20100210

चियासपसलमा बसिरहेका ६ जनाको मृत्यु !

पूर्वबाट पश्चिमतर्फ गइरहेको से १ ख ६३२ नम्बरको ट्रक कैलालीको श्रीपुर गाविस लालपुरमा पल्टिँदा चियासपसलमा बसिरहेका ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। ट्रक पल्टिँदा उनीहरु च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरुमा करवीर सिंह खड्का, राजबहादुर ऐर, शेरबहादुर पार्की, हरि जोरा, द्यौले धोली र सलुवा थापा छन्। मृतक सबै श्रीपुरका हुन्। घटनामा गम्भीर घाइते उमेश जोशीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। दुर्घटनापछि ट्रक चालक फरार भएका छन्। मादक पदार्थ पिएर ट्रक चलाएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ। आफन्तको मृत्युमा विह्वल बनेका स्थानीयबासिन्दाले दोषीउपर कारवाहीको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

Comedian "Manoj Gajurel" Show in California
(Anil Pandey - President, Sajjan Pandey - Secretary of Motherland Nepal, in Between Comedian Manoj Gajurel)
Motherland Nepal is going to organize a Fund Raising Event on the occassion of its glorious 5th Anniversary with the comedy and pardoy fame - Manoj Gajurel. The Alameda Mayor - Ms. Beverly Johnson will be the Chief Guest. Kindly book your calendar and reserve your seats.......For detail information and releted videos Plz click Read More >> below .....


Date: February 13, 2010, Saturday
Time: 4:30-5:30 pm for food and the show starts at 6:00 p.m
Venue: Kofman Auditorium 2200 Central Ave Alameda, CA 94501
Ticket Price: VIP - $50.00 Purchase in Advance: $ 20 Purchase In Gate: $ 25 Purchase in Advance Group: $ 15 (50 tickets or more together) Student with valid ID: $ 15 Kids below 12: FREE

For information, please contact
Anil Pandey
510-457-8991


Anil Pradhan
510-384-0247


Ashok Gautam
650-892 4901


Buddhi maharjan
707-318 6713


Dinesh pokhareal
510-329-3360


Gita shrestha
510-384-0247


Kumar dong
415-990 7434


Narayan Basnet
510-329-3360

All Bacc and vask member please contact Bacc and vask for ticket.





"स्रष्टा र डिजिटल वार्ता" पुस्तक डिजिटल्ली बिमोचित
काठमाण्डौं,१० फरवरी/ " स्रष्टा र डिजिटल वार्ता" नामक पुस्तकको आज सर्वाधिक लोकप्रिय सामाजिक संजाल फेसबुकमा प्रा. डा. गोविन्दराज भट्टराईले डिजिटल्ली सार्वजनिकीकरण गर्नु भयो । वार्ताकार कृष्ण बजगाईंको २९० पेजको उक्त पुस्तकमा डायोस्पोरा र नेपालका गरी जम्मा २३ जना स्रष्टाहरुसँग अनुवाद, उत्तरआधुनिकता, डायोस्पोरा साहित्य, साइबर साहित्य तथा समकालीन साहित्यका बारेमा गरिएका डिजिटल कुराकानी समावेश गरिएको छ । नेपाली साहित्यमा यसखालको यो पहिलो पुस्तक हो ।

बिमोचित पुस्तकको बारेमा आफ्नो मन्तब्य राख्दै डा. भट्टराईले भन्नु भयो
- हाम्रा कर्महरु प्रविधिमा परावलम्बी हुन थालेका छन्। सिर्जना पनि आफैँ पूर्ण हुन छाड्यो, यसले दिने सन्देश प्रवाहित गर्न पनि प्रविधि चाहियो। त्यस्तो प्रविधिसँग मिलेर गरिएको सहकार्यले "स्रष्टा र डिजिटल वार्ता" तयार भएको छ। यसले डायास्पोरा, अनुवाद, साइबर जगत् र अनेक मार्जिनल चेतनाका विषयमा चिन्तन र अभ्यास नगरी नेपाली साहित्य अघि बढ्दैन भन्ने निष्कर्ष निकालेको छ।

उहाँले अगाडि भन्नु भयो-
यो नेपाली साहित्यमा सर्वथा नौलो र परिवर्तन सङकेतक ज्ञानमाला हो। विश्वभरिका नेपालीलाई जोड्ने यो पुस्तक नेपाली वाङ्मयको कोसेढुङ्गा हो। यसबाट हाम्रो अतीत र वर्तमान छुट्टिन्छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाबाट प्रकाशित उक्त पुस्तकका सम्पादक बेल्जियम निवासी कृष्ण बजगाईं हुन् । यस अघि उनको
'यन्त्रवत्' लघुकथासंग्रह, 'हिउँको तन्ना' हाइकुसंग्रह र 'रोडम्याप' लघुकथासंग्रह प्रकाशित भैसकेको छ भने 'ग्रेटवालदेखि इफेल टावरसम्म' उहाँको प्रकाशोन्मुख नियात्रा संग्रह हो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक