20100301

अमेरिकामा झन्डै ६ बर्ष : पत्याउनुस् नपत्याउनुस् मैले धेरै हण्डर, ठक्कर र धोका खाइसकेको छु, नेपाल फर्कने कल्पनाले पनि हावा खाइ सकेको छ

-Lekh Nath Gautam, Texas, USA
अमेरिकामा काम गर्न थालेको झन्डै ६ बर्ष पुगेछ । सुरुमा ईण्डियन रेस्टुराँमा काम सुरु गरे देखि उतार चढाव र उकाली ओराली हुँदै न्यू ब्रीड नामक कम्पनी सम्म आइपुग्दा मैले धेरै हण्डर, ठक्कर र धोका खाइसकेको छु । अमेरिका गएर ५ बर्षमा काठमाडौंमा घर घडेरी, चितवनमा भब्य आलिसान महल र ब्यवसाय गर्न मनग्य पैसोको जोहो गरी धनको ठुलो कुटिरो पारेर सान सित नेपाल फर्कने कल्पनाले पनि हावा खाइ सकेको छ । अमेरिकाको चिट्ठा पर्‍यो भनेर दंग पर्ने दाजु भाई र इस्टमित्र मात्र होईन गाउले र छिमेकी हरुको चित्त बुझाउन नसकेर उनीहरुबाट झन्डै झन्डै टाढा (disconnect) पनि भईसकिएको छ । "अम्रिका गए पछी मान्छे स्वार्थी हुदो रैछ, पैसो भए सबै हुदो रैछ, दाजु भाई इस्टमित्र नचाहिने रैछ" भन्ने बाणीहरु सुन्न पनि अभ्यस्त भैसकिएको छ । दिनभरको जोताइ, पट्यारलाग्दो जिन्दगी देखि वाक्क लागेर निकै स्वर्गै पुगिन्छ भन्ठानेर हाम्फालेको अम्रिका देखि बित्रिस्णा......
जागेको पनि थुप्रै बर्ष भैसक्यो । श्रीमती नेपालमा, छोराछोरी नेपालमा, बुवा आमा नेपालमा, इस्टमित्र नेपालमा छोडेर सुरुमा उमंग साथ बिदेश छिर्दाको आनन्दले पनि उहिल्यै बिस्राम लीइसक्यो । तर जति बस्यो उती फस्यो हुँदै जादै छ । फर्किन्छु भन्यो फर्किनै मिल्दैन । कसरी फर्कने, न नेपालमा प्रसस्त जोडियो न आफुसँग पैसा छ । ठुलो तारे होटेलको कुरै छोडौ, सडक छेउको सेकुवा पसलमा बसेर सेकुवा ढुक्क सँग खान सक्ने हैसियत अझै बनेको छैन । पत्याउनुस् नपत्याउनुस् ।

होईन कुरो यसले के गर्न खोजेको हो ? तपाईंलाई बुझ्न मुस्किल भयो होला । ल सुन्नुस् । कुरो हिजोको हो, फेब्रुअरी २३, २०१० को । नेपालबाट फर्के पछि शुक्रबार शनिबार र आईतवार तिनदिन काम गरेर ४ दिन काम न काज सँग घरमै थन्किएर बसेको थिए । २ महिना हुन थाले पछी र क्रेडिट कार्ड एबम घरको खर्च त्यो ३ दिन काम गर्ने र ४ दिन हल्लेर नपुग्ने भए पछि ओभरटाइम गर्ने निधो गरे । ३ दिन्मा ३६ घण्टा अब बाँकी २ दिन २० घण्टा ओभर टाइम हान्नु परो भने मन्मनै योजना बनाए । ५ दिन्मा ५६ घण्टा हुने भयो । ४० घण्टा भन्दा बढी १६ घण्टाको डेढीको डरले पाइने भएकोले लग्भग हप्तामा ६४ घण्टाको हिसाब हुने भयो । ६४ घण्टाको प्रति घण्टा ९ को डरले हिसाब गर्दा $५७६ र ट्याक्स घटाउदा ४५० जति हप्ताको गोजिमा आउने भयो । महिना भरिमा घरमै आफै पकाएर खादा, थोत्रो गाडी चडेर हिड्दा, बाहिर जानु परे कसैको गाडिमा बसेर हिडेर, जन्मदिनको पार्टी लगाएत गिफ्ट लैजानु पर्ने ठाउमा फुर्सदै छैन भनेर पन्छिएर अनी घरमा सन्नी डि नामक नमिठो जुस पिएर बस्दा पनि $८०० चुना लाग्ने भयो । $१८०० मा $८०० खर्च भए पछि $१००० र त्यसलाई बढी बनाउन नेपाली रुपैयामा लैजादा लग्भग अहीलेको बैंकको रेट अनुसार ७३००० चानचुन हुने भयो । मन्मनै नेपाली मास्टरी गर्दाको कुरो याद आयो । महिना भरी चक र डस्टरको धुलो खाएर बर्समा ६०००० रुपैयाँ बुझ्ने यो बबुरोलाई महिनामै ७३००० ? मन्मनै दंग परे । ओभरटाइम हान्ने निधो गरे ।

सोमबार दिन त्यसै बित्यो । मंगलवार ओभर्टाइम थियो । रातभर कामको बारेमा सोची रहे । रकम बढी देखियोस भनेर त्यो हजार डलर लाई बर्सदिन र अझै ५ बर्षको हिसाब गरे । $६०००० भयो । मज्जाले निद्रा लाग्यो । कल्पना गर्दा गर्दै मज्जाले निदाएछु । सपनामा मज्जाले काम गरेको, म्यानेजरले गुड जब भनेर पिठ थम्थमाएको देखे । धेरै अमेरिकी लाई जस्तै मलाई पनि अल्पनिद्राको रोगले बिहानै ब्युझिए । काम काज केही छैन बिहानै ब्युझेर के गर्नु । बाहिर टेक्सास भए पनि मुटु काम्ने जाडो छ । कोठा भित्र के गरेर बस्ने । कृष्ण जेठान पनि बिहानै काममा गैसके । ओल्तिर पल्तिर पनि मिल्ने साथीहरु कोही छैनन्, भए पनि जाडोमा कहाँ जानु । घरमै थेच्चिएर बसे । ईन्टरनेटमा लोकप्रिय अन्लाईन पत्रीका र ब्लग हेर्दै बसे । साँढे तीन बजे बाट सुरु हुने काममा जान खड्गजी २ बजेनै टुप्लुक्क आइपुग्नु भयो । दिउसो लन्च ब्रेक (बेलुकी भए पनि अंमेरिकामा कामको बीचको टिफिन टाइमलाई लन्च भन्ने चलन छ) मा खाना नमिठो खाले चाउचाउ पकायर रेडी राखे । एउटा अमिलो स्याउ र रस नभको सुन्तला पनि पोको पारे तर जाने बेलामा गफको सुरमा त्यो पनि भुसुक्कै बिर्सेछु ।

साँढे तीन बजे ओभर्टाइम सुरु भयो । सदाझै बिग्रे पछी ग्राहकले फर्काएर मर्मतलो लागि पठाउने कम्पनीको काम भएकोले हाम्रो काम फोन चेक गर्ने थियो । । विकएण्ड(हप्ताको अन्तिम दिनहरु)को काम भएकोले काम मा त्यती प्रेसर थिएन तर यहाँ अली फरक छ भन्ने सुने । सुपर्भाइजर कडा छ भन्ने पनि कानमा आइपुग्यो । घण्टाको ३० वटा फोन गर्नै पर्छ भन्ने पनि गाइगुइ सुने । ओभरटाइम भएकोले कहाँ काम गर्ने निधो थिएन । बिल्डिङको भित्तामा मजस्तै ओभर्टाइम वालाहरु संगै उभिएर बसे । येत्तिकैमा एउटा मोटो गोरे आयो । उसको ओजन करिब ११० केजी थियो होला । राम्ररी कपाल नकाटेको त्यो मोटे देखेर सुरुमै मेरो मन्मा सङ्का उत्पन्न भयो । उसले पालो पालो सबैलाई काम गर्ने ठाउँ देखायो । मलाई पनि रिसाए जस्तो गरेर स्टेसन देखाइदियो । त्यो मान्छे सित किन हो किन मेरो रिस उठ्यो तर पनि काम हो खुरुखुरु गरि हाल्छु केको डर भन्ने सोच्दै ४०/५० वटा जति बिभिन्न मोडेल्का फोनहरुका ब्याट्री, तिनका चार्जर, हेडसेट लिएर आफ्नो स्टेसनमा राखेर ओभर्टाइम सुरु गरे । सुरु त गरे तर मन्मा डर लागि रह्यो । संगै काम गर्ने मान्छे कस्ता छन्, सुपर्भाइजर कस्तो होला कौतुहलताले जिउ र मन गरुङो भैरह्यो । ३ घण्टा बिते पछी टेन्सन सुरु भयो । त्यो मोटे हाम्रो पछि आउँदै उभिदै फोनको नम्बर हेर्न थाल्यो । ब्ल्याकबेरी फोनको कस्मेटिक र फङ्सन टेस्ट गर्न अली धेरै समय लाग्छ । दुर्भाग्यबस मलाई त्यहि ब्ल्याक्बेरी फोन नै पर्‍यो । कम्प्युटरको स्क्रीनमा हेर्दै तेरो यही हो नम्बर अहीले सम्म भन्दै मेरो दिमाग चाट्यो त्यो मोटेले । मलाई रिस उठ्यो तर म केही गर्न सकिन । शायद अरुको पनि नम्बर त्यती राम्रो थिएन क्यारे, सबैलाई मीटिङ भनेर बोलायो । कम्प्युटरमा क्याल्कुलेटर खोल्यो र घण्टाको २५ वटाको दरले किन बनाउन नसकेको भनेर झपार्यो । यदि यो नम्बर बनाउन सकिन्न भने काममा नै आउनु पर्दैन भनेर उर्दी जारी गर्‍यो ।

मलाई दिनभर खुस रिस उठीरह्यो । त्यो मोटे एता उता गर्दा पनि नेपालिमा मज्जाले गाली गरे । अनी फोन चेक गर्दै नेपालको झल्झली सम्झना आयो । मास्टरी गर्ने बेलामा अल्छी लाग्यो भने क्लास वर्क दिएर कुर्चिमा निदाएको याद आयो । पढाउन जागर लागेन भने आज टेस्ट लिन्छु भनेर विद्यार्थीलाई टेन्सन दिएको पनि सम्झन पुगे । घरमा घास काट्न जा भनेर बुवाले भन्दा किताब समातेर पढेको जस्तो गरि ठगेको कुरा पनि मनमा ताजा भएर आए । घास काट्न जादा घास काट्न अल्छी लागेर लामो लामो घास डोकोमा ठाडो पारेर भरिए जस्तो बनाएर ल्याएका कुराहरु पनि सिनेमाको पर्दामा झै मन्मस्तिस्कमा आइरहे । आफु जन्मेको देशमा त्यसरी सजिलोसँग जिन्दगी काटेको तर स्वर्ग भनिने यो कुइरेको देशमा भने सधैं हैरान, मन्मनै सरापे । ती पहाड, तराइको सम्मो फाट अनी गगनचुम्बी हिमालहरुमा यस्तै मिहिनेती हातहरु पर्ने हो भने कस्तो हुदो हो त्यो भन्ने लाग्यो । आफ्नो देशमा यो गर्न हुन्छ र यो गर्न हुन्न भनि हात समातेर बस्ने तर बिदेशमा जस्तो काम पनि गर्न तयार हुने हाम्रो खराब बानी देखि धिक्कार लागेर आयो । कल्पनाको सागरमा डुब्दा डुब्दै घण्टाको ३० वटा गर्नु पर्ने फोन जम्मा २२ वटा भयो तर त्यो मान्छे अन्तिममा आएन । फेरी किच्किच गर्‍यो भने टीसर्टले हानेर हिडुला जस्तो भएको थियो तर त्यस्तो केही भएन । १० घण्टाको सिफ्ट सकियो । भेडा बाख्रा झै मान्छेहरु रातको २ बजे बाहिर निस्के र आफ्ना गाडी तर्फ लागे । हामी पनि गन्तब्य तर्फ लाग्यौ ।


यस्तो सस्था खोले कसो होला ? हि हि हि ....
- शेखर ढुङ्गेल, अमेरिका
लाइफमा जस लाइ पनि के गरु कसो गरु ? यसो गर्न पाए हुन्थ्यो उसो गर्न पाए हुन्थ्यो भन्ने त भै हाल्हाछ नी होइन अनि म किन पछाडी हट्नु ? लार्यांग बर्यांग जिन्दगि का गोरेटो हरु तय गर्दै गर्दा अनेकौ डेढ अक्कली  गफाडी गोर्खाली हरु सीत सामना गरेको छु .  जो सत्य लुकाउन तिन भकारी झुठ को पर्दा हाल्छन  . म ति डेढ अक्कली बाट प्रभाबित र प्रगाडित छु र पनि पछ्याउदै छु त्यसैले सस्था खोल्न ज्यान छोडेर कट्टु तान्दै दौडेको छु . हेरौ कतै गाला चिल्लो र मुख रसिलो भै हाल्दछ कि ? कतै गोटा दुइ चार चार पाटे कागज को टुक्रा लिन दिन पाइन्छ कि ? म अमेरिका मा भुखमरी मा हात उठाएर पलायन भएको १० बर्ष बितेको महान दिन को उपलक्ष मा पारेर एउटा सस्था खोल्ने जमर्को गरिराखे को छु सहयोग लागि सबै  सीत हात खुट्टा पसारी हा हा हि हि गर्दै निबेदन गर्दछु . जसले बिरोध गर्छ त्यसको मेरो सस्था मा खुट्टो हाल्न पाउने छैन . अहिले नै चेतावनी को झटारो फ्याक्द्याछु .
मेरो देश , मेरो सस्कृति , मेरो झुप्रो घर , मेरी जन्म दिने आमा , मेरा इस्ट मित्र साथी भाइ , मेरो झन्डा , मेरा पाखा बारी , मेरो पहाड मेरो हिमाल , मेरो देश को हाबा पानि , झरना ताल लेक बेसी मेरो आस्था को राजनीति , मेरा नेता केहि पनि मेरो अनुकुल भएन भन्दै चप्पल ठटाएर विदेश पलाएन भएको मलाइ यहाँ घर घर मा घर परिवार कै असहमति को बाबजुद भाषा सस्कृति , जात भात रास्ट्र प्रेम समाज सेवा का का नाम मा धुप हाल्ने घण्ट बजाउनेसंख फुक्ने सस्था खुलेको देखेर डाहा छटपट्टि भएको छ मैले सस्था खोलेर अधक्ष नबनुन्जेल निन्द्रा फर्केर आउदिन भनि गएकी छे . मैले पनि जमिन्दार ले लेखनदास सित ऋणी हरु को सुची मागे झैँ परि वार बाहेक मैले भनेको कुरो नाइँ नभन्ने को खोजि गरे परिवार नातेदार अनि आफ्नो कुरो मा चू समेत आनाकानी नगर्ने को सुची तयार पारेको छु तिनै लाइ टिका लगाई दिन्छु आशिर्बाद दिन्छु र स गौरब घोषणा गर्ने तयारि मा छु कोइ हुनुहुन्छ ? बेलै मा निबेदन हाल्नुस . गोहीका आशु को प्रयार्बाची बनेको मेरा जस्ता सस्था लाइ न त दर्ता को आबस्यकता  न त  न त् खर्च को लेखा जोखा न त् लेखापाल न त् वकिल '' बाउको नाम झारपात छोरा नाम पावर हाउस '' भने जस्तो आत्मरति मा रमाएर मै ठालु मै यो समाज को ठेकेदार भन्दै साउने झरी मा भिजेको लीडझैँ फुल्न मलाइ पनि रहर जाग्यो , कहिले यसलाई त कहिले उसलाई लडाउने खेल खेल्दै चुरी फुरी नौटंकी चर्तिकला गर्न जोस आएको छ मन मा गंगा नदि झैँ भावनाका प्रबाह प्रफुस्टितभएको छ . म मा कता कता बाट सौर्य उर्जा प्राप्त भएको छ . म सबै बाधा अडचन , लाज , कमजोरी , मुर्ख्याई लाइ पाखा लागाउदै अगाडी बढ्न सक्ने क्षमता वान भएको छु . अब म गम्भीर होइन घोडा झैँ हा हा हि हि गर्दै थुक निकाल्दै हास्न सक्ने भएको छु . म मा आज अब जो सुकै लाइ लाभ र हानि हेरी प्रयोग र फ्याक्न सक्ने खुबी बिकास भएको छ . मलाइ गधा नै किन नहोस तत्काल लात्ताले हान्दैन भने सम्मान गर्न हिच्किचाहट नहुने अचम्मको शक्ति प्राप्त भएको छ . मैले भर्खर बुझ्न थाले झुठ मुठ को नौटंकी मा नै छ उच्च जीवन प्रतिस्ठा र आनन्द . हिन्दी फिलिम ले मलाई बुद्धि सिकाको छ '' टेन्सन लेनेका नही देनेका '' भन्ने म त्यहि आइडिया प्रयोग गर्छु .
अब म हिजो जस्तो अक्कल को होइन डेढ अक्कल को काम गर्ने जोस मा छु . मलाइ थाहा छ मैले भनेको कोइ ले सुन्दैन अरु त् अरु मेरै परिवार पनि तर म मेरो डेढ अक्कली बुद्धि प्रयोग गर्छु जे गर्न पनि सफल हुन्छु किनकी मैले अरु लाइ असफल पार्ने उत्तम कला सिकेको छु . त्यस्तै परे नेपाल को पच्चीसै दल को झन्डा छातीमा टास्न पनि म रेडी छु . सफलता पाउन त्यति पनि नगर्ने म मुर्ख हो र गाठे !सस्था खोल्ने पक्का पक्कि गरेकोछु . स्वयम आजन्म अधक्ष बन्न ज्यान गए जाला छोड्ने कुरो भएन ! परिवार र आफन्त जोड्दा सस्था खोल्न मेरो कोरम पुग्छ यसलाई विस्वव्यापी बनाएर छाड्छु कमसेकम एक पटक भेटेका कुनैं कुनै देश मा कोइ छन तिनको नाम राख्छु नाम को लागि आमरण भोका प्यासा टपर टुइया हरु को के कमि तिनको नाम राख्छु . मेरो डेढ अक्कली बुद्धिले सस्था को नाम भने जन्माउँन सकेको छैन खोइ के नाम राख्ने ? मेरो मानसिकता जस्तो हो भने ''रणभूमि नेपाल '' वा '' स्वार्थ को भकारी बिस्व संजाल नेपाल '' राखौ कि ? खैर नाम राख्दै गरौला बरु आत्म प्रचार को लागि पो के उबद्रो गर्ने होला ? कसलाई छान्ने होला कसरि बेबकुफ बनाउने होला जस्तो महान सल्लाह कसले देला ? त्यता पो सोच्नु परो नी हो मैले !
उदेश्य त सस्था को अरु लाइ उछिन्ने हुनै परो अरुले के गर्दैछन ? पता लगाउनु पर्यो र तिनले गर्नु भन्दा पहिले मैले गरेर तिनलाई तिन बल्त्यांग पारेर लडौं न नसके तिनलाई पछाडी पार्न नसके मेरो त् यो डेढ अक्कले बुद्धि को के काम ? यो घर मा खोलेको सस्था को के अर्थ ? म थोडै हिनताबोध महसुस गर्ने र आफ्नो गल्ति देख्ने मनुवा हु कि क्याहो ?  . अरु को टाउको मा दोष थुपार्न सक्ने लाखौ लाख बहाना र सुत्र को धनि पो हु म . मेरो डेढ अक्कले बुद्धि मा सस्था को उदेश्य पनि कसैको भन्दा कम हुने छैन भन्ने मा म ४ सय प्रतिसत घमण्ड का साथ ढुक्क छु  अरु ले जे सोचुन बाल मतलब ?म आफ्नो विचार मा पत्थर जस्तो  महान रास्त्रबादी ( बिदेस मा धुलो चाटीरहेको ) हु त्यसैले यो सबैले इमान्दारी साथ दाया बाया नहेरी सहयोग ( मेरो योग्यता , उचाई , नैतिक आचरण नसोधी बस्नु होला थाहा पाएर लडिबुडी किन्न खेल्नु बित्थामा ?) गर्नु भयो भने र मैले हज्जारौ मिलियन डलर जम्मा गर्न सके भने '' सर्ब प्रथम त् एउटा रास्त्रबदिको नाता ले र सबै लाइ उछिन्नु पर्ने भएको ले गंगा नदि को पानि लाइ अत्याधुनिक फाउन्टेनमेशिन बाट तिब्बत तर्फ नै फर्काउने काम गर्ने छु . दोस्रो नेपाल का पचिसै दल का नेता लाइ कम्तिमा ५ बर्ष को लागि अमेरिकी रास्त्रपति को प्रतक्ष रेख देख मा हुने प्रशिक्षण कार्यक्रम मा सहभागी गराउने छु . तेस्रो नेपाल मा तोडिएका पृथ्वी नारायण शाह हुन् कि भानु भक्त का सालिक देखि नया बनाउनु पर्ने बि पि पुस्पलाल र प्रचण्ड को सालिक लाइ ह्वाइट हाउस अगाडी स्थापना गराउने छु . चौथो नेपाल मा गरिब र धनि को रेखा मेटाउन बिहारी लाइ नेपाल मा समायोजन  गरि शसस्त्र पारिने काम मा सहयोग पुर्याउने छु   तर मलाइ यो सस्था को आजिबन अधक्ष र नेपाल बिहार  सयुक्त सरकार को अमेरिक को लागि आजन्म राजदुत बनाउनु पर्ने छ नत्र किन म मेरो घर मा सस्था खोल्ने ? भनेर भने कसो होला हि हि हि .....

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक