20100328

नयाँ नेपालमा कस्तो धर्म निरप्रेक्ष्यता, मरेको लासले पनि सुख पाएन वा, लास तानातान !!!

धर्मविवादका कारण पूर्वी मकवानपुरमा शनिबार झडप भएको छ। मुलुक धर्मनिरपेक्ष घोषणा गरिए पनि विवाद बढ्दै झडप हुन पुगेको हो। क्रिस्चियन धर्म मान्ने समुदायकी मृतक सानुमाया वाइबाको अन्त्येष्टि गर्ने सम्बन्धमा बढेको विवाद झडपमा परिवर्तन भएको हो। शव अन्तिमसंस्कार क्रिस्चियन धर्मअनुसार गर्ने वा बौद्ध धर्मअनुसार गर्ने भन्ने समुदायबीच भएको झडपमा पास्टरसहित ४ जना घाइते भएका छन्। स्वर्गीय सानुमायाले इच्छाएको ठाउँमा शव अन्त्येष्टि गर्न लैजाँदै गर्दा जम्मा भएका स्थानीय एक सयभन्दा...बढी तामाङ समुदायले आक्रमण गरेको बताइएको छ। उनीहरूले शव खोसेर बौर्द्धधर्मअनुसार अन्त्येष्टि गर्ने भन्दै लगेका थिए। थोरै संख्यामा रहेका क्रिस्चियन समुदायका व्यक्तिहरूलाई ढुंगामुढा प्रहार गर्दै कुटपिट गरेपछि पास्टर प्रेम लामा, सानुमायाकी छोरी चरीमाया, क्रिस्चियन धर्मावलम्बी इसु घलान र जोन गुरुङ घाइते भएका हुन्।
घाइते पास्टर प्रेम लामाले कुन्साङ लामा र ग्याल्साङ लामाको छुट्टाछुट्टै समूहमा आएका एक सयभन्दा बढीले हातपात गरी जबर्जस्ती शव लगेको बताउनुभयो। क्रिस्चियनसम्बद्ध संघसंगठनहरूले मुलुक धर्मनिरपेक्ष भइसक्दा पनि आक्रमण बेहोर्नुपरेको भन्दै आपत्ति जनाएका छन्। ती संस्थाले दोषीमाथि कारबाहीको मागसमेत गरेका छन्।

माओवादी सेना समायोजनपछि मात्र संविधान लेखिनुपर्ने : एमाले नेता केपी ओली
एमाले नेता केपी ओलीले माओवादी सेना समायोजनपछि मात्र संविधान लेखिनुपर्ने बताएका छन्। अझै हत्या हिंसाकै बाटोमा रहेको भन्दै उनले माओवादीलाई शान्तिपूर्ण बाटोमा आउनसमेत आग्रह गरे। आइतबार रौतहटको गरुडामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई मध्याह्न सम्वोधन गर्दै उनले पूर्व राजा ज्ञानेन्द्रको हालैका वक्तव्यले नेपाली जनता डराउनु नपर्ने पनि बताए। ओलीले त्यसलाई प्रतिक्रियावादीहरुको सामान्य चलखेलको सङ्ज्ञा पनि दिए। 'शान्ति, संविधान र राष्ट्रिय एकता अभियानअन्तर्गत गरुडामा उक्त कार्यकर्ता भेला आयोजना गरिएको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक