20100325

"पूर्व राजा ज्ञानेन्द्र शाहले बुधबार दिएको अभिव्यक्ति दिवास्वप्न" : प्रधानमन्त्री

प्रधानमन्त्री माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहले बुधबार दिएको अभिव्यक्तिलाई दिवास्वप्नको सङ्ज्ञा दिएका छन्। पूर्व राजाको अभिव्यक्तिबारे सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधान मन्त्री नेपालले यस्तो बताएका हुन। पूर्व राजाले बुधबार जनकपुरमा अन्तर्वार्ता दिँदै राजतन्त्र पुनः स्थापना हुन सक्ने अभिव्यक्ति व्यक्त गरेका थिए।
क्याम्पस प्रमुख अपहरणमा परे
नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख राजितराम पाठक अपहरणमा परेका छन्। उनकी श्रीमती कृष्ण पाठकलाई फोनमार्फत् अपहरणकारीले ५० लाख रुपैयाँ दिएमात्र राजितरामलाई छाड्ने नत्र नछाड्ने बताएका थिए। ११ बजे घरबाट क्याम्पस हिँडेका राजितराम करिब ३ बजेसम्म क्याम्पसमै रहेको जानकारी क्याम्पसबाट प्राप्त भएको छ। अपहरणकारीले फोन गरेर फिरौती माग गरेपछि मात्र उनी अपहरणमा परेको थाहा भएको श्रीमती कृष्णले बताइन्। 'तिम्रो श्रीमान् हामीसँग छ, उनलाई छाड्ने भए ५० लाख रुपैयाँ ठीक पार्नु'- अपहरणकारीले फोनमा बताएको कृष्णले जानकारी दिइन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक