20100302

माओवादीसित सत्ता बाँडफाँडबारे छलफल गर्न नेपाली कांग्रेस र नेकपा एमाले तयार, छ शर्त !!!

आफ्नै नेतृत्वमा सरकार बनाउनु पर्ने माग गरिरहेको एकीकृत माओवादीसित सत्ता बाँडफाँडबारे छलफल गर्न नेपाली कांग्रेस र नेकपा एमाले तयार भएका छन्। तर त्यसका लागि छ वटा शर्त पूरा उनीहरुले राखेका छन्। शक्ति बाँडफाँडका विषयमा छलफल गर्नुअघि पूरा गर्नुपर्ने अहिलेसम्मको शान्तिसम्झौताको समीक्षा गर्नुपर्ने भन्दै राखेका छ शर्तहरु-
• व्यक्तिगत घरजग्गा र सम्पत्ति फिर्ता गर्नुपर्ने,
• दलहरूबीच विश्वासको वातावरण बनाउनुपर्ने,
• राजनीतिक गतिरोध अन्त्य गर्नुपर्ने,
• माओवादी लडाकु व्यवस्थापन गर्नुपर्ने,
• पुनर्स्थापना तथा समायोजन गर्नुपर्ने र
• संविधानसभामा भएका मतभेद अन्त्य गर्नुपर्ने

आज बस्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकका लागि एजेन्डा तय गर्न कांग्रेस संसदीय दलको कार्यालयमा हिजो बसेको कांग्रेस र एमालेको संयुक्त कार्यदलले यी शर्तको एजेन्डा बनाएका हुन्। संयन्त्रको बैठक गोदावरी भिलेज रिसोर्टमा.....
बस्दैछ। लामो समयदेखिको राजनीतिक गतिरोध अन्त्य गर्नका लागि तयारीसहित बैठक बस्न लागेको हो। बैठकमा स्वास्थ्यका कारण संयन्त्रका संयोजक गिरिजाप्रसाद कोइराला अनुपस्थित हुने भएका छन्। बैठकमा कांग्रेसको नेतृत्व रामचन्द्र पौडेलले गर्दैछन्। एकीकृत माओवादीले सयुक्त राष्ट्रिय सरकार गठन गरी तोकिएकै मितिमा संविधान घोषणा गर्ने सुनिश्चितता भए अन्य मुद्दामा लचकता अपनाउने धारणा बनाएको छ। सेनापति प्रक्ररणमा राष्ट्रपतिको कदमविरुद्ध आन्दोलन गर्दै आएको माओवादीले मंगलबार हुने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा लचक हुने धारणा बनाएको हो। 'शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्‍याउन तोकिएकै समयमा संविधान घोषणा हुने सुनिश्चित भए अन्य मुद्दामा लचकता अपनाउन सकिन्छ' माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने। माओवादीले राष्ट्रपतिको कदमलाई कुनै न कुनै रुपमा सम्वोधन गरे राजनीतिक गतिरोध अन्त्य गर्न वाधक नबन्ने बताएको छ। तर गतिरोध अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार र जेठ १४ भित्रै संविधान घोषणा गर्ने विषयमा सत्तासीन कांग्रेस र एमालेले सुनिश्चितता गर्नुपर्ने सर्त उसले राखेको छ।

उता, कांग्रेस र माओवादीले भने माओवादीले सेना समायोजन र संविधान लेखनमा सहमति गर्ने प्रतिवद्धता जनाए सरकार परिवर्तन गरी संयुक्त सरकारमा जान सकिने धारणा बनाएका छन्। कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको दुई दलको बैठकमा माओवादीले शान्ति प्रक्रिया र संविधान तोकिएकै समयमा घोषणा गर्ने विषयमा सहमत भए ससर्त सरकार परिवर्तन गर्न सकिने धारणा बनाएका छन्। 'माओवादीले प्रतिवद्धता जनाएका विषयह्रू कार्यन्यन गरेपछि मात्रै सरकार परिवर्तन लगायत मुद्दामा छलफल गर्न सकिन्छ' कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भने।

कांग्रेसले वाइसीएलको अर्ध सैनिक संरचनाको अन्त्य, कव्जा गरिएका सम्पति फिर्ता र हिंसा अन्त्यको सार्वजनिक घोषणा माओवादीले गनुपर्ने अडान राखेको थियो। सत्तारुढ दुई दल कांग्रेस र एमालेले विगतका सहमतिहरुको समिक्षा, दलहरुबीच विश्वासको वातावरण तयार गर्ने, गतिरोध अन्त्य, सेना समायोजन र पुनस्थापनामा सहमति र संविधान निर्माणामा देखिएका मतभेदमा माओवादीले सहमति गरे सरकार परिवर्तनमा जनासकिने धारणा बनाएका हुन्। 'बैठकमा पेश हुने पाँच एजेण्डामा माओवादी सहमत भए सत्ता परिवर्तन गर्न कांग्रेस र एमोल तयार हुने निष्कर्ष निकालेको छ' वैठकमा सहभागि एक नेताले भने। यसअघि वसेको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकले मंगलबार हुने बैठकले सबै समस्याको प्याकेजमा समाधान गर्ने निर्णय गरेको थियो। बैठकमा एमाले अध्यक्ष झलनाथ खनाल र भरतमोहन अधिकारी, कांग्रेस संसदीय दलका नेता पौडेल, कृष्ण सिटौला र रामशरण महत सहभागी थिए। दुई दलीय बैठकपछि एमाले नेता केपी ओली र माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच छुट्टै वार्ता भएको थियो।

'केही दिनमै माओवादी नेतृत्वमा सरकार'

माओवादी अध्यक्ष प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्रमा माओवादी नेतृत्वको सरकार गठनसम्बन्धी विषय प्रवेश भइसकेकाले केही दिनमै आफ्नो पार्टर्ीीरकारमा जाने दाबी गरेका छन् ।
अयोग्य लडाकू बहिर्गमनपछि पहिलो पटक चितवनको शक्तिखोर शिविरका लडाकूहरूलाई प्रशिक्षण दिँदै सोमबार प्रचण्डले सो दाबी गरेका हुन् । 'राजनीतिक संयन्त्रमा हाम्रो पार्टर्ीीे नेतृत्वमा सरकार गठन गर्ने विषय पहिलो मुद्दाको रूपमा उठेको छ,' सेना समायोजन र शान्ति प्रक्रियाबारे  केही प्रगति नभएको भन्दै असन्तुष्ट लडाकूमाझ प्रचण्डको आश्वासन उद्धृत गर्दै एक सहभागीले राजधानीसँग भने, 'अब केही दिनमै सरकारको नेतृत्व हामी गर्र्छौं ।'
अति गोप्य भनिएको सो लडाकू प्रशिक्षणमा महासचिव रामबहादुर थापा 'बादल', माओवादी नेताहरू वर्षमान पुन 'अनन्त', नेत्रविक्रम चन्द 'विप्लव', जनार्दन शर्मा 'प्रभाकर'लगायत पनि थिए । प्रचण्डले शान्ति प्रक्रिया र संविधान लेखनमा संयमित हुन लडाकूहरूलाई निर्देशन दिए । 'तपाईंहरू कत्ति पनि विचलित नहुनु, शान्ति प्रक्रियालाई निचोडमा पुर्‍याएरै छाड्छौं,'  प्रचण्डले भनेका थिए, 'अब धेरै समय शिविरमा पनि बस्नु पर्दैन ।'
संविधानसभाको मुद्दा उठाउने पहिलो पार्टर्ीीाओवादी नै भएको उल्लेख गर्दै उनले संविधान जारी गर्न पनि संयमित भएर लाग्नुपर्ने आग्रह गरे । 'तपाईंहरूको भूमिकाको पार्टर्ीी उच्च मूल्यांकन गरेको छ,' लडाकूहरूसँग प्रचण्डको अनुरोध थियो, 'जबसम्म शान्ति स्थापना हुँदैन, यसरी नै बस्नुहोला ।'
लडाकूको मागबारे आफूहरूबाट कुनै गल्ती नहुने वचनसमेत उनले दिएका थिए । 'माओवादीलाई एक्ल्याएर शान्ति प्रक्रिया भंग गर्ने षड्यन्त्रमा अन्य दल लागिपरेका छन्,' प्रचण्डको भनाइ उद्धृत गर्दै अर्का एक सहभागीले भने, 'तर पनि तपाईंहरू नआतिनूस्, हामी फेरि हतियार उठाएर जंगल जाँदैनौं ।'  बिहान १० बजेदेखि सुरु भएको प्रशिक्षण साँझ ६ बजेसम्म्ा चलेको थियो । प्रशिक्षणको लागि सातवटै डिभिजनका बटालियन सहकमान्डरभन्दा माथिका लडाकू सहभागी थिए ।
अनमिनको मापदण्डमा नपरेका लडाकू बिदाइको समीक्षा, सेना समायोजन, लडाकूको तलब-भत्तालगायत विषयमा पनि माओवादी नेताहरूले लडाकूलाई सम्झाउने प्रयास गरेका थिए ।
यसअघि गत जेठको तेस्रो साता प्रचण्डले जुटपानीनजिकको शक्तिखोर शिविरमा लडाकूहरूलाई दिएको गोप्य प्रशिक्षणको विवादास्पद भिडियो र्सार्वजनिक भएपछि माओवादीले थुप्रै आलोचना खेप्नुपरेको थियो । यस पटकको प्रशिक्षण निकै कडा सुरक्षाबीच अत्यन्त गोप्य तवरले आयोजना गरिएको स्रोतले बतायो ।

फिल्मफेयर अवार्डमा 'थ्री इडियट्स' उत्कृष्ट फिल्म घोषित
यस वर्षको फिल्मफेयर अवार्डमा 'थ्री इडियट्स' उत्कृष्ट फिल्म घोषित भएको छ। मुम्बईमा शनिबार राति भएको समारोहमा राजकुमार हिरानीको यो फिल्मले जम्मा ६ वटा अवार्ड पायो।
बलिउडको इतिहासमै सबभन्दा बढी कमाइ गर्ने फिल्मको रेकर्ड बनाएको यो फिल्मका लागि राजकुमार हिरानीले उत्कृष्ट निर्देशकको अवार्ड पनि पाए।
फिल्म र निर्देशकका अलावा 'थ्री इडियट्स'ले सहअभिनेता (बोमन इरानी), कथा, पटकथा र संवादको पनि अवार्ड पायो। फिल्म 'पा'का लागि अमिताभ बच्चन उत्कृष्ट अभिनेता र यही फिल्मका लागि विद्या बालान उत्कृष्ट अभिनेत्री भए। उत्कृष्ट अभिनेता र अभिनेत्रीका क्रिटिक्स अवार्ड क्रमशः रणवीर कपुर (रकेट सिंह) र माही गिल (देव डी)ले पाए।


प्रायः ठूलो व्यापार गरेका सूत्रवद्ध फिल्मलाई दिइने यो लोकप्रिय अवार्डमा यसपटक भने दुई फरक किसिमका फिल्म 'देव डी'ले ६ र 'फिराक'ले ५ वटा अवार्ड पाए। अनुराग कश्यपको आधुनिक देवदास 'देव डी'ले अभिनेत्रीको क्रिटिक्स अवार्डबाहेक सहअभिनेत्री (कल्की कोचलिन), सिनेमाटोग्राफी, प्रोडक्सन डिजाइन, पार्श्व संगीत र नयाँ संगीत प्रतिभाको आरडी बर्मन अवार्ड पायो। यो फिल्मका संगीतकार अमित त्रिवेदीले यी दुवै अवार्ड पाए।
अभिनेत्री नन्दिता दासले निर्देशन गरेको पहिलो फिल्म 'फिराक'ले उत्कृष्ट फिल्मको क्रिटिक्स अवार्ड पायो भने नन्दितालाई विशेष अवार्ड दिइयो। यो फिल्मले सम्पादन, भेषभुषा र ध्वनिको पनि अवार्ड पायो।
संगीतका पाँच विधामध्ये तीनमा 'दिल्ली ६'ले कब्जा जमायो। यसका लागि एआर रहमान संगीतकार, मोहित चौहान गायक र रेखा भारद्वाज गायिका घोषित भए। रेखासँग गायिकाको अवार्ड 'वेक अप सिड'का लागि कविता सेठले पाइन्। 'वेक अप सिड'का निर्देशक अयान मुखर्जी र 'लक बाई चान्स'की निर्देशक जोया अख्तरले नयाँ निर्देशकको अवार्ड पाए।
हिन्दी सिनेमालाई पुर्‍याएको योगदान वापत दिइने लाइफटाइम अचिभमेन्ट अवार्ड अभिनेता शशी कपुर र संगीतकार खैयामलाई दिइयो। लोकप्रिय १० विधाको मनोनयनमा सबैलाई उछिनेको विशाल भारद्वाजको फिल्म 'कमिने'ले भिजुअल इफेक्टको एउटामात्र अवार्ड पायो।
उत्कृष्ट अभिनेताको अवार्ड पाए पनि अमिताभ बच्चन भने समारोहमा उपस्थित भएनन्। अवार्डको दुई दिनअघिमात्र उनले समारोहमा नजाने बताएका थिए। बुहारी ऐश्वर्याका बारेमा अवार्ड आयोजक संस्थाकै पत्रिका 'मुम्बई मिरर'मा छापिएको समाचारका लागि क्षमा याचना नगरेको भन्दै उनी नगएका हुन्।

1 comment:

  1. yestai tal ho bane nepal ko ke hal hola nepal ko neta prachanda gereja ra madapnepal lai tudekhel ma lager gole thoko nu parcha ra tyo pane hamrai hand bata huncha you khabar kantipur ma publish gardenu tarai morcha

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक