20100303

"माधवजी तपाईंका भनाइ सुनेर तथा क्रियाकलापहरू देखेर शान्ति–प्रक्रिया टुङ्गोमा पुग्छ भन्नेमा अब मलाई विश्वास छैन" - कोइराला

-राजन नेपाल
नेपाली कांग्रेसका सभापति एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक गिरिजाप्रसाद कोइरालाको आमन्त्रणमा प्रधानमन्त्री माधवकुमार नेपाल फागुन ९ गते बिहान कोइराला–निवास पुग्नुभयो। उहा“ आफ्ना सहयोगीका रूपमा केपी ओलीलाई साथमा लिएर जानुभएको थियो। गठबन्धनका योजनाकार सभापति कोइरालाको समर्थन र आशीर्वाद आफूलाई भएको कुरामा ढुक्क प्रधानमन्त्री नेपाल यसलाई प्रमाणित गर्न चाहनुहुन्थ्यो।
उच्चस्तरीय संयन्त्रको बैठक पनि त्यसै दिन डाकिएकाले बैठक बस्नुअगाडि नै कोइरालास“ग भेट गरी आफ्ना कुरा राख्न प्रधानमन्त्री.....
नेपाल हतारिनुभएको थियो। तर, यो भेटले जारी शान्ति–प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनेभन्दा पनि सत्ताको न्यानोमा लुटपुटिने चिन्ताले पीडित प्रधानमन्त्री नेपाललाई किञ्चित पनि शान्ति दिन सकेन। सधै“झ“ै त्यस दिन पनि उहा“ले कोइरालास“ग सरकार–परिवर्तनका लागि भइरहेका प्रयासका बारेमा गुनासो गर्दै माओवादीको कति सेना नेपाली सेनामा समायोजन गर्ने हो त्यसको टुङ्गो संयन्त्रबाट लगाइदिन आग्रह गर्नुभयो। सभापति कोइराला भने प्रधानमन्त्री नेपालको आग्रह र गुनासा सुन्नेभन्दा पनि सरकारप्रति आफ्ना असन्तुष्टि व्यक्त गर्ने मुडमा मात्रै हुनुहुन्थ्यो।

सभापति कोइरालाले कड्कि“दै भन्नुभयो, …माधवजी तपाईंका भनाइ सुनेर तथा क्रियाकलापहरू देखेर शान्ति–प्रक्रिया टुङ्गोमा पुग्छ भन्नेमा अब मलाई विश्वास छैन। तपाईंका गतिविधि शान्ति–प्रक्रियाको पक्षमा देखिएनन्। सेना–समायोजनाको बारेमा सरकारको तर्फबाट स्पष्ट खाका लिएर उच्चस्तरीय संयन्त्रको बैठकमा आउनुहोस् भनेको हो। तपार्इंले त्यो पनि गर्नसक्नुभएको छैन। संयन्त्रलाई बाइपास गरेर अगाडि बढ्ने कोसिस गर्दै हुनुहुन्छ। तपाईंको आफ्नै पार्टीभित्र पनि समस्या चुलि“दै गएका छन्। परिस्थिति निकै बिग्रिसकेको छ। म तपाईंलाई का“ध थापेर शान्ति–प्रक्रियालाई बली चढाउन सक्दिन“।' कोइरालाको असन्तुष्टिपछि प्रधानमन्त्री नेपालले संयन्त्रको बैठकमा उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्दै लुरुक्क बाहिरिनुभयो।
उच्चस्तरीय संयन्त्रको अहिलेसम्म बसेका कुनै पनि बैठकमा प्रधानमन्त्री नेपाल उपस्थित हुनुभएको छैन। कोइरालाले सरकारप्रति असन्तुष्टि व्यक्त गरे पनि प्रम नेपालका सरकारी र निजी सहयोगीहरू सरकारप्रति कोइरालाको समर्थन रहेको समाचार छपाएर आत्मरतिमा मग्न रहेका छन्। उहा“का राजनीतिक सल्लाहकारहरू …यो सरकार ढल्दैन' शीर्षकको समाचार छपाएर मालिक रिझाउन अखबार–कार्यालयको चक्कर लगाउ“दै छन्।

माधव–सरकारको शान्ति–प्रक्रियाविरोधी क्रियाकलापबाट चिन्तित हुनुभएका सभापति कोइराला स्वास्थ्य प्रतिकूल हु“दा–हु“दै पनि समस्या–समाधानका लागि सक्रिय हुनुहुन्छ। माधवजीलाई भेटेकै दिन उहा“ले मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवस“ग सरकार–परिवर्तनवारे छलफल गर्नुभएको थियो। अपराह्न तीन बजे भएको छलफलमा सभापति कोइरालाले माधव नेपालको कडा शब्दमा आलोचना गर्नुभएको जानकारी सूत्रहरूलेे यो सातालाई दिए। सूत्रहरूकाअनुसार माधव–नेतृत्वको गठबन्धन सरकारका कार्यशैलीबाट रुष्ट हुनुभएका सभापति कोइराला उपयुक्त विकल्पका लागि निकै अगाडि बढिसक्नुभएको छ।

माधव नेपालजीले जारी शान्ति–प्रक्रियालाई भड्खालोमा हाल्न थाल्नुभएको छ। उहा“को नेतृत्वमा शान्ति–प्रक्रिया टुङ्गोमा पुग्दैन भन्नेमा अब कुनै शङ्का बा“की छैन। यही चालले संविधान पनि लेखि“दैन र सेना–समायोजन पनि हु“दैन। उहा“को विकल्पकका लागि वातावरण बनाउन उपेन्द्रजी तपाईंले पनि सहयोग गर्नुपर्‍यो' कोइरालाले उपेन्द्र यादवस“ग आग्रह गर्नुभएको थियो। प्रतिउत्तरमा अध्यक्ष यादवले मैले त के वातावरण बनाउन सकौंला † तर, तपार्इंको पहललाई सफल बनाउन पूर्ण सहयोग गर्न हामी तयार छा“ै। यहा“ (गिरिजाबाबु) को नेतृत्वमा सरकार बनाएर अगाडि बढ्ने हो भनेमात्र परिस्थिति सहज हुनसक्छ अध्यक्ष यादवको उत्तर थियो। …मेरो हेल्थको कन्डिसनले मलाई डे टु डे काम गर्न कठिन छ। मेरो हेल्थका कारण बढी समय खट्न नसक्ने अवस्थामा छु। त्यसैले माओवादीलाई पनि मिलाएर अगाडि बढाउन सक्ने विकल्पमा जान अब ढिला गर्नुहु“दैन' कोइरालाले यादवलाई भन्नुभयो।

सभापति कोइराला कुनै पनि बहानामा जारी शान्ति–प्रक्रियालाई भा“ड्नेपक्षमा हुनुहुन्न । सत्ताको न्यानोमा लुटपुटिरहन प्रधानमन्त्री नेपाल वर्तमान संविधानसभा भङ्ग गरेर नया“ सभाका लागि निर्वाचन गर्नेसम्मका हर्कतमा उत्रिन तयार रहनुभए पनि सभापति कोइरालाले प्रम नेपालको मनोकांक्षा पूरा हुन नदिने पक्का छ। आफ्नै दल एमालेको पनि चर्को आलोचना खेपिरहनुभएका प्रधानमन्त्री नेपाल सत्ताको तुजुक देखाउ“दै …मलाई ढाल्छु भनेर नसोचे हुन्छ' भन्दै पार्टीका नेताहरूलाई थर्काउ“न थाल्नुभएको छ। गतिरोध अन्त्यका लागि सरकार बाधक भएको निष्कर्षसहितको अध्यक्ष झलनाथ खनालले केन्द्रीय कमिटिमा पेश गर्नुभएको प्रतिवेदनको पक्षमा अधिकांश सदस्य देखिएका छन्।

माधव–गठबन्धन सरकारमा सहभागी अन्यदलमा पनि यो सरकारबाट बाहिरिनुपर्ने आवाज बलियो हु“दै गएको छ। नेपाली कांग्रेसको संसदीय दलमा माधव सरकारको विपक्षमा क्याम्पेन नै शुरु भइसकेको छ। तराई मधेश लोकतान्त्रिक पार्टीमा पनि गठबन्धन सरकारबाट बाहिरिनुपर्ने आवाज उठ्नथालेको छ। मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) अल्पमतमा परिसकेको छ।

शिथिल शान्ति–प्रक्रियालाई तन्दुरुस्त बनाउन सभापति कोइरालाले जारी राख्नुभएको प्रयासलाई असफल बनाउन खोज्नेहरू अहिले पनि सक्रिय छन्। माधव–सरकार जोगाउन कम्मर कसेर लागिपरेको एमालेको एउटा झुन्ड कोइरालाले आफ्नी सुपुत्री सुजातालाई प्रधानमन्त्री बनाउन लागेको गलत प्रचारमा लागेको छ। सभापति कोइरालाको विरोधमा उत्रिएका कांग्रेसका नेताहरूले त्यो गलत प्रचारमा सहयोग गरिरहेका छन्। तर, सभापति कोइराला वर्तमान गतिरोधलाई थेग्नसक्ने नेतृत्वको खोजीमा लागिपर्नुभएको छ। कांग्रेस संसदीय दलका नेता–परिवर्तन गरेर भए पनि वैकल्पिक नेतृत्व खोज्ने वातावरण बन्दै गएको जानकारहरू बताउ“छन्। कांग्रेस संसदीय दलमा नेता–परिवर्तन गर्ने आवाज यसअघि नै उठिसकेको छ। दलका नेता रामचन्द्र पौडेलले अहिलेको गतिरोध टार्न नसक्ने भएकाले वैकल्पिक नेतृत्वको खोजी गरिएको हो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक