20100322

नेपाल पुनः हिन्दुराज्यका रुपमा स्थापित हुने भारतीय जनता पार्टीको विश्वास

भारतीय जनता पार्टी (भाजपा)का पूर्वअध्यक्ष राजनाथ सिंहले हतियारको आडमा राजनीति गर्नखोज्ने पार्टीले देश र मानवताको संरक्षण गर्न नसक्ने बताएका छन् । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाप्रति अन्तिम श्रद्धाञ्जलि अपर्ण गर्न आएका  सिंहले सोमबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उक्त कुरा बताएका हुन् । प्रजातान्त्रिक प्रणालीअन्तर्गत आमजनताको हातमा कदापि हतियार रहन सक्दैन भन्दै उनले आजको युगमा बुलेटको सट्टा ब्यालेटको राजनीति अवलम्बन गर्नुपर्ने धारणा राखे । हिंसाको राजनीतिलाई आफ्नो पार्टीले कहिल्यै स्वीकार नगर्ने उल्लेख गर्दै उनले नेपालको शान्ति, समृद्धि, स्थायित्व र सुदृढ प्रजातन्त्रका पक्षमा भाजपा सदैव रहेको स्पष्ट पारे । उनले राष्ट्रिय....
सहमति कायम गरी अघि बढे नेपालले राजनीतिक निकास पाउने विश्वास व्यक्त गरे । एक प्रश्नको जवाफमा भाजपाका पूर्व अध्यक्ष सिंहले हिन्दुत्वमा विश्वास गर्ने व्यक्ति कहिल्यै पनि साम्प्रदायिक हुन नसक्ने बताउँदै आमनेपालीको भावनाअनुरुप नेपाल पुनः हिन्दुराज्यका रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक