20100214

'हाइ अलर्ट' घोषणा, नेपालीले सञ्चालन गरेको बेकरीमा विस्फोट, ९ को मृत्यु, सनाखत हुन सकेन, दुई नेपाली घाइते

शनिबार साँझ विस्फोट भएको महाराष्ट्रको पुणे सहरस्थित रजनिश आश्रमनजिकै रहेको जर्मन बेकरी नेपालीले सञ्चालन गरेको र त्यहाँ नेपाली कामदारहरु काम गर्ने गरेको खुलेको छ। सो बेकरी नुवाकोट स्थायी घर भएका गोपाल कार्कीले सञ्चालन गरेको बुझिएको छ। 'उनको पसलमा कार्यरत अधिकांश कर्मचारी पनि नेपाली नै थिए', कार्कीलाई नजिकबाट चिन्ने फणिन्द्र खड्काले........... बताए।कार्कीको परिवार हाल विजयश्वरीमा बस्दै आएको उनले बताए। घटनामा ९ जनाको मृत्यु भएको बताइए पनि सनाखत हुन सकेको छैन। भारतीय गृहमन्त्री पी चिदम्बरमले आज बिहान संवाददाताहरुसँग कुरा गर्दै एक विदेशीको मृत्यु भएको बताएका छन्। तर उनको राष्ट्रियता खुल्न नसकेको चिदम्बरमले बताए। भारतीय गृह सचिव जिके पिल्लेले घटनास्थलमा पत्रकारहरुसँग कुरा गर्दै दुई नेपाली घाइते भएको जानकारी दिएको भारतीय मिडियाले जनाएका छन्।  पिल्लेका अनुसार दुई नेपालीसहित चार इरानी, दुई सडानी, एक ताइवानी एक जर्मन नागरिक घाइते छन्।
घटनामा कूल ५७ जना घाइते भएका हुन्। उनीहरु मध्ये १९ जना डिस्चार्ज भइसकेका छन् भने ३८ जनाको उपचार त्यहाँका सात विभिन्न अस्पतालमा उपचार हुँदै गरेको एनडीटीभीले जनाएको छ। भारतीय च्यानल एनडीटीभीले अस्पतालको बेडमा रहेका बेकरीका घाइते कर्मचारीसँग लिएको अन्तर्वार्तामा टेबलमुनि रहेको ब्याग खोल्ने क्रममा विस्फोट भएको बताएका छन्। च्यानलले सुरक्षामा खतरा हुनसक्छ भन्दै घाइतेको पहिचान सार्वजनिक गरेको छैन। 'ब्याग मैले नेपाल घर भएका बेकरीका कर्मचारीलाई देखाएको थिएँ। उनले खोले कि के गरे मलाई थाहा छैन। उनी अहिलेसम्म सम्पर्कमा छैनन्', नेपाली लवजमा उनले अन्तर्वार्तामा भनेका छन।  गत वर्ष नोभेम्बरमा  मुम्बईमा भएको आक्रमणपछि भारतमा भएको यो सबैभन्दा ठूलो आतंकवादी आक्रमण हो। घटनापछि भारत भर 'हाइ अलर्ट' घोषणा गरिएको छ।
विस्फोट भएको बेकरी। तस्बिरः एपी

ओशो मुख्यालयनजिकै जर्मन बेकरीमा स्थानीय समयअनुसार शनिबार साँझ ७ बजे विस्फोट भएको थियो। घटनाका बेला रेस्टुरेन्टमा ठूलो संख्यामा स्वदेशी तथा विदेशी थिए। घटनास्थल नजिकै यहुदी केन्द्र पनि छ।



विस्फोट स्थल। तस्बिरः एपी



घटनास्थलमा अनुसन्धान गर्दै भारतीय प्रहरी। तस्बिरः एपी


घटनास्थलमा भारतीय प्रहरी अनुसन्धान गर्दै। तस्बिरः एपी


घटनास्थलमा आफ्ना आफन्त परे कि भन्दै बुझ्न आएका विदेशी पर्यटक। तस्बिरः एपी, - नागरिक/उमेश श्रेष्ठ,

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक