20100318

दैलेखमा बस बिभत्स दुर्घटनामा परि १० पुरुष,४ महिला र ४ जना बच्चाको मृत्यु, मृतक र घाइतेको संख्या बढ्न सक्ने

कालिकोटबाट सुर्खेत आइरहेको ना.३.ख ५८६८ नम्बरको बस बिहीबार बिहान कर्णाली नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ । स्थानीयवासीले १० पुरुष,४ महिला र ४ जना बच्चाको निकालेको छ । थप दर्जनबढी यात्रु हराइरहेका छन् । दैलेखको पिपलकोट गाविसस्थित कैतुमा बस सडकबाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।स्थानीयवासीले १५ जनाको शव निकालेको छ । एकजना ११ वर्षीय बालकको जिवितै उद्धार गरिएको छ । छतमा रहेको ६ जना हामफालेर ज्यान जोगाएका छन् । कालिकोटबाट....
बस हिड्दा त्यसमा ३० यात्रु सवार थिए । बाटोमा कति यात्रु थपिए त्यसको यकिन छैन ।क्षेत्रीय प्रहरी कार्यालय वीरेन्द्रनगरका डिएसपी नरेशमान श्रेष्ठका अनुसार कालिकोट र दैलेखबाट प्रहरीको टोली घटनास्थलबाट लागिसकेको छ । साथै यात्रुको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर लग्ने तयारी भइरहेको उनले बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक