20100323

माओवादीलाई उचाल्यो भने स्वर्गै पुगिन्छझैं गरे, जसका कारण डेमोक्रेसी यो अवस्थामा पुग्यो, देश यो अवस्थामा पुग्यो, पार्टी यो अवस्थामा पुग्यो

- खुमबहादुर खड्कानेपाललाई हिन्दूराष्ट्र घोषणा गरियोस्- खुमबहादुर खड्का

देशलाई निकास दिनुपर्ने अहिलेको अवस्थामा नेपाली कांग्रेसको सातो हराएजस्तो छ नि ? तपाईंहरुको गतिविधि त शून्य नै देखिन्छ, के भइरहेको छ ?
तपाईंले ठीक भन्नुभयो, अहिलेको स्थितिमा नेपाली कांग्रेसले देशलाई निकास दिनुपर्ने हो तर गिरिजाबाबुकोका कारण पूरै पार्टी सुस्ताएको देखिन्छ । अहिले कांग्रेसमा अन्योलको वातावरण देखिएको छ । त्यसैले यो अन्योलको वातावरण हटाउनका लागि महाधिवेशन चाँडोभन्दा चाँडो गर्नुपर्छ भन्ने हाम्रो भनाइ छ । अझ भन्नुहुन्छ भने त मैले संविधान जारी हुनुअघि नै हाम्रो महाधिवेशन सकिसक्नुपर्ने धारणा राखेको हो तर केही साथीहरुले यति चाँडो महाधिवेशन गर्न सकिँदैन भनेकाले ...



जेठ २९ तिर गर्ने कि भन्ने कुरा पनि आएका छन् । 
तपाईं जिल्ला घुमेर आउनुभयो, जिल्लामा पार्टीको स्थिति कस्तो देख्नुभयो ?
नेपाली जनताले अझै पनि कांग्रेसबाट ठूलो आशा गरेका छन् । त्यहाँ हाम्रा कार्यकर्ताहरु पिटिएका छन्, त्रास र असुरक्षाका बाबजुद पार्टीलाई परित्याग गरेका छैनन् । यस्तो बिजोग हाम्रा कार्यकर्ताहरुको कहिल्यै भएको थिएन । पहाडका जिल्लाहरुमा माओवादी कार्यकर्ताहरुको डर, धाक, धम्की, त्रास उत्तिकै छ । अलिकति पनि कमी आएको छैन । जनताको मनबाट डर, त्रास हटाउन सक्यौं र हाम्रा कार्यकर्ताहरुलाई सुरक्षित राख्न सक्यौं भने फेरि कांग्रेस एक नम्बरको पार्टी हुन्छ । 

पहिलेका गल्तीका कारण तपाईंहरुलाई अहिले अप्ठ्यारो परेको छैन ?
हो, पहिले गरेका कतिपय गल्ती, हामीबीचका असमझदारीलगायतका कारण पार्टी एकीकरण भएपनि मनचाहिँ एकीकृत हुन सकेको छैन । पार्टी विभाजनका घाउ अझै ताजा छन् । पार्टी माथि-माथि मात्र मिल्यो, तल मिल्न सकेन, जसका कारण अझै पनि धेरै समस्या देखिएका छन् । यति हुँदाहुँदै पनि कुरा बिगि्रएको छैन, हामीले धेरै काम गर्न सक्छौं भन्ने मलाई लाग्छ । कांग्रेसभित्र झगडा नभइदिएको भए कांग्रेस दह्रो हुने थियो, हामीले यो गल्तीबाट पाठ सिकेका छौं । हामी अहिले एक भएर अघि बढ्ने कोसिस गरिरहेका छौं । अझै पनि सानातिना वैमनस्यता छन् तर तिनलाई पन्छाउन सक्छौं ।

अहिले महाधिवेशन हुने भयो भने सभापतिका धेरै उम्मेदवार देखिने छाँटकाँट छ, त्यसमाथि तपाईं पनि सभापतिको उम्मेदवार बन्ने हल्ला सुनिँदैछ, वास्तविकता के हो ? अहिलेको अवस्थामा गिरिजाबाबुजस्तो सर्वसम्मत हुने छाँट त छ ?
अहिलेको अवस्थामा सर्वसम्मत हुने कुरा भएन । यसको कारण के छ भने सभापति पदमा उम्मेदवार हुने हैसियतमा अहिले निकै हुनुहुन्छ । तर, सभापति पदमा उम्मेदवार हुनु र पार्टीलाई अघि बढाउनु अलग कुरा हो, बेग्लै क्षमता चाहिन्छ । अब कुरा रह्यो सर्वसम्मत हुने कुरा । यदि कुनै पनि डेमोक्र्याटिक पार्टी हो भने त्यहाँ प्रजातान्त्रिक ढंगले निर्वाचित हुनु जरुरी छ । कि त मनैले मानेका व्यक्तिहरु आउनुपर्‍यो । त्यसो हुँदा सबैले पद छाड्छन् तर अहिले त्यस्ता व्यक्ति कोही छैनन् । यस्तो अवस्थामा सभापति पदका लागि २ जना व्यक्तिले घोषणा गर्नुभएको छ । एकजना सुशील कोइरालाजी र अर्कोचाहिँ शेरबहादुर देउवाजी । लड्ने मनस्थितिमा अरु साथीहरु पनि हुनुहुन्छ भन्ने सुनेको छु तर मसँग कुरा भएको छैन । अब रह्यो मेरो कुरा, मैले पनि मनस्थिति त सभापतिमै लड्ने नै बनाएको छु । अहिलेको अवस्थामा म जिल्ला घुम्नुको कारण पनि यही हो । तर, यसको औपचारिक घोषणाचाहिँ पछि नै होला ।

जिल्ला घुम्दा तपाईंको पक्षमा कत्तिको जनमत पाउनुभयो त ?पार्टीभित्रको चुनाव भनेको टेक्निकल कुरा हो । जनताको समर्थन त मलाई व्यापक छ तर पार्टीभित्र आफ्नो पक्ष बनाउनु भनेको एउटा जटिल प्रक्रियामा भाग लिनु हो । तर, अहिलेको अवस्थामा कांग्रेसका कार्यकर्ताहरुले निर्णय लिने बेला आएको छ । अब पुरानै विचार बोकेर पार्टीलाई घिसारिरहने कि नयाँ विचार थपेर पार्टीलाई दौडाउने ? हिजोका दिनमा कांग्रेसले के बोल्छ भनेर विश्वको ध्यान आकषिर्त हुन्थ्यो भने अहिले माओवादीले के बोल्छ भनेर आकषिर्त हुन थालेका छन् । यस्तो अवस्था कसले ल्यायो ? यसलाई विश्लेषण गर्न जरुरी छ कार्यकर्ताले । जसले कार्यकर्तालाई आफ्नै परिवार ठान्छ, उसैलाई नेतृत्वमा ल्याउन जरुरी छ ।
कांग्रेसको अहिलेको अवस्था दयनीय छ, यसो हुनुको मुख्य कारण के देख्नुहुन्छ ?
हामीबीचको झगडा हुनु र पार्टी फुट्नु । अहिले शरीर मिल्यो तर आत्मा मिल्न सकेन- यो मुख्य कारण हो । अर्को- माओवादीलाई कांग्रेसले यति पुल्पुल्यायो कि उसले मागेका हरेक कुरा हामीले दियौं । सभापति गिरिजाबाबुले माओवादीलाई पुल्पुल्याउनुभयो । हामीले त्यतिबेला नै भनेका थियौं- यसरी माओवादीलाई पुल्पुल्याउनु हुँदैन । तर, हाम्रो कुराको कुनै सुनुवाइ भएन । गिरिजाबाबु र उहाँका वरिपरिका व्यक्तिहरुले माओवादीलाई पुल्पुल्याउँदा स्वर्गै पाइन्छजस्तो गर्नुभयो । त्यस्तो अवस्थामा चुनाव हुँदा नेपाली कांग्रेसले ४० सिटभन्दा बढी जित्दैजित्दैन भनेर ठोकुवा गरेको थिएँ । शान्तिसुरक्षाको स्थिति ठीक थिएन, टिकट दिँदा तेरो र मेरो भनेर गोजीबाट दिइयो, जित्ने मान्छेलाई दिइएन । त्यतिबेला माओवादीको यति ठूलो दबदबा थियो कि कसैले तिनीहरुसँग फेस नै गर्न सकेनन्, जसका कारण कांग्रेसको स्थिति अहिलेको अवस्थामा खुम्चिनुपर्‍यो ।

तपाईं दबदबाको कुरा गर्नुहुन्छ तर त्यतिबेला त प्रधानमन्त्री गिरिजाबाबु कांग्रेसकै व्यक्ति हुनुहुन्थ्यो, गृहमन्त्री कांग्रेसकै हुनुहुन्थ्यो, पावरमा त तपाईंहरु नै हुनुहुन्थ्यो नि, होइन र ?
पावर थियो, त्यसमा दुईमत छैन । केही साथीहरु माओवादीसँग मिलेर सधैं सत्तामा बस्ने, गिरिजाबाबुलाई राष्ट्रपति बनाएर आफू प्रधानमन्त्री बन्ने सपना देखे । कसैले माओवादीलाई उचाल्यो भने स्वर्गै पुगिन्छझैं गरे । त्यस्ता व्यक्तिहरु अझै पनि गिरिजाबाबुकै हर्ताकर्ता बनेका छन्, जसका कारण डेमोक्रेसी यो अवस्थामा पुग्यो, देश यो अवस्थामा पुग्यो, पार्टी यो अवस्थामा पुग्यो ।

भनेपछि यी सबको दोषी तपाईं गिरिजाबाबुलाई देखिरहनुभएको छ, हैन त ?
अब उहाँ नै पार्टी सभापति भइसकेपछि र उहाँकै नेतृत्वमा यी सबै कुरा बिगि्रएपछि त उहाँले नैतिक जिम्मेवारी त लिनैपर्छ । त्यसमा उहाँले अस्वीकार गर्ने ठाउँ नै कहाँ छ र ? उहाँमात्र होइन, यस्तो कुरा टुलुटुलु हेर्ने सुशीलजी, शेरबहादुरजी पनि उम्कन पाउनुहुन्न । मेरो गुनासो त अझ रामचन्द्र पौडेलजीप्रति पनि छ । उहाँ पनि उम्कन पाउनुहुन्न । अघिअघि पटरपटर गर्ने अनि जब नैतिकताको कुरा आउँछ, राजीनामा नदिने ? गिरिजाबाबु चुनावमा अनुहार देखाउन पनि जानुभएन । उहाँले अनुहारमात्र देखाउनुभएको भए, हाम्रो सिट संख्या बेग्लै हुन्थ्यो । अब उहाँपछि हारको नैतिक जिम्मेवारी वरिष्ठ उपसभापति र त्यहाँभन्दा तलका नेतालाई जान्छ कि जाँदैन ? राजीनामा नदिनु दुर्भाग्यपूर्ण थियो । बरु हाम्रो पार्टीभन्दा एमाले कता हो कता नैतिकवान भएको छ । माधवजीले नैतिकताको आधारमा राजीनामा दिनुभयो नि !

त्यतिबेला तपाईं पनि त चुप हुनुभयो, कैयौँ महिना तपाईं सार्वजनिक समारोहमा देखिनुभएन नि ?
मसँग पार्टीभित्र र बाहिर पनि कसैसँग विशेष सम्बन्ध भएन । खासगरी त्यतिबेलाका दरबारिया र विदेशतिरको सम्बन्ध मसँग पटक्कै थिएन । राजासँगको सम्बन्ध बिगि्रएपछि मलाई भ्रष्टाचारको आरोप लगाए । पार्टीभित्र सानो उमेरमा मैले पावरको एक्सरसाइज बढी गरेका कारण आरिस गर्नेहरु पनि थिए । माओवादीले पछि मलाई आक्रमण पनि गर्‍यो । यी सबैका बीचमा पार्टीले कुनै पनि जिम्मेवारी पनि नदिएपछि म चुप लागेर बस्नुबाहेक अरु के विकल्प थियो र ?

राजासँगको सम्बन्धका बारेमा अहिले चर्चा उठिरहेको छ, खास कुराचाहिँ के हो ?
खास केही होइन । हिन्दूराष्ट्र हुनुपर्छ भन्ने हिसाबले यज्ञ लगाइयो, अब त्यसको सम्पूर्ण हर्ताकर्ता मै थिएँ । अब म मुख्य व्यक्ति भएका कारण आउने-जानेहरुको स्वागत गर्ने, बिदाइ गर्ने काममा म खटिएको थिएँ । यस्तो बेलामा पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल आउँदा मैले स्वागत गर्न माला लगाइदिएको हो । अब एउटा साधारण नागरिकको हिसाबले उहाँ आउनु स्वाभाविक थियो र मैले स्वागत गर्नु पनि साधारण कुरा हो । मिडियाले यसलाई राम्रो कभरेज दिएका कारण बढी चर्चा भएको मात्र हो । फेरि पूर्वराजासँग त्यस्तो महत्वपूर्ण कुरा पनि केही भएको होइन । उहाँले यज्ञ लगाउन कति खर्च लाग्दोरहेछ भनेर जिज्ञासा गर्नुभयो, मैले खर्च बताइदिएको हुँ । अब यत्ति कुरालाई लिएर राजासँगको साँठगाँठको कुरा उठ्यो । जबकि उनै राजाका पालामा मलाई कम खेदो खनिएन । तर, मेरो सम्बन्ध उहाँसँग खासै छैन । बरु महत्वपूर्ण कुरा के हो भने नेपालजस्तो देशमा कुनै सरसल्लाह नै नभई र जनताले नै नमागेको धर्मनिरपेक्षता हतारहतार घोषणा गरियो । यसमा मेरो पनि आपत्ति हो । जनतालाई चित्त नबुझेको कुरा हो यो । त्यसैले म पनि चाहन्छु- नेपाललाई हिन्दूराष्ट्र घोषणा गरियोस् । यसो गर्दा हाम्रो युनिकनेस रहन्छ- संसारमा एउटैमात्र हिन्दु राष्ट्र !

हिजोका दिनमा राजालाई गाली गरिन्थ्यो, अहिले ४ वर्षे अवधिमा पनि त कुनै पनि नेताले दूरदर्शिता देखाउन सकेनन् नि, होइन ?
तपाईंले ठीक भन्नुभयो । हिजोका दिनमा राजा हुँदा सामन्ती राजा भनेर गाली गरिन्थ्यो । आज राजा चुपचाप दरबार छाडेर साधारण नागरिक भइसक्दा पनि खै त किन देशले निकास पाएन ? हाम्रा नेताहरु नै काम नलाग्ने रहेछन् भन्ने देखियो नि ! 

यस्तै अवस्था रहिरह्यो भने भोलिका दिनमा राजसंस्था पुनस्र्थापित होला त ?
म यस विषयमा भन्न सक्तिनँ किनभने सबै कुराका मूल जनता नै हुन् । भोलि जनताले राजा ल्याऊ भनेर भनेको खण्डमा आउन पनि सक्छन् । तर, एकपटक दरबार त्यागिसकेपछि फेरि आउन त निकै कठिन हुन्छ । जबसम्म नेताहरु सक्षम भएर देशलाई दिशा दिन सक्छन्, जनतालाई भरपेट ख्वाउन सक्छन्, देशमा विकासले गति लिन्छ, कसलाई मतलब राजाको ? तर, राजाले छाडिसकेपछि आफै राजा हुने र जनतालाई चाहिँ विचारै नगरे नयाँ राजाको पनि पुरानो राजाको जस्तै हविगत हुन्छ । जनताले तिनलाई लखेट्छन् ।

अहिलेको अवस्थामा त सहमतीय राजनीतिको ठूलो महत्व छ नि ! नेताहरुले किन नबुझेका होलान् ?
हेर्नुस्, पहिला गिरिजाबाबुले नै १५ वर्षसम्म सहमतिको राजनीति गर्नुपर्छ, १५ वर्षसम्म मिलेर जानुपर्छ भन्नुभएकै हो । हुनुपथ्र्यो त्यही । अकस्मात पछि के भइदियो कुन्नि, त्यो कुरा कहाँ पुग्यो पुग्यो । चुनावपछि माओवादीले सरकार बनाउने बेलामा कांग्रेस प्रतिपक्षमा बसिदियो । यदि सहमतीय राजनीतिमा जोड दिने हो भने कांग्रेसले माओवादीलाई सहयोग गर्नुपथ्र्यो नि त, खै किन गरेन ? त्यसैले मैले भनेको हुँ- नेताहरुमा दूरदृष्टि भएन ।

अब के होला त ?
कांग्रेस र एमाले वास्तवमा रुमल्लिएका छन् । उनीहरुलाई कहाँ जाने हो भन्ने बाटो थाहा छैन । तर, यो मामिलामा माओवादी स्पष्ट छ । उसले आफ्नो बाटो स्पष्ट बनाएको छ- जनवादी संविधान बनाउने र जनवादी सरकार बनाउने । यसमा उसले अहिले अनेक किसिमका मीठा कुरा गर्छ, गर्नु पनि पर्छ तर कांग्रेसको भविष्यको बाटो कुन हो त ? कस्तो किसिमको प्रजातन्त्र उसले चाहेको छ ? एमालेले सोचेको नेपालको भविष्य के हो भन्ने कुरामा पनि अस्पष्टता छ । यी दुवै पार्टी रुमल्लिएका कारण अहिलेको यो स्थिति आएको हो । माओवादी पुग्नसक्ला/नसक्ला तर उसको भिजन त स्पष्ट छ । अब त्यसलाई कांग्रेसले रोक्न तरुण दस्ता बनाउने । माओवादीले हतियारको राजनीति गरिरहन्छ भने हामीले पनि हतियारको राजनीति गर्ने । त्यसबेला देश कहाँ पुग्छ, म भन्न सक्तिनँ । त्यसैले माओवादीलाई हतियारको राजनीति नगर भनेको हो । माओवादीलाई कसरी ठेगान लगाउने हो भन्ने कुरा मैले कांग्रेस केन्द्रीय समितिमा प्रस्ताव दर्ता गराइसकेको छु । अब कार्यान्वयन गर्नमात्र बाँकी छ ।

माधव नेपाल नेतृत्वको सरकारले केही गर्न सकेन भनिन्छ, खास कारण के होला ?
वास्तवमा उहाँले सुरुमा केही गरौं भन्ने देखाउनुभएको हो तर पछिपछि झन् लथालिंग हुँदै आएको छ । उहाँलाई सरकार र स्वयं पार्टीभित्रबाट पनि सहयोग भएन ।

सोचेअनुसार सरकारले काम गर्न सकेन भनेर स्वयं कांग्रेसले पनि भनिरहेका बेला यही सरकारलाई समर्थन गरिरहनुपर्ने कारण ?
सुरुमा त कांग्रेसले कस्ता व्यक्ति सरकारमा पठायो भन्ने कुरा पनि हो । नालायक मान्छे पठाउने अनि उत्कृष्ट काम हुन्छ भन्नु कहाँसम्मको न्यायसंगत कुरा हो ? प्रधानमन्त्रीले मात्र गर्न खोजेर कहाँ हुन्छ ? एमालेभित्र पनि भागबण्डा गरेर गए । प्रधानमन्त्रीले रुचाएका व्यक्तिमात्र भएका भए कुरा अर्कै हुन्थ्यो । माधवजीलाई मात्र दोष दिएर हुँदैन, दोषको भागिदार सबै छन् ।

तपाईं पूर्वगृहमन्त्री भएको नाताले अहिलेको बिग्रदो सुरक्षास्थितिबारे के भन्नुहुन्छ ?
एकदमै बिगि्रएको छ । भारतीय फेक नोटको कारोबार मौलाएको छ । विभिन्न आतंकवादी गिरोहले यहाँ टिम बनाइरहेको भन्ने सुनिँदैछ । त्यसमाथि दिनदहाडै हत्या भइरहेको छ । यो जसरी रोक्न सक्नुपथ्र्यो, त्यो देखिएन । यस्तो अवस्थालाई कसले सुरक्षास्थिति सुधि्रएको भन्छ ? गृहमन्त्री भीम रावलजीले टिम स्पिरिटमा काम गर्नुभएको रहेनछ भन्ने कुरा राज्यमन्त्रीको राजीनामाबाटै थाहा भइहाल्यो । मेरो पालामा जोसँग पनि मैले काम गरें, ज्यादै ट्युनिङ मिलाएर गरें । त्यसैले हाम्रा बेलामा त्यस्तो कुनै विवाद आएनन् ।-
अच्युत कोइराला र जनक तिमल्सिना

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक