20100320

गिरिजाप्रसाद कोइरालाको निधन

Breaking News........
गिरिजाप्रसाद कोइरालाको  १२ बजेर १० मिनेटमा निधन भएकोछ । कोइरालाको निधनलाई लिएर मन्त्रिपरिषद्को आकस्मिक बैठक स्वर्गीग गिरिजाप्रसाद कोइरालालाई पूर्वराष्ट्र प्रमुखको हैसियतमा राजकीय सम्मान दिने  निर्णय गरेको छ। त्यसैगरी सरकारले आइतवार सार्वजनिक विदा दिने र तीन दिनसम्म राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको छ । तीन दिनसम्म विदेशस्थित कुटनीतिक नियोगहरुमा शोक पुस्तिका राखिने छ ।
मण्डीखाटारस्थित कोइराला निवासको कम्पाउण्डमा अन्तिम श्रद्धाञ्जली सुरु, सर्वसाधारणको ठूलो भीडछ,नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनमा पूर्व राजा ज्ञानेन्द्र शाहले पनि श्रद्धाञ्जली व्यक्त । राष्ट्रपति रामवरण यादव, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, प्रधानमन्त्री माधवकुमार नेपाल, उपराष्ट्रपति परमानन्द झा, मन्त्रीहरु, राजनीतिक दलका नेता, कुटनीतिक नियोग प्रमुखका साथै सर्वसाधारण मण्डिखाटार पुगेर स्व. गिरिजाप्रसाद कोइरालाप्रति श्रद्धाञ्जली, अन्तिम श्रद्धान्जली भोलि बिहान ८ बजेदेखि दशरथ रङ्गशालामा, २ बजेपछि शवयात्रा गरिनेछ,  राष्ट्रपति डा. रामवरण यादवद्वारा आज र भोलिका सबै सार्वजनिक कार्यक्रम रद्द,  स्वर्गीय कोइरालाको निधनप्रति प्रधानमन्त्री नेपालले आज एक शोक सन्देश दिँदै पाँच पटकसम्म मुलुकको कार्यकारी नेतृत्व र सङ्क्रमणकालमा राष्ट्रप्रमुखको समेत भूमिका निर्वाह गर्नुभएका गिरिजाप्रसाद कोइरालाको निधनबाट मुलुकले लोकतान्त्रिक आन्दोलनको अथक योद्धा, धरोहर र अभिभावक गुमाएको उल्लेख गर्नुभएको छ


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक