20100326

कालीमातालाई खुसी पार्न एक जना पुजारीले आफ्ना तीन छोरीको हत्या गरी आत्महत्या !!!

पाकिस्तानको सिन्ध प्रान्तको भेमोमाल क्षेत्रमा अवस्थित कालीमातालाई खुसी पार्न एक जना पाकिस्तानी  पुजारीले आफ्ना तीन छोरीको हत्या गरी आत्महत्या  गरेका छन् । प्रहरी र प्रत्यक्षदर्शीले दिएको जानकारीअनुसार स्थानीय तेकाम दास मेधवारको घरको भुइँतलामा स्थापना गरिएको कालीमाताको मन्दिरमा नियमित रूपमा धार्मिक गतिविधि हुने गरेको थियो । रिपोर्टका अनुसार तेकाम दासले कालीमातालाई खुसी पार्न पहिले आफ्ना तीन नाबालक छोरीहरू .....
६ वषर्ीया पार्वती, चार वषर्ीया रीना र एक वषर्ीया आरतीलाई धारिलो चक्कुले घाँटी रेटेर मारेका थिए भने, पछि आफ्नै घाँटी काटेका थिए । मृतक तेकाम दासका भाइले भने, 'मेरा दाइ कालीमाताका पुजारी हुन् र उनले रातभर पूजा गरेका थिए तर बिहान सबेरै जब बत्ती निभ्यो, उनले आत्महत्या गर्नुअघि तीन छोरीहरूलाई धारिलो हतियार प्रयोग गरेर मारे ।'
तालुका प्रहरी स्टेसन हाउस अफिसर रसुल बक्स थाहिमले पोस्टमार्टमपछि मृतकका लास आफन्तलाई हस्तान्तरण गरिएको सञ्चार माध्यमलाई बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले मंगलबार बिहान तेकाम दास मेघवार आफ्नो घरमा प्रवेश गरेर नजिकैको पसलबाट श्रीमती पाभीलाई दूध ल्याउन अह्राएको देखाएको छ । अनुसन्धानकर्ताहरूले उनले आफू एक्लै भएको मौकामा छोरीहरूको घाँटी रेटेर मारेको हुनसक्ने बताएका छन् ।
'जब म घर र्फकें, मैले छोरीहरूको टाउको कोठामा राखिएको एक प|mेममा पाएँ । श्रीमानलाई पनि रगतको आहालमा घाँटी रेटिएको अवस्थामा पाएँ' पाभीले प्रहरीलाई भनिन् । उनी चिच्याएपछि छिमेकी उनको घरमा दौडेर आएका थिए । अर्का पुजारी भगत अशोकले तेकाम ज्यादै मर्ूख स्वाभावको भएको बताए । उनका अनुसार पशुबलिसमेत हिन्दू धर्ममा वर्जित छ । सो घटनाले मिर्वाह गोर्चानी क्षेत्रलाई शोकाकुल बनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक