20100328

Breaking News................

पूर्व प्रधानमन्त्री एबम काङ्रेस का संस्थापक नेता भट्टराई भन्नुहुन्छ; नयाँ संबिधान जेठ् १४ मा आउँदैन, देश झन बिकराल अवस्थामा जान्छ त्यसैले ०४७ साल को संबिधान ब्युँताउनुको बिकल्प छैन   
पूर्व प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टर्राईले मुलुकमा उत्पन्न संवैधानिक र राजनीतिक रिक्ततालाई सम्बोधन गर्न २०४७ को संविधान पुनःस्थापना गर्न सुझाव दिएका छन् । आइतबार जारी एउटा वक्तव्य मार्फत भट्टर्राईले भने, 'संविधान बन्न नसक्ने र अराजकता बढ्ने अनि मुलुकको अस्तित्वसमेत धरापमा पर्नसक्ने अवस्थालाई ध्यानमा राखी म हाम्रो देशका सबै नागरिक तथा....
राजनीतिक दलहरूसमक्ष तत्काल ०४७ सालको संविधानलाई पुनर्जीवित गर्नेतर्फअगाडि बढ्न आग्रह गर्दछु ।'
०४७ को संविधान उत्कृष्ट हुँदाहुँदै पनि ०६२/६३ को परिवर्तनपछि नै संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विरोधमा उत्रिएका भट्टर्राईले भने, 'मुलुक झन्डै संविधानविहीन अवस्थामा प्रवेश गर्न लागेको छ । आगामी १४ जेठसम्ममा संविधान बन्ने कुनै सम्भावना देखिँदैन । ०४७ सालको संविधान उत्कृष्ट हुँदाहुँदै पनि त्यसलाई लागू हुन पर्याप्त अवसर नै नदिई त्यसलाई हतारमा समाप्त गरिएकाले नै अहिले मुलुकमा संवैधानिक र राजनीतिक रिक्तता उत्पन्न भएको हो ।'
यो रिक्तता अत्यन्तै खतरनाक भएको भन्दै त्यसलाई धेरै दिन रहन दिइए मुलुकको स्वतन्त्रता, वैधानिकता, सामाजिक सद्भाव र समृद्धिमा प्रतिकूल असर पर्न जानेतर्फमेत भट्टर्राईले ध्यानाकर्षा गराएका छन् ।
संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रलाई 'हतारमा आयात गरिएका राजनीतिक पोसाक' भनेका भट्टर्राईले भने, 'संविधानसभाभित्रका दलहरूमा संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रजस्ता हतारमा आयात गरिएका राजनीतिक पोसाकहरूमा तीव्र मतभेद हुँदा त्यो नेपालको मौलिक पहिचान र आवश्यकताविपरीत भएको पनि उत्तिकै स्पष्ट छ ।'
यस्तो अवस्थामा राष्ट्रिय अखण्डता र सद्भाव बचाउन स्व. बीपी कोइराला र गणेशमान सिंहले आह्वान गरेको 'राष्ट्रिय मेलमिलापको सिद्धान्त' नै उपयुक्त हुनेसमेत भट्टर्राईले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रेश बिज्ञप्तीको पूर्णपाठः
मुलुक झण्डै संविधानविहीन अवस्थामा प्रवेश गर्न लागेको छ । आगामी जेठ १४ गते सम्ममा संविधान बन्ने कुनै सम्भावना देखिदैन । ०४७ सालको संविधान उत्कृष्ट हुँदाहुँदै पनि त्यसलाई लागू हुन पर्याप्त अवसर नै नदिई त्यसलाई हतारमा समाप्त गरिएकोले नै अहिले मुलुकमा संवैधानिक र राजनीतिक रिक्तता उत्पन्न भएको हो । यो अवस्था धेरै दिन रहन दिइएको खण्डमा मुलुकको स्वतन्त्रता, बैधानिकता, सामाजिक सद्भाव र समृद्धिमा प्रतिकुल असर पर्न जानेछ । संविधानसभा भित्रका दलहरुमा संघीयता, धर्म निरपेक्षता र गणतन्त्रजस्ता हतारमा आयात गरिएका राजनीतिक पोशाकहरुमा तीब्र मतभेद हुँदा त्यो नेपालको मौलिक पहिचान र आवश्यकता बिपरित भएको पनि उत्तिकै स्पष्ट छ ।
यस्तो अवस्थामा राष्ट्रिय अखण्डता र सद्भाव बनाउन स्व. बीपी कोइराला र गणेशमान सिंहले आहवान गर्नुभएको राष्ट्रिय मेलमिलापको सिद्धान्त नै उपयुक्त हुन्छ भन्ने मेरो मान्यता छ । संविधान बन्न नसक्ने र अराजकता बढ्ने अनि मुलुकको अस्तित्व समेत धरापमा पर्न सक्ने वर्तमान अवस्थालाई ध्यानमा राखी म हाम्रो देशका सवै नागरिक तथा राजनीतिक दलहरुसमक्ष तत्काल ०४७ सालको संविधानलाई पुनर्जीबित गर्नेतर्फ अगाढि बढ्न आग्रह गर्दछु ।
कृष्णप्रसाद भट्टराई 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक