20100323

माओवादीका संस्थापक नेता झुण्डिएर मरे !

भारतमा माओवादी आन्दोलनको सुरुवातकर्तामध्येका एक कानु सन्याल मृत अवस्थामा भेटिएका छन्। उनी उनकै घर नजिकको रुखमा झुण्डिरहेको अवस्थामा फेला परे। ७८ वर्षीय कानुको शरीर पोष्टमार्टमका लागि लगिएको नर्थ वंगाल प्रहरीले जनाएको छ। सन्याल भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी लेनिनवादका संस्थापक हुन्। नक्सलबारीबाट सुरु भएको नक्सलिस्ट अभियानका दुई संस्थापकमध्ये एक सन्याल थिए भने अर्का चारु मजुमदार थिए।
मास्कोमा 'रूस आप्रवासी संघ' को दोस्रो फोरुम सम्पन्न

                                          -कृष्णप्रकाश श्रेष्ठ

मास्को, २२ मार्च २०१० । रूसमा बसोवास गरिरहेका विभिन्न देशहरूका आप्रवासीहरूको संस्था 'रूस आप्रवासी संघ' तथा रूसका व्यवस्थापिका एवं कार्यपालिका निकायहरूलाई परामर्श दिनका लागि राष्ट्रपतिको निर्देशनअनुसार गठित देशका वरिष्ठ व्यक्तिहरूको प्रतिनिधित्व गर्ने सदनको रूपमा रहेको रूसको सामाजिक सभाको संयुक्त आयोजनामा रूसको राजधानीको केन्द्रमा मास्को नदीकै किनारामा स्थित भव्य 'प्रजिडेन्ट होटल' को सभाकक्षमा 'रुस आप्रवासी संघ' को दोस्रो फोरुम सुसम्पन्न भएको छ । शरणार्थीहरूको समस्यासम्बन्धी संयुक्त राष्ट्र संधीय नियोग, मानव-अधिकार संस्था, अर्थाडक्स चर्च र इस्लाम धर्म आदि विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरू तथा विभिन्न देशका प्रतिनिधिहरूका साथै त्यस फोरुममा गैरआवासीय
नेपाली विश्वसंघका संरक्षक डा. उपेन्द्र महतोका साथै अन्तर्रर्ााट्रय समन्वय परिषदका उपाध्यक्ष जीवा लामिछानै, राष्ट्रिय समन्वय परिषद् रूसका अध्यक्ष मणिाराज पोखरेल, रूस सीखाईएस नेपाल उद्योगवाणिज्य संघका उपाध्यक्ष डा. भीष्म आचार्य तथा महासचिव रवीन्द्र भट्टर्राईको पनि उपस्थिति रहेको थियो ।
रूस महासंघको राजकीय दूमाका सभामुख बोरिस ग्रिज्लोभ, रूसका राष्ट्रिपतिको निर्देशनालयका पदाधिकारी सर्ेर्गेइ नारिश्किन आदि विभिन्न व्यक्तित्व एवं संस्थाहरूबाट 'रूस आप्रवासी संघ' को दोस्रो फोरुमको नाममा सन्दैशहरू प्राप्त भएका थिए । रूसको सामाजिक सभाका प्रतिनिधि अलेक्सान्द्र ब्रोद तथा 'रूस आप्रवासी संघ' का अध्यक्ष महम्मद आमिन मजुदारलगायत सभामञ्चको अध्यक्षमण्डलमा रहेका विभिन्न महानुभावहरूबाट आ-आफ्ना मन्तव्यहरूमा रूसमा बसोवास गरिरहेका संसारका विभिन्न देशका आप्रवासीहरू तथा रसियालीहरूबीच सौहार्दपर्ूण्ा सम्बन्ध विकासमा 'रूस आप्रवासी संघ' को उपादेयता र महत्वबारे प्रकाश पारिनुका साथै समान-अहोरात्रको शुभ मुहर्ूतमा २१ मार्चका दिन आरम्भ हुने खगोलीय नववर्षो उपलक्ष्यमा ककेसियावासीहरूले मनाउने नाब्रुस चाडको सर्न्दर्भमा पनि शुभेच्छा व्यक्त गरिएको थियो ।
  गैरआवासीय नेपाली संघको तर्फबाट  डा. उपेन्द्र महतोले रूसमा रहेका विभिन्न देशका आप्रवासीहरूलाई एकबद्ध पार्ने र उनीहरूका समस्याहरूको समाधानमा योगदान पुर्‍याउने 'रूस आप्रवासी संघ' को दोस्रो फोरुमको मञ्चबाट बोल्दै राम्रो अवसर पाएर रूसमा आएका विदेशी आप्रवासीहरूले रूसको संस्कृति र रीतिरिवाजलाई आत्मसात् गरी रूसको विकासमा समेत योगदान पुर्‍याउने हुँदा रूसको सामाजिक सभा आदि विभिन्न संघसंस्थाबाट रूसको आप्रवासनसम्बन्धीे नियम-कानून बढी उदार बनाउने दिशामा पहल गरिनु आवश्यक छ भनी विशेष जोड दिनुभयो । उहाँले आजको भूमण्डलीकरणको युगमा आप्रवासनको प्रक्रिया संसारभरि नै चलिरहेको हुँदा नभई नहुने कुरा भोलिको दिनलाई नपर्खीकन यस दिशामा आजै पाइला चाल्नु जरुरी भएकोतर्फ पनि औल्याउनुभयो ।
हाल रूसमा बसोवास गरिरहेका सुदूरवर्ती राष्ट्रका आप्रवासीहरूको यस संगठनको स्थापना सन् २००७ को २७ फेब्रुअरीका दिन भएको हो । यस संस्थाले रूसमा कार्यरत र बसोवास गरीरहेका विभिन्न देशका आप्रवासीहरूलाई रूसको ऐनकानून, रीतिरिवाजब आदिबारे अवगत गराउनुका साथै रूसी मित्रहरूलाई पनि आफ्नो देशको संस्कृतिबाट परिचित गराउन र आफ्नो संस्कृतिको जगर्ेना गर्न पनि सक्दो योगदान गरिरहेको छ । स्मरण रहोस्, आगामी अप्रीलमा 'रूस आप्रवासी संघ' को पहलमा नेपाल, भारत, श्रीलङ्का, बंगलादेश, लाओस आदि दक्षिण तथा दक्षिण-पर्ूव एशियाका देशहख्मा प्रचलित नयाँ वर्षो उत्सव मनाउने योजना रहेको छ । नयाँ वर्षो उपलक्ष्यमा विभिन्न देशका प्रतिनिधिहरूको सहयोगबाट खेलकूद तथा सांस्कृतिक प्रतियोगिता सम्पन्न हुनेछ । त्यसमा रूसमा रहेका नेपालीहरूको प्रतिनिधित्वको लागि रूस सीआईएस नेपाल उद्योतवाणिज्य संघले संयोजकत्व गर्ने भएको छ ।

सामग्री सौजन्य ः गैरआवासीय नेपाली संघ, रूस ।
२३ मार्च २०१०, मास्को, रूस महासंघ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक