20100328

हरुवाहरूले माओवादीलाई सत्ताको नेतृत्व नदिएमा सत्ता कब्जा गरिने माओवादी चेतावनी !

प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान हरुवाहरूको सरकारले इमानदारितासाथ विजयीहरूलाई सत्ताको नेतृत्व नदिएमा जनताको आन्दोलनको बलमा सत्ता कब्जा गरिने चेतावनी दिनुभएको छ। स्याङ्जा पुतलीबजार नगरपालिका-८ सतास्थित ठूलापँधेरामा निर्माण गरिएको शहीद विजय ढकाल स्मारक अनावरण तथा विजय ढकाल स्मृति पार्कको शनिबार उद्घाटन गर्दै उपाध्यक्ष डा. भट्टराईले सो कुरा बताउनुभएको हो। डा. भट्टराईले भन्नुभयो- ‘वर्तमान माधवकुमार नेपाल नेतृत्वको सरकार हरुवाहरूको...
जमात हो, हरुवाहरूको नेतृत्व, शैली र कार्यक्रमलाई देखेर पूर्वराजा ज्ञानेन्द्रले टाउको उठाउन खोजेका छन्।’ डा. भट्टराईले पूर्वराजाको अभिव्यक्ति र सक्रियताले राजतन्त्र कहिल्यै नब्युँतिने प्रतिक्रिया दिँदै भन्नुभयो- ‘राजतन्त्र मरेको मानवसरह भएको हुँदा मरेकाहरू कहिल्यै ज्युँदो हुन सक्दैनन्।’ इतिहासमै वर्तमान सरकार असफल र भ्रष्ट भएको बताउँदै भट्टराईले सरकार छाडेर विजयीलाई सत्ता हस्तान्तरण गर्न आग्रह गर्नुभयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक