरण हुन सक्ने हौबा फैलाएर यहाँ को सुरक्षा ब्यबस्था को तेजोबोध गर्ने गरि बिमान स्थल मा भारतिय एयर मार्सल राख्ने कुरो वा नेपाल को माओवादी ले भारतिय माओवादी लाई हतियार दिएको कुरो यो सब नेपाल लाई भारतिय सुरक्षा छाता मुनी राख्ने षड्यन्त्र मात्रै हो भारत को । हामी नत मस्तक छौ नेता हरु सत्ता को लागि रास्ट्रिय स्वभिमान , स्वतन्त्रता र स्वधिन बर्चस्व लाई एक पछि अर्को ले निसकोच तिलान्जली दिने क्रम......
____________________________________________ 
हार्दिक समबेदना
हाम्रा मित्र बिकास ओझा कि मामातामयी माता बिष्णु कुमारी ओझा को कास्की लेखनाथ मा असामयिक् निधन भएको खबर ले हामी स्तब्ध भएका छौं, यस् दु:खद घडी मा स्वर्गीय आत्माको चिर शान्ती को कामना गर्दै शोक सन्तप्त परिवार जनमा हार्दिक समबेदना प्रकट गर्दछौं।
- राम प्रसाद खनाल, ॠषि खनाल, सागर कंडेल, प्रकाश सुबेदी, ईन्द्र एबम उत्तरा श्रेष्ठ,  गगन कुँवर, राजेन्द्र कंडेल, मुक्त पौडेल एबम मनासस अमेरिका बासी सम्पूर्ण साथी हरु ।      
    _______________________________________________

बढ्दो छ ।
  भारतिय साउथ ब्लक को पछिल्लो शिकार भएका छन् नेपाल का एक रास्ट्रबादी मेहनती उध्यमी एबम संचार गृह सन्चालक जमिम शाह । युनुस अन्सारी पनि झुठो मुद्धा मा नै सहि जेल मा न भएका भए यही हालत हुने थियो । भारतिय संचार माध्यम मा '' र '' बाट प्रायोजित समाचार आइ राखेका छन् । नेपाल को एक प्रतिस्ठित ब्यापारी र संचार कर्मी को बिभत्स हत्या हुँदा सामान्य मानबिय सम्बेदन सिलता ब्यक्त गर्न कन्जुस्याइ मात्र गरेका छैनन् जमिम शाह लाई बढाइ चढाइ बदनाम गरि राखेको छ । हाम्रो सरकार ? सुतेको छ । त्यहा को दैनिक जागरण ले त यतिसम्म निर्क्रिस्टता ब्यक्त गर्‍यो की '' जमिम शाह को हत्या ले भारतिय सुरक्षा निकाय हरुले सन्तोष को स्वास लिएको छ '' ।भारतिय सुरक्षा निकाय हरु अपराधी ( जमिम शाह को हत्यारा ) लाई धन्यबाद दिने काम गर्दै छन् । भारत को यो द्वैद चरित्र ले ( उसको देश को माओवादी लाई आतंककारी को सुचिमा राख्द छ नेपाल को माओवादी लाई सत्ता मा पुर्याउद छ ) उसलाई पनि बदनाम गर्दै लागेको  छ । यो हत्या भारतीय दुताबास ले कुनै न कुनै बहाना मा युनुस अन्सारी लाइ झैँ जेल हाल्न प्रहरी लाइ दिएको दबाब ले सफलता पाउन न सके पछी दुताबास स्वयम ले भारतीय अपराधिक गिरोह प्रयोग गरिहत्या गराएको हो .  शाह को बिरुद्ध मा दुताबास कति सम्म नाङ्गो भएर प्रस्तुत भै राखेको थियो भन्ने कुराको प्रमाण तत्कालिन संचार मन्त्रि जे पि गुप्ता को किताब ‘’ अख्तियार को थुना मा , मेरो सम्झना ‘’ को पेज १०७ ले पनि स्पस्ट पार्दछ. राजा ज्ञानेन्द्र सित भारत रिसाउनु को अर्को कारण जमिम शाह प्रकरण पनि थियो .
यस घटना मा दुताबास को प्रतक्ष संग्लनता को अर्को प्रमाण हो सरकार  ले पूर्व न्यायाधिस गोबिन्द  पराजुली को अध्यक्षता मा गठन गरेको न्यायिक जाच  बुझ आयोग ले आज (०२ – १४ – २०१० ) सम्म पुर्णता नपाउनु हो दुता बास को निर्देशन मा झारा तिर्न को लागि आयोग गठन को नाटक गरेको हो . भारत ले ‘’ मुन्ना भाइ ‘’ सस्कृति लाइ नेपाल मा ‘’ ट्यापे ‘’ सस्कृति मा परिमार्जन गरेको छ . उता संचार मन्त्रि पाकिस्तानी र भारतीय झगडा को कारण जमिम को हत्या भएको भनि गैह्र जिम्मेवार कुरा गर्दछन . काम कुरो एका तिर कुम्लो बोकी ठिमी तिर सरकार को काम अपराधी पत्ता लगाउन हो किन र कसले घटायो बच्चा लाइ पनि थाहा भैसक्यो
.
एक जना  नाम बताउन न चाहने उच्च प्रहरी अधिकृत का अनुसार पूर्व  मन्त्रि दिल साद बेग  को हत्या , युनुस अन्सारी  लाइ लगाइएको झुटो मुद्धा र जमिम शाह को हत्या मा प्रतक्ष्य रुपमा भारतीय दुताबास र नेपाल प्रहरी का केहि उच्च अधिकृत को हात  छ . उनको भनाइ मा सैयौ उच्च तहका प्रहरी हरु भारतीय दुताबास को लागि उसको निर्देशन मा काम गर्दछन . दुताबास ले यस्ता प्रहरी , राजनीतिज्ञ , पत्रकार समेत लाइ बर्ष मा दुइ करोड भारु बराबर को बिदेशी रक्सि र चाड पर्ब मा नगद अनि तिनका सन्तान लाइ विभिन्न छात्रवृति दिने गर्दछ. यस्ता अपराध को जरो सम्म पुग्ने हो भने पहिले दुताबास को लागि काम गर्ने प्रहरी , नेता र पत्रकार को पहिचान गरि कार्यबाही गर्नु पर्दछ. र उनि हरु लाइ सजाय नदिने हो भने बानेस्वर काण्ड , डा . राकेस ( किड्नी रकेट अपराधि ) , दिल साद बेग वा जमिम शाह नियति ले निरन्तरता पाउने छ .

यो हत्या काण्ड मा केहि मिडिया पनि दुताबास को प्रभाब मा परेको देखियो . यस्तो प्रवृति रास्ट्र को लागि झनै घातक र चिन्तनीय बनेको छ . सहकर्मी को हत्यामा अनुसन्धनात्मक सुचना खोज्नु को साटो हल्का समाचार मात्र दिने काम भयो बिरोध मा शसक्त आवाज उठाउन सकेनन . नेपाल आज के जी बि र सी ई ए को झैँ ‘ र ‘ र आइ यस आइ को रणभूमि  बनेको छ .
जानकार सुत्र  का अनुसार ‘’ र ‘’ ले गराएको ( घटाएको ) अपराधिक काण्ड मा प्रहरी को अनुसन्धान लाइ दुताबास को निर्देशन मा शिथिल पारिन्छ . प्राप्त प्रमाण लाइ नस्ट पारिन्छ. जमिम शाह लाइ कुनै न कुनै मुद्धा मा फसाएर जेल हाल्न प्रहरी र गृह मन्त्रि लाइ पहिले देखि नै नै तिब्र दबाब परेको थियो . तर बिना प्रमाण जेल हाल्ने काम गर्न प्रहरी सफल हुन न सकेपछी दुताबास ले भारतीय अपराधि ? ( सी बि आइ ) को तालिम प्राप्त सदस्य बाट यो हत्या गरायो . दुताबास सित प्रतक्ष सम्पर्क र सहयोगी रहेका प्रहरी अधिकृत को यो काण्ड को अनुसन्धान प्रमुख बन्नु दुताबास बिरुद्ध प्रमाण फेला परे नस्ट गर्नु , हो अपराधी खोज्नु होइन भन्ने कुरा को प्रमाण त ‘’ प्रहरी ले हचुवा को भर मा हत्यारा ले नेपाल छोडी सकेको जस्तो हावादारी कुरो गर्नु र अपराधि खोज्न दुताबास को पैसा मा भारत तिर लाग्नु बाट स्पस्ट हुन्छ .
नेपाल मा भारत ले सरकारी स्तर बाट आतंक मच्चाई राखेको छ . यसको बिरुद्ध मा अन्तरास्ट्रिय जनमत तयार गर्ने काम रास्त्रबादी  नेपालि को हो . यस्ता अपराधिक  घटना , आरोप , प्रत्यारोप लाइ  रोक्न , देश भित्र चलखेल हुन नदिन नागरिक को बिरोध , खबरदारी , शसक्त कुटनैतिक पहल र देश भित्र को सुरक्षा मा बिस्वासिलो बाताबरण तयार गर्न सकेनौ भने नेपाल मा भारतीय ‘’ मुन्ना भाइ ‘’ हरु को आतंक बढ्दै जाने छ आज जमिम भोलि को ? 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक