20100325

पूर्व राजा ज्ञानेन्द्रको अन्तर्वार्ताले ठूलै तरंग !

Breaking News......
पूर्व राजा ज्ञानेन्द्रले राजसंस्था समाप्त भइसकेको भन्ने आफूलाई नलागेको भनेर दिएको प्रतिक्रियालाई मुख्य दलहरुले दिवास्वप्नको संज्ञा दिएका छन्। एभिन्यूज टेलिभिजनले बुधवार प्रसारण गरेको उक्त अन्तर्वार्तामा राजतन्त्रको इतिहास समाप्तीको कारण सोध्दा उनले दिएको उक्त जवाफले राजनीतिमा ठूलै तरंग ल्याइदिएको छ। पूर्व विद्रोही तथा हालको प्रमुख प्रतिपक्षी एकिकृत नेकपा माओवादीका नेताहरुले उनलाई जनताको भावनाको उल्लंघन गरेकोमा कारवाही समेत हुन सक्ने बताएका छन्। “उनले राजसंस्था फर्काउने षडयन्त्रको सन्देश...
दिएका छन्। जनतालाई यो कुरा सह्य हुँदैन,” माओवादीका प्रवक्ता दिनानाथ शर्माले बताए। सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका नेताहरुले कारवाहीकै भाषा प्रयोग नगरेपनि उनीहरुको प्रतिक्रिया पनि कम तीखो छैन। पूर्व राजाले राजनीतिक दलका नेताको जस्तै शैलीमा भनाइ राखेकोमा आफ्नो पार्टिको कडा आपत्ती रहेको एमालेका महासचिव इश्वर पोखरेलले बताए। “प्रतिगमनको झल्को दिने गरी उनले बोलेका कुराहरु अनुचित छन् र विरोध गर्न योग्य छन्,” पोखरेलले भने। नेपाली कांग्रेसका नेताहरुले पूर्व राजाले यतिबेला बोलेर जनतालाई अपमान गरेको प्रतिक्रिया दिएका छन्। नेपाली कांग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेलले पूर्व राजाले जनतालाई उत्तेजित पार्ने गरी बोलेको आरोप लगाए। नेपाली कांग्रेसका सभापति तथा गणतन्त्रको स्थापना गरेको २०६२/६३ को आन्दोलनका अगुवा गिरिजाप्रसाद कोइरालाको निधन भएको एक साता नबित्दै आएको पूर्व राजाको भनाइपछि कतिपय विश्लेषकहरुले हाल विद्यमान गञ्जागोलबाट राजनीतिक लाभ लिने उनको मनसाय हुनसक्ने अनुमान गरेका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक