20100313

अमेरिकि जनगणनामा नेपालीहरु नछुटौं है !

- ध्रुब थापा, सम्पादक -हाम्रोसमाजनेट
अहिले संयुक्त राज्य अमेकिाको राष्ट्रिय जनगणना २०१०को कार्य शुरु हुनै आटेको छ र यस्लाई प्रभावकारी र सफल वनाउन तथ्यांक विभागले संसारका विभिन्न भाषामा निर्देशिका आफनो वेभ र्साईटमा प्रकासन गरेको छ, जहाँ हामीले आफनो भाषामा क्लिक गरेर निर्देशिकालाई पडन वा बुझन सक्ने छौ । अहिलेको परिपेक्षमा हामी सम्पर्ुण्ा अमेरिकामा बस्ने नेपाली भाषीहरुले आफनो तथ्यांक दिन नितान्त आवस्यक छ, किनभने जनगणनाकै आधारमा हामीले आफनो शेवाहरु सरकारी स्तरबाट प्राप्त गर्न सक्छौ साथै हालै अमेरिकाम कत्ति नेपाली भाषी रहेछन् त्यस्को जानकारी समेत पाउन सक्ने छौ । यो जनगणना प्रत्येक देशले दश दश बर्षो अवधिमा लिने गर्दछ र यस बर्षो गणनामा हामी चुक्यौ भने अर्को दश बर्षपर्खनुपर्ने हुनाले पनि सबै सचेत भएर अनिवार्य रुपमा सहभागिहुन जरुरी देखिन्छ । ...

संघीय सरकारले हामीबाट प्राप्त विभिन्न तथ्याङ्कीय प्रतिवेदनहरुको आधारमानै आफनो शेवाहरुको विश्तार गर्ने भएकोले हामी सबै सहभागिहुन जरुरी छ । यो जनगणनामासम्बैधानिकरुपमा अमेरिकामा वस्ने सबै नागरिक वा गैर नागरिकको गण्नना हा्े । यसै ले यस्मा सहभागिहुन हामी सबैको दायित्वपनि हो । किनभने सरकारलाई चार सय विलियन डलर भन्दा बढी संघीय कोष प्रति बर्षनिम्न क्षेत्रमा खर्च गर्न सघाउने जानकारी जनगणना विभागको वेभ र्साईटमा जनाएको छ । ति हुन अस्पताल, रोजगार प्रशिक्षण केन्द्र,विधालय, बृद्धाश्रम, आपतकालीन तथा अन्य आवस्यक शेवाहरु साथै हरेक राज्यबाट अमेरिकी प्रतिनिधि सभामा हुने सिटको संख्या समेत निधार्रित गर्न सहयोग पर्ुयाउदछ । जनगणना विभागको तर्फाट यहि २०१० को मार्च महिना देखि सम्भवत प्रत्येक घरको पोस्टल ठेगानामा एउटा प्रश्नावली आउने छ र त्यस्मा समावेश भएका सम्पर्ुण्ा प्रश्नहरुको जवाफ लेखि हामीले अनिवार्य रुपमा फिर्ता पठाउनु पर्नेछ ।

त्यसैले हामी सबै जनगणना संकलन फारम आउन अघावै केहि जानकारी लिएमा हामीलाई पछि अंग्रेजी भाषामा आएको त्यो तथ्यांक फारम भर्न सजिलो हुनेछ । तथ्यांक भर्न अघि हामीलाई भाषा निर्देशिकाद्धारा ५९ भाषामा उपलब्ध भएकोले नेपालीमापनि निर्देशिका प्रकासन भएकोछ र आफनै भाषामा जानकारी लिन चाहनेले त्यस्को फाईदा लिन सक्ने छ र हाम्रो घरमा आएको जनगणना तथ्यांक फारम भर्न सहयोग गर्नेछ । जनगणना भर्दा आफनो लिगल स्टाटस खुलाउन आवस्यक नभएको र खुलाएपनि संघिय कानुन अनुशार गोप्य राखिने भएकोले सबैले निर्धकका साथ सहभागि हुन आहवान समेत गरेको छ । यदि हामीले त्यो फारम समयमा पठाएनौ भने जनगणना विभागका कर्मचारी हाम्रै घर दैलोमा तथ्यांक संकलन गर्न आउने छ । त्यसैले
समयमानै फारम भरेर फठाऔ र ढुक्क र सुनिश्चित हौ । तर यदि तपाईकै घरमा आएर तथ्यांक संकलन गरेतापनि वहाहरुले गौप्यताका शपथ लिएको हुनाले डराउन आवस्यक छैन । त्यस्ता व्यtmिलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो र दायित्वपनि हो । तर त्यस्ता व्यtmिहरुको नाममा गलत व्यतिपनि तपाईको व्यtmिगत विवरणलिन नआउला भन्न सकिन्न र हामी सबै र्सतकहुन पनि आवस्यक छ ।

अन्तमा यस बर्षो जनगणनामा सहभागी हौ र आफनो र आफनो समुदायको भविष्य निर्माणमा सहभागी बनौ, यो हामी सबैको संबैधानिक दायित्व र कर्तव्यपनि हो । किनभने त्यसैको आधारमा हामीले आफनो समाजको भविष्य शुनिश्चित गर्न महत्वपर्ुण्ा योगदान पर्ुयाउन सक्ने छौ । हाम्रो समाज हाम्रो गौरव । अन्य विश्तृत जानकारीको लागी यस बेभर्साईटमा हर्ेर्नुहोला । त्यसैले विजनेश व्युरोद्धारा जारी ग्।क्। ऋभलकगक द्दण्ज्ञण् मा भाग लिदा ध्यान दिनुपर्ने केहि जानकारीहरु यहाँ प्रश्तुत गरिएको छ ।
· जनगण्ँाना संकलनकर्ता तपाईको घरमा आउदा उसको परिचय पत्र, जनगणँना ब्याग, जनगण्ँाना
संकलन गर्ने मेशिन र गोप्यता कानुनको सुचना पत्र हुनेछ। तर कहिल्यै पनि परिचय पत्र विहीन
व्यtmि वा तपाईंले नचिनेको मान्छेलाई आफनो घर भित्र नडाक्नुहोस्। उनीहरु तपाईंको घरको
ठेगानाको पक्का गर्न त्यहा आएकाहुन्।
· तपाईंको सोसल सेकुरिटी नम्बर, क्रेडिट कार्ड नम्बर या बैंक खाताको विवरण्ँा कसैलाई पनि
नदिनुहोस् । किनभने जनगण्ँानाको लागि त्यस्तो विवरणको आवस्यक पर्दैन । साथै कुनै प्रकारको
डोनेशन दिन आवस्यक छैन ।
· जनगण्ँाना संकलनकर्ताले जे कुरो सोधे पनि, तपाईंले भन्नु पर्ने भनेको तपाईं बसेको ठेगाना र -घर)
मा कति जना बस्छन् भन्ने मात्र हो।
· तपाईंको कमाइ -आथिर्क) विवरण्ँा सोध्न सक्छन्, उदाहरण्ँाको लागिस तपाईंको तलब कति छ- भनेर
सोध्न सक्छन् तर तपाईंले यसबारे केही भन्नु जरुरी छैन ।
· ख्याल गर्नुहोस्, सेन्सस ब्युरोले अकोर्न -ब्ऋइच्ल्) भन्ने संस्थासंग मिलेर जनगण्ँाना संकलन नगर्ने
निर्ण्ँाय गरेकोछ। अकोर्न संस्थाका कर्मचारी ब्युरोसंग सम्बन्धित भन्दै जनगण्ँाना संकलन गर्न सक्दैनन्।
· जनगण्ँाना संकलनकर्ताले टेलिफोनमार्फ , हुलाकी चिठ्ठी वा घर मै आएर तपाईंलाई सर्ंपर्क गर्नेछन्
। तर्रर् इमेलबाट सर्ंपर्क गर्दैनन् । सेन्सस ब्युरो जस्तै नाम गरेर्रर् इमेल स्क्याम आएमा कहिल्यै पनि
त्यस्तो शंकास्पदर् इमेलको लिङक वा एटेच गरी आएको फाइल नखोल्नुहोस् । साथै आफनो व्यतिगत
विवरण इमेल मार्फ नपठाउनुहोस् । श्रोतः २०१० सेन्सस वेभर्साईट तथ विभिन्न पत्र पत्रिकाहरु
For more info please visit http://2010.census.gov/2010census/

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक