20100317

बहुमत पुग्नेवित्तिकै पार्टीभित्रबाट जसको जतिसुकै विरोध भए पनि प्रचण्ड नरोकिने रे ! बाबुरामको विमति, माधव नेपाल ढुक्क !!! ,

संविधानभन्दा सत्तालाई प्र्राथमिकता दिँदै आएको नेकपा माओवादीले सडकबाट सत्ताकब्जाको तयारीसँगै संसद्बाट सरकार बदल्न गरेको कसरतले अचानक बेग्लै मोड लिएको छ। एक वर्षअघि सरकारबाट बाहिरिएपछि सुरुमा राष्ट्रियताको आन्दोलन, त्यसपछि नागरिक सर्वोच्चता र केही महिनादेखि राष्ट्रिय स्वाधीनताको आन्दोलन चलाएर सत्ताको सिँढी चढ्न प्रयास गर्दै आएको माओवादीले संसदीय अभ्यासमार्फत सत्तामा जाने सोच बनाउनुलाई प्रजातन्त्रवादी राजनीतिक दल तथा समुदायले स्वागत गरेका.......
Please Go to Inside for urgent Announcement  of America Nepal Society....
छन्। तर, माओवादीभित्र भने यसरी अविश्वास प्रस्ताव राखी सरकार बदल्ने विषयमा मतभिन्नता प्रकट भएको छ। बाबुराम भट्टराईलगायतका केही नेता विरुद्धमा उभिएका छन्। सरकारविरुद्ध बहुमत पुर्याभउन नसकिने स्थिति बनेपछि माओवादी पार्टीभित्र अविश्वास प्रस्ताव ल्याइने कुराको विरोध बढेर गएको बुझिएको छ। त्यसैले माओवादीले तत्काल सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नगर्ने भएको छ। तर  सरकारविरुद्ध बहुसंख्यक सांसद संख्या पुर्यािउने प्रयास भने जारी राखिने बताइएको छ। माओवादी यसरी एक कदम पछि हटेपछि प्रधानमन्त्री माधव नेपाल ढुक्क हुने स्थिति बनेको छ। वर्तमान सरकार तत्काल नढल्ने अब निश्चितप्रायः भएको छ। आफ्नो पक्षमा बहुमत पुग्नेवित्तिकै पार्टीभित्रबाट जसको जतिसुकै विरोध भए पनि प्रचण्ड नरोकिने बताइएको छ।  सरकार अलोकप्रिय हुँदै गएको, सत्तारुढ दलहरूभित्र र सत्तारुढ घटकहरूबीच तनाव एवम् विवाद बढेको तथा अन्तर्राष्ट्रिय समुदाय पनि सरकारको कामप्रति सन्तुष्ट हुन नसकेको बेलामा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याइँदा त्यसको राजनीतिक लाभ आफूलाई प्राप्त हुने विश्वास माओवादीले गरेको हो। आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्छ भन्ने माग राखेका माओवादीहरूले माधव नेपाललाई प्रधानमन्त्री पदबाट हटाउन विभिन्न राजनीतिक चालबाजी रचेका छन् र यसक्रममा काङ्गे्रस नेता रामचन्द्र पौडेल र नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाइदिने आश्वासन पनि बेग्लाबेग्लै रूपमा दिएका छन्। यसअघि गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै उच्चस्तरीय संयन्त्रमार्फत खेल्न खोजिएकोमा कोइरालाको स्वास्थ्यस्थिति अत्यन्त कमजोर हुँदै गएपछि माओवादी झलनाथ खनालमा विशेष रूपले केन्द्रित भएको छ। केही दिनअघि नेपाल आएका भारतीय कम्युनिष्ट नेता सीताराम येँचुरीले पनि माओवादीलाई झलनाथको नेतृत्वमा सरकार गठन गर्ने गरी अघि बढ्न सुझाव दिएका थिए। प्रचण्डसँगको भेटमा येँचुरीले भनेका थिए, 'तत्काल तपाईंहरूको नेतृत्वमा सरकार बन्नसक्ने स्थिति छैन र भारत सरकार पनि तपाईंहरूप्रति सकारात्मक हुन सकेको छैन, त्यसैले तत्कालका लागि झलनाथ खनाललाई प्रधानमन्त्री बनाउनेतिर लाग्नु नै उचित हुनेछ।' येँचुरीको यस कुरामा प्रचण्डले सहमति पनि जनाएको बताइन्छ। त्यसपछि काङ्गे्रस संसदीय दलका नेता रामचन्द्र पौडेललाई भेटी येँचुरीले भावी प्रधानमन्त्रीका रूपमा झलनाथलाई समर्थन गर्न आग्रह गरेका थिए। पौडेलले येँचुरीको कुरामा प्रतिवाद गर्दै 'किन झलनाथलाई, बरु मलाई नै सहयोग गर्नुहोस् न' भन्नुभएको थियो। येँचुरीको नेपाल आगमनपछि एमाले अध्यक्ष खनाल केही उत्साही हुनुभएको छ, खासगरी यसपटक प्रचण्डलाई विश्वास गर्न सकिने उहाँले ठान्नुभएको छ। माधव नेपाललाई कुनै न कुनै किसिमबाट हट्ने परिस्थिति बनाउन सकिएमा त्यसको सोझो लाभ आफूलाई प्राप्त हुने विश्वास खनालले गर्नुभएको बुझिन्छ। माधव नेपाल हटेमा त्यसपछि नेपाली काङ्गे्रस तथा तराईकेन्द्रित दलहरू माओवादी नेतृत्वको पक्षमा नरहने र छिमेकी मित्रराष्ट्र भारत पनि माओवादीभन्दा आफूप्रति नै सकारात्मक हुन सक्ने ठम्याइ खनालको छ। तर, नेपाललाई हटाउनेबित्तिकै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने पूर्ण तयारीका साथ प्रचण्ड बस्नुभएको छ भन्ने सायद खनालले बुझ्न बाँकी छ। त्यसैले पछिल्ला केही दिनभित्र प्रचण्ड र खनालबीचको 'मित्रता' घनीभूत हुँदै गएको छ। प्रचण्डले आफ्नो पक्षमा कम्तीमा ३ सय २० (तीन सय बीस) भन्दा बढी सांसद रहने विश्वास गर्नुभएको छ। तराईकेन्द्रित दलका केही तथा साना दलका सांसदहरूको पूर्ण साथ प्राप्त गर्ने गृहकार्यमा जुटिरहनुभएका प्रचण्डले नेकपा एमालेमा विभाजन ल्याएर एउटा हिस्साको समर्थन प्राप्त गर्ने अभ्यास पनि गरिरहनुभएको छ। सरकारविरुद्ध अविश्वास प्रस्ताव प्रस्तुत गरेर माओवादीले आफ्नो पक्षमा बहुमत जुटाउन कदाचित सकेन भने पनि सरकारको पक्षमा बहुमत नरहेको सिद्ध गर्नु उनीहरूको प्रमुख उद्देश्य रहेको छ। सकेसम्म आफ्नो पक्षमा बहुमत पुर्या उने, सकिएन भने सरकारको पक्षमा बहुमत पुग्न नदिने र प्रधानमन्त्री माधव नेपाललाई विश्वासको मत लिन बाध्य बनाउने या बहुमतको समर्थन नरहेको भन्दै राजीनामा गराउन दबाब सिर्जना गर्ने रणनीति माओवादीले बनाएको छ। सरकारको विद्यमान वैधानिक हैसियतलाई कमजोर तुल्याएपछि त्यसमाथिको प्रहार तीव्र बनाउने र त्यसो गरिएमा जेठ १४ पछि सत्ताकब्जाको आधार बलियो हुने विश्वास माओवादी नेतृत्वमा रहेको देखिन्छ। एमाले विभाजन नभएको या तराईकेन्द्रित दलहरूको साथ नरहने अवस्थामा माओवादीद्वारा प्रस्तुत गरिने अविश्वासको प्रस्ताव पारित हुन सम्भव छैन। नेमकिपा, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टीलगायत अन्य सानातिना दलहरूको साथ अहिले पनि सरकारतिर नै छ। नेकपा मालेका सीपी मैनालीले भने माधव नेपालसँग बार्गेनिङ गर्न सक्नुहुने आशङ्का बढेको छ। नेपाली काङ्गे्रस, फोरम लोकतान्त्रिक, तमलोपालगायतका दलहरू विद्यमान सत्ता गठबन्धनकै पक्षमा दर्बिलो ढङ्गले उभिने देखिएको छ। यस्तो अवस्थामा माओवादीको 'अविश्वास प्रस्ताव' आफ्नैविरुद्ध लक्षित हुने या 'मनको लड्डु घ्यूसित खानु' जस्तो मात्र हुनसक्ने सम्भावना छ। कुनै आकस्मिक घटना या दुर्घटना भएन भने वर्तमान सरकार कम्तीमा पनि आगामी जेठसम्म कायम रहने निश्चितप्रायः छ।

पालो कस्को

माओवादीले ढाल्न नसके पनि वर्तमान सरकार अब लामो समय चल्ने सम्भावना भने कम हुँदै गएको ठान्न थालिएको छ। जेठ १४ भित्र संविधान जारी गर्न सके सोही संविधानप्रतिको असन्तुष्टिका कारण उत्पन्न हुनसक्ने प्रतिक्रियाले सरकारलाई विस्थापित गर्नसक्ने देखिन्छ भने संविधान जारी नभएमा संविधान दिन नसकेका कारण सरकारमाथि एकप्रकारको नैतिक दबाब पर्नेछ। संविधान बनाउने काम सरकारको होइन, तर संविधान नबन्नुको कारण जो जे भए पनि सरकारलाई नै मुख्य
रूपमा जिम्मेवार ठहर्यानइने परिस्थिति माओवादीले तयार गरिरहेको छ र सरकारविरुद्ध दबाबपूर्ण स्थिति सिर्जना हुनसक्ने सम्भावना छ। ढिलो या चाँडो जुनसुकै कारण र अवस्थामा वर्तमान सरकार विस्थापित भए पनि त्यसपछि बन्ने सरकारको नेतृत्व कसको हातमा आउला– सर्वत्र जिज्ञाशाको विषय बनेको छ। यस प्रसङ्गमा सबैभन्दा रोचक के देखिन्छ भने सबभन्दा ठूलो दलको मुख्य नेता प्रचण्ड जो सरकार बनाउने दाबी पनि सबैभन्दा अग्रपङ्क्तिमा आएर गर्दै हुनुहुन्छ, प्रधानमन्त्री बन्ने सम्भावना पनि सबभन्दा कम उहाँकै छ। प्रचण्ड प्रधानमन्त्री बन्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति अहिलेसम्म अनुकूल हुन सकेको छैन। बरु डा. बाबुराम भट्टराईलाई माओवादीले अघि सार्यो  भने माधवपछि भट्टराईको नेतृत्वमा सरकार गठन हुन सम्भव छ। तर, अर्को आश्चर्यको कुरा के छ भने प्रचण्ड आफैं बाबुराम नेतृत्वको सरकारका पक्षमा हुनुहुन्न। अन्य सबै पक्षलाई स्वीकार्य हुने बाबुराम भट्टराई स्वयम् माओवादी नेता प्रचण्डलाई चाहिँ किन अस्वीकार्य भइरहेको हो बुझ्न सकिएको छैन। भट्टराईले प्रचण्डलाई छोडेर बाहिरिनुभएको अवस्थामा पनि प्रधानमन्त्री बन्ने सम्भावना उहाँकै छ। माधव नेपाललाई कसरी विस्थापित गरिन्छ भन्ने कुराले नेपालपछि को प्रधानमन्त्री बन्न सक्छन् भन्ने कुराको निर्धारण गर्ने देखिन्छ। उहाँ आफैंले राजीनामा दिनुभएमा एकप्रकारको परिस्थिति बन्न सक्छ भने उहाँविरुद्धको अविश्वास प्रस्ताव पारित भएमा भिन्न स्थिति सिर्जना हुनसक्छ। आन्दोलन या सङ्घर्षको दबाबबाट हट्नुपरेमा वा जेठ १४ (०६७) पछि स्वतः बिदा हुनुपर्ने अवस्था आएमा त्यसले बेग्लै प्रकारको परिस्थिति सिर्जना गर्न सक्दछ। त्यसैले माधव नेपाल कहिले र कसरी हट्नुहुन्छ भन्ने कुराले नै मुलुकको भावी राजनीतिको दिशा तथा भावी सरकारको स्वरूप निश्चित गर्ने देखिएको छ। सामान्यतया भावी प्रधानमन्त्रीका रूपमा प्रचण्डबाहेक डा. बाबुराम भट्टराई, रामचन्द्र पौडेल, विजयकुमार गच्छदार र झलनाथ खनालको नाम लिने गरिन्छ। तर, विशेष अवस्थामा केपी ओलीको सम्भावनालाई पनि कमजोर मानिएको छैन। संसद्भित्रबाट विकल्प खोजिएमा रामचन्द्र पौडेल या विजय गच्छदारको सम्भावना जति देखिन्छ, बाहिरबाट प्रधानमन्त्री चयन गर्नुपर्ने अवस्था सिर्जना भएमा केपी ओलीको सम्भावना झनै बढी देखिन्छ। कतिपयले विशेष अवस्था सिर्जना भएमा सूर्यबहादुर थापा या शरबहादुर देउवा प्रधानमन्त्री हुने पनि ठानेका छन्। संसद्भित्रबाट प्रधानमन्त्री चयन हुन सक्ने अवस्था रहेमा रामचन्द्र पौडेल या विजय गच्छदार जसको नाममा बहुमत जुटाउन सकिन्छ उही प्रधानमन्त्री बन्नुहुने निश्चित छ। तर, कुनै पनि हालतमा आफ्नो नेतृत्वमा सरकार बनाउन नसकिने ठानेर माओवादीले अरूलाई समर्थन दिनुपर्ने अवस्था आएमा उनीहरूले झलनाथ खनाल या रामचन्द्र पौडेलमध्ये एकलाई साथ दिनसक्ने सम्भावना छ। एमालेभन्दा काङ्गे्रसलाई साथमा लिएर जाँदा आफूहरूलाई सजिलो हुने निष्कर्षमा पुगेका माओवादीहरूले विजय गच्छदारलाई समर्थन गर्नसक्ने सम्भावना अत्यन्त न्यून या छँदै छन्। उनीहरूले झलनाथभन्दा रामचन्द्रलाई नै उचित ठाने भने कुनै आश्चर्य हुनेछैन। तर, राष्ट्रपतिले नै विशेष कदम चाल्नुपर्ने अवस्था आएमा भने केपी ओली नै प्रधानमन्त्री बन्नुहुने सम्भावना अधिक छ।


बाबुरामको विमति  

प्रचण्डले संसदीय अभ्यास गरेर भए पनि माधव नेपाल नेतृत्वको सरकारलाई विस्थापित गर्ने तत्परता लिनुभएपछि माओवादीभित्र त्यसको विरोध भएको छ। वरिष्ठ नेता डा. बाबुराम भट्टराईसमेत अहिले यसरी सरकार ढाल्न लाग्ने कुराको विरुद्ध उभिनुभएको छ।
सरकार बनाउने र ढाल्ने संसदीय खेलमा अहिले लाग्नु नहुने र संविधान निर्माणका लागि प्रयास गर्नुपर्ने भन्दै आउनुभएका उपाध्यक्ष डा. बाबुराम भट्टराईको भनाइको माओवादीभित्र प्रशंसा हुन थालेको छ। बहुमत हस्ताक्षर पुर्याकउन नसकेको अवस्थामा विशेष अधिवेशन बोलाएर सरकार ढाल्ने नेतृत्वको प्रयासका बारेमा माओवादीका सभासद्हरू नै अन्योलमा परेका छन्। 'हामी बहुमत पुर्याोउन सक्दैनौँ, तर सरकार ढाल्न हाम्रा नेताहरू किन खुट्टा उचालिरहनुभएको हो हामीले पनि बुझ्न सकेका छैनौँ,' माओवादीका एक सभासद्ले घटना र विचारसँग भन्नुभयो। गत वैशाख २१ गते आफ्नै कारण गुमेको सरकार फिर्ताका लागि गरेको आन्दोलनको मुख्य लक्ष्य पनि सत्ता नै रहे पनि नेताहरूले विद्रोहका निम्ति उपयुक्त परिस्थिति निर्माण हुँदै गएको भन्दै कार्यकर्तालाई उचाल्ने गरेका छन्। माओवादी अध्यक्ष प्रचण्डले अर्का उपाध्यक्ष मोहन वैद्य किरणको आड लिएर संविधान नबने विद्रोह
हुने भन्दै कार्यकर्तालाई हौस्याउने गरी प्रशिक्षण दिए पनि यसबीचमा उपाध्यक्ष डा. भट्टराईले भने कसैले चर्को स्वरमा कराउँदैमा र कोही उग्रक्रान्तिकारी देखिँदैमा विद्रोह नहुने बताउनुभएको थियो। पार्टीभित्र उपाध्यक्ष डा. भट्टराईको स्पष्ट भनाइ रहँदै आएको थियो, 'आफैँले जनयुद्ध लडेर ल्याएको संविधानसभा, सङ्घीयता र गणतन्त्रलाई संस्थागत गर्नु अहिले हाम्रो मुख्य काम हो, पहिला ती उपलब्धिलाई संस्थागत गर्न संविधान निर्माण गर्नु जरुरी छ, हाम्रो अहिलेको कार्यभार त्यही हुनुपर्छ।'
अहिले नै सत्ता ढाल्ने कि नढाल्ने र त्यसको भरपर्दो विकल्प के खोज्ने भन्नेमा माओवादी नेतृत्वभित्र चरम विवाद उत्पन्न भएको बुझिएको छ। संविधान जारी गर्ने मिति अब दुई महिना र दुई साता मात्र बाँकी रहँदा सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजाने र ढालेर नयाँ बहुमतीय सरकार बनाउँदैमा रातारात केही नहुने पक्षमा डा. भट्टराई उभिनुभएको माओवादी स्रोतको भनाइ छ। अहिले नै सरकार ढालेर नयाँ सरकार निर्माणका लागि अघि बढ्नुपर्ने पक्षमा नारायणकाजी श्रेष्ठ अचानक लागेको र प्रचण्डले उनको हुबहु समर्थन गरेपछि उपाध्यक्ष डा. भट्टराईले भने त्यसमा असहमति बताइन्छ।
नेतृत्वको फोरम लोकतान्त्रिकका सभासद्हरू तथा एमालेका रवीन्द्र अधिकारी, यमलाल कँडेल, काङ्ग्रेसका नरहरि आचार्य, गगन थापा, प्रदीप गिरीलगायतलाई कन्भिन्स गर्न खोजिरहनुभएको छ तर आफ्नै पार्टीभित्र त्यसबारेमा सहमति नभएका कारण प्रचण्ड र नारायणकाजीहरूको प्रयास खेर जाने सम्भावना बढेको माओवादीका एक केन्द्रीय सदस्यको भनाइ छ।
अहिले सरकार ढालेर र प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाएर गए पनि जेठ १४ गतेसम्म नयाँ संविधान जारी नहुने र त्यसको अपजस बोक्नुपर्ने भन्दै डा. भट्टराईले सरकार फेर्ने गणितीय खेलमा लाग्नु नहुनेमा जोड दिँदै आउनुभएको छ। डा. भट्टराईका निकटस्थहरू भन्छन्, 'यदि विद्रोह नै गर्ने हो भने यही सरकारलाई जति सकिन्छ कमजोर र पत्रु बनाउँदै गयो भने जनविद्रोहको आधार त्यही बन्छ, कराएर र उफ्रिएर विद्रोह हुँदैन।'
पार्टीभित्र विवाद सिर्जना भएपछि विशेष अधिवेशनका लागि सङ्कलन गरिएको हस्ताक्षर अलपत्र पर्नसक्ने देखिएको छ। यदि संसद्को विशेष अधिवेशन बोलाउने अवस्था सिर्जना भएमा त्यसलाई राष्ट्रपतिको कदमविरुद्धसमेत प्रयोग गर्न सकिन्ो विषयमा प्रचण्डलाई नारायणकाजीले कन्भिन्स गर्न खोजिरहनुभएको बताइन्छ। ज्ञातव्य छ, डा. भट्टराईले विशेष अधिवेशनका लागि हस्ताक्षर सङ्कलन थाल्ने अभियानले पार्टी डुब्ने आशयसहित हस्ताक्षर गर्नुभएको छैन बरु, हस्ताक्षर सङ्कलन र विशेष अधिवेशन बोलाउने सोचबाट पछि हट्न प्रचण्डलाई सुझाव दिनुभएको बुझिएको छ।  -निरन्तर अधिकारी



Dear Community Members,  
Supported by the
Embassy of Nepal
Organized by
America-Nepal Society  
Your browser may not support display of this image.
  
We would like invite you to join the "Welcome Ceremony" to welcome newly appointed US Ambassador to Nepal Mr. Scott H. DeLisi, who is departing to Nepal.
All the friends of Nepal are also invited for join hands to welcome new US envoy to Nepal.   

Date:- 21 March 2010, Sunday
Time:- 2.30 P.M.
Venue:- Arlington Central Library's Auditorium Hall
1015 North Quincy Street
Arlington, VA 22201
 
tel. 703-228-5990     



For Contact:
Embassy of Nepal, 202-667-4550, Ext."5"
Netra Ghising, 703-597-4098
Kabindra Sitaula, 571-259-3984
Khem Bhattachan, 571-242-5510
Tika Kumar Pun, 703-342-8885
Laxmi Gaudel, 703-220-8782
Prakash Nepal, 703-864-4141    
Thanks. 
Khem Bhattachan
President,
America-Nepal Society,
Washington D.C.
Directions:
From Washington, D.C.
From Memorial Bridge follow signs to Rt. 50 W. Turn right at 10th St exit. Follow 10th St to Fairfax Dr. Turn right at light at Quincy St. Library is 1 block on right.

From I-66 W take Glebe Rd exit. Turn left onto Glebe. Turn left at next light onto Washington Blvd. Turn right on Quincy St (high school on your left) to library.
From Alexandria
GW Parkway North. Stay on Parkway past Rosslyn to Spout Run exit. Turn right on Lee Highway. Turn left on Quincy St. (by Honda Dealer) to library one mile on left.

OR
GW Parkway North. Take exit for 66 West. Take exit for Glebe Rd. Turn left at light onto Glebe Rd. Turn left at next light onto Washington Blvd. Turn right at second light onto Quincy St. Library is on the left past the park.
From Fairfax
I-66 E to exit 71, Fairfax Dr. Go straight to left on Quincy St by funeral home.

From Maryland
From I-495 W cross Cabin John Bridge. Merge onto VA-267 via exit 45B on the left to I-66 E. Take exit 71, Fairfax Dr. Go straight to left on Quincy St by funeral home. Library is one block on right.

Metrorail and ART Bus
Ballston station stop on the Orange Line. From Ballston walk three blocks up Fairfax Drive to Quincy Street and turn left. Central Library is one-half block on the right. ART Bus drop off at 1015 N. Quincy St.

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक