20100302

गजब को नेपाल : जनकपुरमा महामूर्ख सम्मेलन, एमाले स्थायी कमिटी सदस्य एवं सभासद् रामचन्द्र झा महामुर्ख घोषित !

जनकपुर, मिथिला नाट्यकला परिषदले फागुको पूर्व संध्यामा आइतबार आयोजना गरेको महामूर्ख सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य एवं सभासद् रामचन्द्र झा महामुर्ख घोषित भएका छन् । हास्य विनोदमय वातावरण बीच मिनाप अध्यक्ष सुनिल मल्लिक र पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झाले संयुक्त रुपमा उनलाई तरकारीको माला लगाई महामुर्खको पदवी प्रदान गरेका थिए । पत्रकार नेता लाई डपोरसंखको आस्पद दिइएको थियो भन्ने सभासद् रामसरोज यादवलाई मुर्खाधिराज,साहित्यकार शीतल झालाई पट्टमूर्ख,रोशन जनकपुरीलाई मूर्ख सीरोमणि,बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष दीगम्बर रायलाई मुुसरीलाल,प्राध्यापक विजय दत्तलाई खेसारीलाल,मिनापका पूर्व अध्यक्ष सुनिल मिश्रलाई पद्म स्वांठ,पत्रकार वृजकुमार यादवलाई बज्रकीट र प्राध्यापक परमेश्वर कापडिलाई मूर्खानन्दको पदवी दिईएको....
थियो । सम्मानित व्यक्तिहरुलाई हरियो सागपात र तरकारी र बोतलआदिको कलात्मक माला प्रदान गरिएको थियो । मिनापले पारम्परिक रुपले महामूर्ख सम्मेलनको आयोजन गर्दै आएको छ । जनकपुरमा अत्यन्तै लोकपि्रय यस कार्यक्रमको उदघाटन अनौठो तरीकाले  गरिएको थियो । संविधान निर्माणमा जुट्नु पर्ने वेलामा सत्ता समीकरणमा लागेका मुलुकका प्रमुख नेताहरुको कामकार्यवाही बारे चोटिलो व्यंग गरिएको थियो । कार्यक्रममा नगरका प्रमुख व्यक्तिहरुलाई मान पदवी प्रदान गर्नुको साथै फागु गीत र हास्य कवि गोष्ठीको समेत आयोजन गरिएको थियो । फागुमा प्रयोग हुने भांगको लस्सी र मालपूवा खाएर लठ दर्शक दीर्घा भाव विभोर भएका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक