20100322

गोली लागि ५ जना गम्भीर घाइते, बलात्कारको आरोपी प्रहरी निलम्बन,जनकपुर क्षेत्र तनावग्रस्त

बलात्कारी प्रहरीलाई कारबाही माग गर्दै आइतबार गरिएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा घाइते भएकाहरुको उपचार गर्ने खर्चको माग गर्दै जनकपुरका बासिन्दाहरुले सोमबार विहानदेखि प्रदर्शन गर्दा जनकपुर क्षेत्र तनावग्रस्त भएको छ ।प्रदर्शनकारीहरुले  स्थानीय जानकी प्रहरी चौकीमा पेट्रोल बम प्रहार गरेका छन् । पेट्रोल बम प्रहारबाट चौकीमा खासै क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीहरुको अनियन्त्रित भिडलाई नियन्त्रण गर्न प्रहरीले केही राउण्ड हवाई फायर गरेको थियो । जनकपुरको स्थिति तनावग्रस्त भएपछि यहाँ लामो तथा छोटो दूरीका सवारीसाधन पनि चल्न सकेका छैनन् । साथै रेलवे...
सेवा पनि बन्द रहेको छ । भारतको मधुबनबाट आफ्नो विवाहका लागि जनकपुर आएकी एक युवतीलाई स्टेशन एरियाका प्रहरीले चौकीमा लगेर बलात्कार गरेको घटना सार्बजनिक भएपछि स्थानीयबासीले हिँजो दिनभर प्रदर्शन गरेका थिए । प्रदर्शनलाई नियन्त्रण गर्नका लागि एसपी श्याम खड्काको निर्देशमा प्रहरीले गोली चलाइएको थियो । गोली लागि ५ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेहरु मध्य दुईजनाको काठमाडौंमा उपचार भैरहेको छ । प्रहरीको दमनबाट  पचासजना भन्दा बढी घाइते भएका छन् । भारतको मधुवनबाट विहेको लागि जनकपुर आएका एक युवक र सजिरा खातुन नाम गरेकी युवतीलाई प्रहरीले हिँजो विहान नियन्त्रणमा लिएर स्टेशन एरिया प्रहरी चौकीमा लगेको थियो । युवकलाई छुट्टै कोठामा थुनेर प्रहरीहरुले युवतीलाई सामुहिक बलात्कार गरेका थिए । युवती खातुनले पत्रकारलाई बोलाएर घटना सार्वजनिक गरेपछि आक्रोशित स्थानीय बासिन्दाहरुले हिँजो दिनभर दोषीमाथी कारबाही माग गर्दै जनकपुरमा प्रदर्शन गरेका थिए । गृहमन्त्रालयले बलात्कारको आरोपी प्रहरी नायब निरीक्षक बाबुराम झालाई निलम्बन गरिसकेको जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक