20100319

हर कुरामा भागबन्डा, हेर देशको बिजोक !

सरकारले लामो समय पछि शुक्रबार नेपाल राष्ट्र बैकको गर्भनरमा युवराज खतिवडालाई नियुक्त गरेको छ। खतिवडा यस अघि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए। मन्त्रीपरिषद्को शुक्रबार सिहदरबारमा बसेको बैठकले गर्भनरमा खतिवडालाई र गरिवी निवारण कोषको उपाध्यक्षमा बिद्याधर मल्लीकलाई नियुक्त गर्ने निर्णय गरेको हो। गर्भनरमा नियुक्त खतिवडा एमालेका तर्फबाट हुन् भने कोषका उपाध्यक्ष मल्लीक काँग्रेसका तर्फबाट हुन्। मल्लीक अर्थमन्त्रालयका पुर्व सचिव हुन्। त्यसै गरेर सरकारले संसदको सार्वजनिक लेखा समितिको निर्देशन बिपरित मेशिन रिडेवल पासर्पोटको छपाई भारतमा गर्न दिने.....
निर्णय गरेको छ। लेखा समितिले मेशिन रिडेवल पासर्पोटको छपाई गर्दा प्रतिस्पर्धाका आधारमा गर्नु पर्ने निर्देशन दिएको थियो। मेशिन रिडेवल पासर्पोट अप्रिलको एकबाट लागु हुदै छ। सुचना तथा सञ्चारमन्त्री पोखरेलले लेखाको निर्देशन बमोजिम काम गर्न नसिकने भएकाले तत्कालका लागि भारतमा छपाई गर्न दिने निर्णय गरेको बताए। काँग्रेस र एमालेको बिवादका कारण लामो समय देखि राष्ट्र बैक नेतृत्व बिहिन रहेको थियो। लामो गृहकार्य र तनावकाबीच शुक्रबार मन्त्रीपरिषद्ले निर्णयहरु गरेको हो। निर्णय गर्नु पूर्व काँग्रेस र एमालेका बैठकहरु बसेका थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक