20100303

माओवादीले लडाकूको नाउँमा सरकारले दिने करोडौँ रकम दुरुपयोग गरेको रक्षामन्त्रीको आरोप

अनमिनले बेवास्ता गरेका कारण माओवादीले चार-पाँच हजार लडाकुलाई २० हजार पुर्‍याए !

रक्षामन्त्री विद्यादेवी भण्डारीले माओवादीले लडाकूको नाउँमा सरकारले दिने करोडौँ रकम दुरुपयोग गरेको आरोप लगाएकी छन्। अनमिनले बेवास्ता गरेका कारण माओवादीले चार-पाँच हजार लडाकुलाई २० हजार पुर्‍याएकोले अहिले अनावश्यक आर्थिक भार बोक्नुपरेको दाबी उनले गरिन्। अन्तररार्ष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला संघ, काभ्रे र एमाले महिला विभागको आयोजनामा भएको वनभोजमा रक्षामन्त्री भण्डारीले सरकारले माओवादी लडाकुको तथ्याङ्क माग्दा अनमिनले नदिएको भनी आक्रोश .....
पोखिन्। रक्षामन्त्री भण्डारीले सरकारले वास्तविक सूचना माग्दा उल्टै गोप्य सूचना मागेको भनेर अपवाह फैलाइएको आरोप लगाउँदै उनीहरूको रेखदेख र भरणपोषण गर्ने जिम्मा सरकारले गरेपछि उनीहरूको वास्तविक सूचना सरकारसँग हुनुपर्ने जिकिर गरिन्। माओवादीले लडाकुको नाममा करोडौँ रकम दुरुपयोग गरेको बताउँदै रक्षामन्त्री भण्डारीले सरकारले भागेका र क्यान्टोनमेन्टमा नभएका लडाकुका नाममा पैसा दिन नसक्ने उल्लेख गरिन्। मुलुकमा शान्ति र समृद्धिका लागि संविधान निर्धारित समयमा नै जारी हुनुपर्ने तर्क दिँदै मन्त्री भण्डारीले माओवादी सत्ता कब्जा गर्ने अभियानमा लागेकाले उनीहरुको हातमा सरकार गए मुलुकमा पुनः अशान्ति र द्वन्द्व निम्तिने सम्भावना रहेको दाबी गरिन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक