20100302

जमिम शाह पछी फेरी लाजिम्पाटमा मेडिकल कलेजका प्रबन्ध निर्देशकमाथि गोली प्रहार

गोली हानी जमिम शाहको हत्या भएको महिना दिनपछि लाजिम्पाटमा फेरि गोली चलेको छ। भरतपुर मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. नागेन्दर पम्पाटीमाथि साँझ ६:२७ मा रानीबारीमा गोली प्रहार भएको हो। गाडीबाट ओर्लेर गेट खोली घरभित्र प्रवेश गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो। आक्रमणकारीले उनी चढेको बा ६ च ९९९९ रेञ्जरोभर गाडीको देब्रेपट्टिको एक राउन्ड गोली प्रहार गरेका थिए। उनी सुरक्षित छन्। चालकले मोटरसाइकलको पछाडि बसेका व्यक्तिले बन्दूक झिकेको देखेपछि घरभित्र गाडी नमोडी सोझै अघि लगेका कारण उनी जोगिए। गोली प्रहार गरेपछि आक्रमणकारी सामुखशीतर्फ भागेका थिए। आक्रमणकारीले कालो पल्सर प्रयोग गरेकाले उपत्यकाभरिका कालो पल्सर नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार हालसम्म पाँच सयभन्दा बढी पक्राउ.....
गरिएको छ। पम्पाटी गल्फ खेलाडी समेत रहेका भारतीय नागरिक पाम्पाटी हैदरवादका स्थायी निवासी हुन्।  कालो पल्सर बाइकमा आएका व्यक्तिले गोली प्रहार गरी भागेको प्रत्यक्षदर्शीले नागरिकन्युजलाई बताए। अहिले प्रहरीले रानीबारी क्षेत्रका सबै नाका ब्लक गरेर गोली हान्ने व्यक्तिको खोजी गरिरहेको छ। कुन व्यक्तिले किन गोली प्रहार गरेको भन्ने अनुसन्धान प्रहरीले थालेको छ। आज गोली प्रहार भएको स्थान जमीम शाहलाई हत्या गरिएको भन्दा २ सय मिटर उत्तर-पश्चिमतर्फ पर्छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक